आगलागी पीडितलाई राहत जम्मा हुँदै

Posted on: 21 Dec, 2016

पुस ६, भोजपुर । भोजपुरका आगलागी पीडितलाई राहत रकम जम्मा हुने क्रम जारी रहेको बताइएको छ । 

मलेसियामा कार्यरत भोजपुरेले सङ्कलन गरेर पठाएको रकम मङ्गलबार नेपाल पत्रकार महासङ्घ भोजपुरको रोहवरमा जिल्ला दैवीप्रकोप उद्धार समितिलाई हस्तान्तरण गरिएको नेपाल पत्रकार महासङ्घ भोजपुरका कार्यवाहक अध्यक्ष एक्सन राईले जानकारी दिनुभयो । 

मलेसियाबाट प्राप्त नेपाली रु ५१ हजार ६१५ रकम नेपाल पत्रकार महासङ्घ भोजपुरले दैवीप्रकोप उद्धार समितिमा जम्मा हुने गरी सहायक प्रमुख जिल्ला अधिकारी राजन पाण्डेलाई हस्तान्तरण गरेको हो । सहयोग सङ्कलनका लागि मलेसियामा रामबहादुर तामाङको संयोजकत्वमा आर्थिक सङ्कलन अभियान समिति समेत गठन गरिएको थियो । 

गत मङ्सिर ५ गते भोजपुर सदरमुकाममा भिषण आगलागी हँुदा आठ घर जलेर नष्ट भएका थिए । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!