पहिलोपटक भोजपुरमा पाश्र्वचित्र निर्माण हुने

Posted on: 09 May, 2017

बैशाख २६, भोजपुर । जिल्ला समन्वय समिति भोजपुरले जिल्लाको गतिविधि समेटिएको पाश्र्वचित्र निर्माण गर्ने भएको छ । 

आगामी असार तेस्रो हप्ताभित्र प्रकाशित हुने पाश्र्वचित्र तयारीका लागि तथ्याङ्क अधिकृत संयोजक रहने गरी १२ सदस्यीय कार्यदल समेत गठन गरिएको छ । 

पाश्र्वचित्रका लागि जनसङ्ख्या, शिक्षा, भौतिक, पूर्वाधार, कृषि, सिँचाइ, वन तथा भूसंरक्षण, धर्म, संस्कृति, पर्यटन, वित्तीय विवरण, सङ्घसंस्थालगायत नौवटा विषयमा तथ्याङ्क सङ्कलन गरिने भएको छ । 

जिल्लामै पहिलो पटक निर्माण गर्न लागिएको पाश्र्वचित्रले पुरानो संरचना र अहिलेको संरचनालाई मिलाउन पुलको काम गर्ने जिल्ला समन्वय समितिका सूचना अधिकारी धनकुमार राईले बताउनुभयो । 

पाश्र्वचित्र निर्माण गर्दा जिल्लामा सञ्चालित रेडियो, पत्रपत्रिका, अनलाइन र समसामयिक विषयवस्तुको विवरणसमेत समेट्न सम्बन्धित निकायले सुझाव दिएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!