भोजपुरमा ११ वर्षीय वालिकाको बलात्कारपछि हत्या

Posted on: 28 Aug, 2018

भदौ १२, भोजपुर । भोजपुरमा ११ वर्षीय एक बालिकाको बलात्कारपछि हत्या भएको छ । साल्पासिलिछो गाउँपालिका–६ सालेवाकी ११ वर्षीय बालिका रचना राईको हत्या भएको हो ।

गएराती खाना खाएर स्थानीय नातेदार मामा २० वर्षीय सञ्जय राईसँगै मोबाइलमा फिल्म हेर्छु भन्दै सुतेकी राईको बलात्कारपछि घाँटी थिचेर हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। सञ्जयसँगै सुतेकी बालिकाको बलात्कारपछि आमाबुबाले थाहा पाउने भएपछि बालिकाको हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

आमा धनमनी राई र सौतेनी बाबु राजन राईसँग बस्दै आएकी बालिकाको घरमा सञ्जय राई लामो समयदेखि बस्दै आइरहेका थिए। 

बालिकाको हत्या गरेको आरोपमा सञ्जयलाई गएराति नै प्रहरीले पक्राउ गरेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!