भोजपुरका एक हजार ३५१ उम्मेरदार चुनावी मैदानमा

Posted on: 23 Jun, 2017

असार ९, भोजपुर । दुई नगरपालिकासहित नौ स्थानीय तह रहेको भोजपुरमा कुल एक हजार ३५१ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । 

चुनावी मैदानमा ८०९ पुरुष र ५४२ महिला रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

सबैभन्दा धेरै षडानन्द नगरपालिकामा र सबैभन्दा कम पौवादुङ्मा गाउँपालिकामा उम्मेदवारी दर्ता भएको छ । चौध वडा रहेको षडानन्द नगरपालिकामा २५२ जनाले उम्मेदवारी दर्ता गरेका छन् भने छ वडा रहेको पौवादुङ्मा गाउँपालिकामा १०० जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

बाह्रवटा वडा रहेको भोजपुर नगरपालिकामा २०५ जना, छवटा वडा रहेको साल्पासिलिछो गाउँपालिकमा ११३ र अरुण गाउँपालिकामा १२८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

त्यस्तै १० वडा रहेको आमचोक गाउँपालिकामा १४९, ट्याम्केमैयुङ गाउँपालिकामा १३८ र हतुवागढीमा १३३ तथा रामप्रसाद राई गाउँपालिकामा १३३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!