समाज | भोजपुर - BJP


भोजपुरमा घुम्ती शिविरबाट १५९ लाइ नागरिकता वितरण

Posted on February 04, 2018 | views : 36 | भोजपुर - BJP

माघ २१, भोजपुर | भोजपुरको अरुण गाउँपालिकाको प्याउलीमा एकीकृत घुम्ती शिविरबाट सयभन्दा बढीलाई नागरिकता वितरण गरिएको छ । शनिबार सञ्चालित शिविरबाट १५९ जनालाई नागरिकता वितरण, ७० जनालाई अपांगता परिचयपत्र, जिल्ला आयुर्वेद कार्यालयबाट १५४ जनालाई निःशुल्क औषधि र जिल्ला स्वास्थ्य कार्यालयबाट ५९ जनाको स्वास्थ्

Read More

भरुवा बन्दुकसहित एक जना यसरी परे प्रहरीको फन्दामा

Posted on February 03, 2018 | views : 92 | भोजपुर - BJP

माघ २०, भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ ।  प्रहरीले भोजपुरको उत्तरी षडानन्द नगरपालिका–९ किमालुङबाट ६३ वर्षीय जगधन राईलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो । राईको घरमा बन्दुक रहेको भन्ने सूचनाको आधारमा खोजी गर्दा लोड गरी राखेको एक थान भरुवा बन्दु

Read More

भोजपुरमा तोकिएको दरबन्दीमा जान स्वास्थ्यकर्मीलाई निर्देशन

Posted on January 31, 2018 | views : 28 | भोजपुर - BJP

माघ १७, भोजपुर | भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले तोकिएको दरबन्दीमा जान स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको छ ।  स्थानीय सरकारका प्रमुखसमेत रहनुभएका प्रमुख आलेले ग्रामीण समुदायका जनता सुलभ स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएको भन्दै काजमा रहेका स्वास्थ्यकर्मीलाई सम्बन्धित दरबन्दी रहेको ठ

Read More

शिक्षण अस्पतालमा उपचारार्थ शान्तालाई पुनः सहयोग

Posted on January 30, 2018 | views : 46 | भोजपुर - BJP

माघ १६, भोजपुर | ‘भोजपुर हातेमालो समाज युएई’ले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८, गोगनेकी शान्ता राईलाई थप रकम रु १८ हजार ५०० सहयोग गरेको छ ।  समाजले संकलन गरेको रकम काठमाडौँ शिक्षण अस्पतालमा उपचार गराइरहेकी शान्ता राईलाई पुनः सहयोग रकम हस्तान्तरण गरेको हो । समाजले यसअघि पनि रु ४० हजार रकम हस्त

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 1301 | भोजपुर - BJP

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

प्रहरीमाथि हातपात गर्नेलाई सार्वजनिक मुद्दा

Posted on January 16, 2018 | views : 109 | भोजपुर - BJP

माघ २, भोजपुर । प्रहरी माथि हातपात गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय, भोजपुरले सार्वजनिक मुद्दा दर्ता गरेको छ ।  भोजपुर नगरपालिका–५ बोमिखमा गस्तीमा रहेका प्रहरीमाथि हातपातसँगै गालीगलौज गर्ने सोही स्थानका ५५ वर्षीय हरिबहादुर प्रधान, ३४ वर्षीय विकासकुमार राई र ३२ बर्षीय प्रकाशकुमार राईलाई स

Read More

यी हुन् आफूसंगै सुतेका दुई साथीलाई हत्या गर्ने लिम्बु, श्रीमतीलाई फोन गर्दा प्रहरीको फन्दामा

Posted on January 04, 2018 | views : 1049 | भोजपुर - BJP

पुस २०, कास्की | कास्कीको सराङकोटमा निर्माणधीन एक होटलमा दुई युवाको हत्यामा संलग्न एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले हत्याको अभियोगमा धनकुटाबाट २३ वर्षीय सागर भनिने पूर्णबहादुर लिम्बुलाई पक्राउ गरेको हो। गत आइतबार ‘माउन्टेन रिसोर्ट एण्ड स्पा’ निर्माणमा खटिएका मजदुर १५ वर्षीय निमाछिरी श

