मतदान अधिकृतलाई अभिमुखीकरण

Posted on: 17 Jun, 2017

असार ३, भोजपुर । दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनमा खटिने भोजपुरका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि ‘अभिमुखीकरण कार्यक्रम’ आजबाट सुरु भएको छ । 

कार्यक्रममा मतदानस्थलमा खटिने मतदान अधिकृतलगायत कर्मचारीको काम, कर्तव्य र जिम्मेवारी, निर्वाचन गराउने तरिका तथा मतगणनाका विषयमा प्रशिक्षण दिइने जिल्ला निर्वाचन अधिकारी केवल प्रसाद रेग्मीले बताउनुभयो । भोजपुरमा ८७ मतदानस्थल र १४१ मतदान केन्द्र छन् । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!