चार्जमा राखेको मोबाइल पड्किदा एक जना गम्भीर घाइते

Posted on: 09 Apr, 2021

चैत २७, भोजपुर । चार्जमा राखेको मोवाइल पड्किदा एक महिला गम्भीर घाइते भएकी  छिन् । 

भोजपुरको षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीय सर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

तामाङको हात, छातीलगायत ठाउँमा गम्भीर चोट लागेको प्रहरीको भनाइ छ । घाइतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!