Read More

भोजपुर–धरान ट्याक्सी चल्न थाल्यो

Posted on December 27, 2017 | views : 176 | भोजपुर - BJP

पुस १२, भोजपुर । आजदेखि भोजपुर–धरान ट्याक्सी सञ्चालनमा आएको छ ।  सगरमाथा ट्याक्सी व्यवसायी संघ, भोजपुर र सुनसरी ट्याक्सी व्यवसायी संघको सम्झौताअनुसार आजदेखि ट्याक्सी सञ्चालन गरिएको हो ।  दुवै व्यवसायी संघबीच भएको निर्णयअनुसार भोजपुरबाट दैनिक तीन र धरानबाट पनि तीनवटा ट्याक्सी सञ्चालनमा ल्या

Read More

निर्वाचन विरोधी गतिविधिका आरोपी तारिखमा छुटे

Posted on December 18, 2017 | views : 213 | भोजपुर - BJP

पुस ३, भोजपुर । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका १० जनामध्ये आठ जनालाई तारिखमा रिहाइ गरिएको छ ।  निर्वाचन बिथोल्ने गतिविधिको आशंकामा जिल्लाको विभिन्न ठाउँबाट पक्राउ परेकामध्ये दुई जनाको भने अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।  प्रहरीले

Read More

भोजपुरमा बलात्कार गर्ने एक व्यक्ति पक्राउ

Posted on October 18, 2017 | views : 170 | भोजपुर - BJP

कात्तिक १, भोजपुर (रासस) | बलात्कार गरेको आरोपमा भोजपुर थिदिङ्खाका एक व्यक्ति पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यलय भोजपुरकाअनुसार बलात्कारी अभियोगमा आमचोक गाउँपालिका–३ थिदिङखाका २१ वर्षीय दीपककुमार राईलाई पक्राउ गरिएको हो ।  सोही गाउँकी १७ वर्षीय किशोरी बलात्कार गरेको आरोपमा परिवारले

Read More

‘बुद्धधर्ममा नारी समानता छ’

Posted on September 21, 2017 | views : 3056 | भोजपुर - BJP

असोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् ।  समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व

Read More

भोजपुरमा संविधान दिवस विविध कार्यक्रम गरी मनाइयो

Posted on September 19, 2017 | views : 154 | भोजपुर - BJP

असोज ३, भोजपुर। भोजपुरमा संविधान दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।  आज बिहानै भोजपुर सदरमुकामको लोकतान्त्रिक गेटबाट संविधान दिवस र्यालीसहित मञ्चको कार्यक्रम गरी दिवस मनाइएको हो । जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्काले झण्डोत्तोलन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।  कार्यक्र

Read More

प्रदेश नं १ का १४ जिल्लामा आजदेखि हर्न बजाउन नपाइने

Posted on September 17, 2017 | views : 1021 | भोजपुर - BJP

असोज १, ताप्लेजुङ। प्रदेश नं १ मा पर्ने ताप्लेजुङसहित १४ जिल्लामा आजदेखि अनावश्यकरुपमा सवारीसाधनका हर्न बजाउन नपाइने भएको छ ।  प्रदेश नं १का १४ वटा जिल्लामा स्थानीय प्रशासनको निर्णयानुसार पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले हर्न निषेधित क्षेत्र बनाएको हो ।  ताप्लेजुङ, पाँचथर, इलाम, झ

Read More

भोजपुरमा चार दिनमा खोलाले दुई जना बगायो

Posted on September 13, 2017 | views : 140 | भोजपुर - BJP

भदौ २८, भोजपुर। पहाडी जिल्ला भोजपुरमा चार दिनको अन्तरालमा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।  चार दिनको अन्तरालमा षडानन्द नगरपालिका–७ केउरेनी पानीका गोपाल दर्जीका १९ वर्षीया छोरी दिचना दर्जी र पौवादुम्मा गाउँपालिका–१ श्यामसीलाका १२ वर्षीय नीरज तामाङको मृत्यु भएको हो ।  दर्जीलाई आइतबा

