भोजपुरका दलले तोक्न थाले सूचना अधिकारी

Posted on: 01 Feb, 2017

माघ १९, भोजपुर । भोजपुर जिल्लामा क्रियाशील राजनीतिक दलले सूचना अधिकारी तोक्न थालेका छन् । 

जिल्लामा क्रियाशील नेकपा (माले) जिल्ला कमिटीले पार्टीको सूचना अधिकारी तोकेको छ । पार्टीले उपसचिव नवराज चर्माकारलाई आफ्नो पार्टीको सूचना अधिकारी नियुक्त गरेको पार्टी सचिव अनिल बस्नेतले जानकारी दिनुभयो । 

भोजपुर जिल्लामा राजनीतिक दलकातर्फबाट सूचना अधिकारी तोक्ने नेकपा (माले) पहिलो राजनीतिक दल भएको छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ जारी भएको एक दशकपछि बल्ल कानुनले सार्वजनिक निकाय भनी तोकिएका राजनीतिक दलले सूचना अधिकारी तोक्न थालेका हुन् । 

अझै पनि सूचना मागसम्बन्धी निवेदन र उजुरी दर्ता गरिएका भोजपुर जिल्लामा क्रियाशील ठूला दल नेपाली काँग्रेस, नेकपा (एमाले) एकीकृत (माओवादी केन्द्र) तथा अन्य दल राप्रपा, सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाललगायत राजनीतिक दलले कानुनको पालना गर्ने, सूचना अधिकारी तोक्ने र सूचना उपलब्ध गराउने अग्रसरता देखाएका छैनन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!