भूपू सैनिक सङ्घद्वारा भोजपुरका अग्निपीडितलाई सहयोग

Posted on: 03 Dec, 2016

मङ्सिर १८, भोजपुर । भूपू सैनिक सङ्घले यहाँका अग्निपीडितलाई आर्थिक सहयोग गरेको छ । 

सङ्घले जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रजिअ अर्जुनकुमार शर्मामार्फत रु एक लाख २४ हजार ६२५ हस्तान्तरण गरेको हो । पीडितलाई तत्काल आवास तथा अन्य व्यवस्थाका लागि भारतीय भूपू सैनिक सङ्घका तर्फबाट अर्थ सङ्कलन गरिएको सङ्घका अध्यक्ष भगीमान राईले बताउनुभयो । 

त्यसैगरी न्यु समिट सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल भोजपुरका तर्फबाट रु १५ हजार १५ बोर्डिङका प्रअ हरि भित्रीकोटीले उद्धार समितिका अध्यक्ष शर्मालाई हस्तान्तरण गर्नुभयो । यही मङ्सिर ५ गते भीषण आगालागी हुँदा यहाँका आठ घर पूर्ण र एक घर आंशिक क्षतिमा परेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!