Read More

करेन्ट लागेर एक महिलाको मृत्यु

Posted on September 05, 2017 | views : 234 | भोजपुर - BJP

भदौ २०, भोजपुर । भोजपुर नगरपालिका–५, काफ्ले घ्याङ्गरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।  राइसकुकरमा खाना पकाउने क्रममा करेन्ट लागेर ५९ वर्षीया दिलकुमारी तामाङको सोमबार बेलुका मृत्यु भएको हो ।  खाना पकाउनका लागि राइसकुकर बत्तीमा जोड्न लाग्दा एक्कासि करेन्ट प्रवाह भएपछि तामाङको ज्यान

Read More

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

Posted on August 14, 2017 | views : 3563 | भोजपुर - BJP

साउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो ।  उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षा

Read More

सिआइबीले प्याउली घट्नाको अनुसन्धान थाल्यो

Posted on July 29, 2017 | views : 461 | भोजपुर - BJP

साउन १४, भोजपुर । मृत अवस्थामा भेटिएका तीन बालबालिका घटनाका विषयमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले अनुसन्धान शुरु गरेको छ । भोजपुर अरुण गाउँपालिकामा–३ प्याउलीका रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जित सापकोटा तथा चेतनाथ फुयाँलका १३ वर्षीया छोरी सुष्मा फुयाँल र ८ वर्षीय छोरा प्रदीप

Read More

तीन बालबालिका मृत्यु प्रकरण: अनुसन्धान ढिला भएको भन्दै स्थानीय आन्दोलित

Posted on July 26, 2017 | views : 445 | भोजपुर - BJP

साउन ११, भोजपुर । भोजपुरको अरुण गाउँपालिकामा–३ प्याउलीमा गत असार १२ गते बिहान मृत अवस्थामा भेटिएका तीन बालबालिकाको घटनाको अनुसन्धान ढिला भएको भन्दै स्थानीय आन्दोलित भएका छन् ।  स्थानियले अनुसन्धानको प्रक्रियामा ढिलाइ भएको भन्दै गत शनिबार चक्काजाम गरेका थिए भने मंगलबार अरुण गाउँपालिकाभित्रका सब

Read More

तीन बालबालिका मृत भेटिए

Posted on June 26, 2017 | views : 555 | भोजपुर - BJP

असार १२, भोजपुर । तीन बालबालिका मृत भेटिएका छन् ।  मृत भेटिएका तीनै बालबालिका अरुण गाउँपालिका–१ प्याउलीबाट गत शनिबारदेखि हराइरहेका थिए । उनीहरु प्याउलीको मराङडाँडामा स्थानीय तोरन कार्कीको माछा पोखरीमा आज मृत भेटिएका हुन् ।  मृत भेटिएकाहरुमा १६ वर्षीय रञ्जित सापकोटा, १४ वर्षीया सुष्मा फुयाँ

Read More

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

Posted on May 25, 2017 | views : 6135 | भोजपुर - BJP

जेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ ।  व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ ।  नेपालको संविधानको अनुसूचीमा माध्यमिक

Read More

पहिलो चरण - निर्वाचनको ताजा मत परिणाम हेर्नुहोस (जिल्ला अनुसार अपडेट)

Posted on May 15, 2017 | views : 27357 | भोजपुर - BJP

काठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं ।  पार्टीको नाम चिन्ह जित अग्रता  नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि

Read More

पहिलोपटक भोजपुरमा पाश्र्वचित्र निर्माण हुने

Posted on May 09, 2017 | views : 120 | भोजपुर - BJP

बैशाख २६, भोजपुर । जिल्ला समन्वय समिति भोजपुरले जिल्लाको गतिविधि समेटिएको पाश्र्वचित्र निर्माण गर्ने भएको छ ।  आगामी असार तेस्रो हप्ताभित्र प्रकाशित हुने पाश्र्वचित्र तयारीका लागि तथ्याङ्क अधिकृत संयोजक रहने गरी १२ सदस्यीय कार्यदल समेत गठन गरिएको छ ।  पाश्र्वचित्रका लागि जनसङ्ख्या, शिक्षा,

