'जुँगा पनि फुलको थुँगा हुन सक्छ' नपत्याए भिडियो हेर्नुस

Posted on: 05 Oct, 2016

असोज, काठमाडौँ । हाँस्यव्यंग्य लोकदोहोरी गीत लक्खर लक्खरको अडियो यसअघि नै सार्वजनीक गरेका गायक तथा पत्रकार शंकर केसीले भिडियो पनि सार्वजनीक गरेका छन् । 

सल्यानी कलाकार केसीले युट्युव मार्फत 'लक्खर लक्खर' बोलको कमेडी लोक दोहोरीगीतको भिडियो सार्वजनीक गरेका हुन् ।  

भिडियोमा हाँस्य कलाकार प्रकाश कडेल ‘गुलेली कान्छा’, प्युठानी तारा लोसिना एलसी, फिल्मी कलाकार विराज विष्टले अभिनय गरेका छन् ।

शंकर केसीकै लय, शव्द रहेको छ भने शंकर केसी र जानकी तारमी मगरको स्वर रहेको 'लक्खर लक्खर' को म्युजिक भिडियो फ्लोरिना फिल्म्स् प्रालिको प्रस्तुती स्वरुप बजारमा आएको हो । भिडियोको निर्देशन, छायांकन र सम्पादन जिसि दिपसागरले गरेका छन् । केसिको पहिलो कोसेलिको रुपमा रहेको यस गितमा मौलीक र ठेट शव्दहरु सुन्न सकिन्छ ।

सरल र मौलीक शव्दले गर्दा जो कोहिले पनि यस गितको भावलाइ बुझ्न सजिलो देखिएको छ । तीज पर्वले गर्दा केहि ढिलो गरि भिडियो बजारमा आएको केसीले जानकारी दिएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!