विप्लब र प्रहरी बिच गोली हानाहान, दुई जनाको मृत्यु

Posted on: 10 Jul, 2019

असार २५, भोजपुर | भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द (विप्लव)समूह र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ ।

सदरमुकामको हटिया लाइनमा भिडन्त हुँदा प्रहरी जवान सन्जीव राई र एक विप्लव समूहका कार्यकर्ता निरकुमार राईको मृत्यु भएको हो । अर्का एक प्रहरी सोम भट्टराई घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!