Read More

दर्जनौँ हातहतियार र विस्फोटक पदार्थ फेला

Posted on March 25, 2017 | views : 986 | भोजपुर - BJP

चैत १२, भोजपुर । उत्तरी साल्पासिलिछो गाउँपालिका–५ दोभानेको मार्तेलमा दर्जनौँ हातहतियार र विस्फोटक पदार्थ फेला पारेको छ ।  टुइन्च मोटार, टियर ग्यास, भेरी लाइट, सकेट बम, कटुवा पेस्तोल, ग्रिनेट, एसएलआरको गोलीलगायत विस्फोटक पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।  स्थानीयव

Read More

भोजपुरको दिल्पामा साक्खेवाटाङको शिलान्यास

Posted on March 09, 2017 | views : 141 | भोजपुर - BJP

फागुन २६, भोजपुर । किराँत राईहरुको आस्थाको धरोहर साक्खेवाटाङको पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सो धार्मिकस्थलको गुरुयोजना अनुसार निर्माणको शिलान्यास गर्नुभएको छ ।  भोजपुरको दिल्पा नागी स्थित खोङटाङमा बुधबार एक भव्य कार्यक्रमका बीच सांसदहरु कुमारीलक्ष्मी राई, जयन्ती राई र सइन्द्र राईले

Read More

भोजपुरमा सात प्रतिशत हात्तीपाइले सङ्क्रमित

Posted on February 23, 2017 | views : 129 | भोजपुर - BJP

फागुन १२, भोजपुर । भोजपुरमा कुल जनसङ्ख्याको सात प्रतिशत जनसङ्ख्यामा हात्तीपाइले रोगको सङ्क्रमण रहेको जिल्ला जनस्वास्थ्य कार्यालय भोजपुरले जानकारी दिएको छ ।  हात्तीपाइले रोग निवारणसम्बन्धी बुधबार भोजपुर जिल्लामा क्रियाशील पत्रकारसँगको अन्तरक्रियामा यस्तो जानकारी गराइएकोे हो । विगत ६ वर्षयता देशव

Read More

पानी ल्याउने विषयमा स्थानीयवासीको विरोध

Posted on February 17, 2017 | views : 186 | भोजपुर - BJP

फागुन ६, भोजपुर । सिलिचुङ खानेपानी मूल उपभोक्ता समिति भोजपुरले भैँसीपङ्खा गाविसबाट पानी ल्याउने प्रक्रिया अगाडि बढाएको भन्दै स्थानीयवासी विरोधमा उत्रिएका छन् ।  भोजपुर सदरमुकाममा पानी वितरणको नाममा आफूहरुलाई मार परेकाले आन्दोलन गर्नुपरेको सङ्घर्ष समितिका अध्यक्ष देउप्रकाश राईले जानकारी दिनुभयो

Read More

भोजपुरमा मैयुङ महोत्सव हुने

Posted on February 02, 2017 | views : 263 | भोजपुर - BJP

माघ २०, भोजपुर । माघ २०, भोजपुर । खोटाङ र भोजपुरको सीमावर्ती क्षेत्रमा पर्ने पर्यटकीयस्थल मैयुङ डाँडामा मैयुङ महोत्सव हुने भएको छ ।  मैयुङ डाँडाले पर्यटनको प्रशस्त सम्भावना बोकेको भएपनि प्रसारप्रसारको अभावमा रहेको भन्दै तिम्मा सरोकार समाजले आगामी बैशाख १ देखि ३ गतेसम्म पहिलोपटक महोत्सवको आ

Read More

भोजपुरका दलले तोक्न थाले सूचना अधिकारी

Posted on February 01, 2017 | views : 202 | भोजपुर - BJP

माघ १९, भोजपुर । भोजपुर जिल्लामा क्रियाशील राजनीतिक दलले सूचना अधिकारी तोक्न थालेका छन् ।  जिल्लामा क्रियाशील नेकपा (माले) जिल्ला कमिटीले पार्टीको सूचना अधिकारी तोकेको छ । पार्टीले उपसचिव नवराज चर्माकारलाई आफ्नो पार्टीको सूचना अधिकारी नियुक्त गरेको पार्टी सचिव अनिल बस्नेतले जानकारी दिनुभयो ।&nb

Read More