भोजपुरमा पनि भेटिए कोरोना संक्रमित

Posted on: 23 Apr, 2020

वैशाख ११, विराटनगर । भोजपुरमा पनि कोराना भाइरस (कोभिड–१९) का एक संक्रमित भेटिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार थप एक जना २६ बर्षीय युवामा कोरोना संक्रमण फेला परेको हो । यो संगै नेपालमा कोरोना संक्रमितको शंख्या ४८ पुगेको छ ।

ति युवा भोजपुर हथुवागढीका रहेको बुझिएको छ । यो संगै प्रदेश १ मा कोरोना संक्रमितको शंख्या २९ पुगेको छ ।

पछिल्ला संक्रमित युवाको थ्रोट स्बावको परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । संक्रमित व्यक्ति विदेशबाट आएको भनिए पनि थप विवरण आइसकेको छैन ।

बिहीबारमात्र स्वास्थ्य मन्त्रालयले उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको जानकारी दिएको थियो । 

नेपालमा कोरोना संक्रमितहरु ९ जना महिला र ३९ जना पुरुष रहेका छन् । जसमा ४ महिला र ६ पुरुष गरि १० जना निको भई घर गएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!