भोजपुरका अग्निपीडितलाई चार लाख राहत

Posted on: 19 Dec, 2016

पुस ४, भोजपुर । यहाँका अग्निपीडितलाई ‘भोजपुर–सुनसरी सेवा समाज’ले आज राहत वितरण गरेको छ । 

समाजका अध्यक्षसहितको एक टोलीले सदरमुकाम भोजपुरस्थित आगलागी भएको स्थानमा आएर जिल्ला दैवी प्रकोपले तयार पारेको मापदण्डअनुसार अग्निपीडितलाई रु चार लाख १२ हजार ४०० नगद वितरण गरेको हो । 

‘सम्पूर्ण भोजपुरे एकजुट होऔँ पुख्र्यौली थलोको माया र सद्भावका लागि केही गरौँ’ भन्ने मूल नारा लिएर सो समाजले सङ्कलन गरेको रकम आज वितरण गरिएको समाजका सचिव रेवतीरमण राईले जानकारी दिनुभयो । 

राहत पाएपछि अग्निपीडितले आफूहरुलाई पुनःनिर्माणमा थप ऊर्जा मिलेको बताएका छन् । समाजले यसअघि मिर्गौलापीडित र भूकम्पपीडितलाई समेत सहयोग गरेको थियो । भोजपुरको सदरमुकाममा गत मङ्सिर ५ गते भीषण आगलागी हुँदा आठ घर पूर्णरुपमा जलेर नष्ट भएका थिए । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!