टीकाको मायाँ जालैमा शिवानीको बोल्ड अवतार (भिडियो)

Posted on: 02 Oct, 2016

असोज, काठमाण्डौं । नेपाली सांगितिक क्षेत्रमा उदयमान गायिका टीका प्रसाईंको नयाँ गीत ‘परें माया जालैमा’ को भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियो छायांकन अमेरीकाको विभिन्न रमणिय स्थानहरुमा गरिएको छ । अझ शिवानी विश्वकर्माको उत्कृष्ट तथा बोल्ड अभिनयले भिडियो झनै आकर्षक बनेको छ । चर्चित निर्देशक प्रसन्न पौड्यालले यस भिडियो निर्देशन गरेका छन् । डान्स गर्ने क्रममा शिवानीको भित्री पहिरन देखिएको छ ।

त्यस्तै छोटो पहिरनहरुमा उनी भिडियोमा प्रस्तुत भएकी छिन् । गितमा उदय सोताङ्गको शब्द तथा संगित रहेको छ । ‘मेलोडी’ नामक एल्बममा टीकाको यस गित समावेश छ ।

गायिका टीकाको एक सय भन्दा बढी गीतहरु रेकर्ड भइसकेका छन् भने एक दर्जनभन्दा बढी गितको म्यूजिक भिडियो सार्वजनिक भैसकेको छ । आगामी दिनमा दर्शक श्रोताको चाहना अनुसारका नयां नयां गित ल्याउने तयारी गरिरहेको उनले अनलाईन टिभी अन्नपूर्णलाई जानकारी दिईन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!