प्रचण्डको खोइरो नखनौ बरु आफ्नै खोरिया खनौं !!

Posted on: 17 Oct, 2016


राम शरण पाण्डे | 

प्रचण्डको मात्र किन खेदो खनेको होला ? जुन कुराको सामान्य ज्ञान सम्म पनि छैन, त्यसको किन आलोचना गर्नु ? किन बिरोध गर्नु ? 

प्रचण्डले टिका लगाएनन् त के भो ? मान्छेको व्यक्तिगत चाहना फरक-फरक हुन्छ | ३५ वर्ष भएछ प्रकाश दाहालले पनि प्रचण्डको हातबाट टिका नलगाएको | बिचरा प्रकाश दाहाल बुबाको हातको टिका नलगाएरै होला, आज यो स्थानसम्म पुग्न सफल भएको | बर्षेनि टिका लगाउने, आशिर्बाद लिने, ढुंगा पुजा गर्ने, ढुंगालाई चाहि बिस्वाश गर्ने अनि प्रचण्डलाई चाही बिश्वास नगर्ने हामी कहाँ छौं ? प्रचण्ड कहाँ छन् ? प्रचण्ड पुत्र कहाँ छन् ? अरुको बिरोध मात्र गर्न जानेको हामी आफै चाही कति पछाडी छौं, भनेर कहिल्यै हेर्दैनौ | 

कर्म गरे मात्र फल पाइन्छ | दिनहु ढुंगा पुजा गर्ने र टिका लगाउने कहाँ छन् ? आफ्नो र परिवारको कुनै पनि प्रबाह नगरी दिन-रात खट्ने कर्म गर्ने प्रचण्ड कहाँ छन् ? अनाबस्यक बिना कारण किन जे कुरामा पनि प्रचण्डको बिरोध ? आफु केहि नगर्ने अनि गर्न पनि नसक्नेहरुले मात्र हो प्रचण्डको बिरोध गर्ने त | आफ्नो असफलताको ढाकछोप गर्न सफल व्यक्तिको अनावस्यक कुरा काट्यो, बस्यो ! अलिकति पनि लाज लाग्दैन है ? अझ आफु सिन्को नभाच्ने अनि दोष अरुलाई लगाउने गर्छन | अनि सफल मान्छेलाई देख्दा जल्छन् .| 

टिका लगाएर मन्दिर गएर ढुंगा पुजा गरेर राम्रो हुने हो भने सफल हुने हो भने त ज्ञानेन्द्र शाहले पुजा नगरेको, नढोगेको, टिका नलगाएको कुनै पनि मठ मन्दिर बाँकि छैन होला | आज ज्ञानेन्द्र कहाँ छन् ? अनि प्रचण्ड कहाँ छन् ? पारस साह कहाँ छन् ? प्रकाश दाहाल कहाँ छन् ? दुनियाँ नयाँ ढंगले धेरै अगाडी बढिरहेको छ | तर हामी भने तिनै पुराना रुढिबादी, परम्परामा अल्झेर पछाडी परेका हौँ | यदि नयाँ कुरा सकरात्मक छन भने हामी सबैले सजिलै ग्रहण गर्न सक्नुपर्छ | अनि पुराना चालचलन सामाजिक संरतीको लागि बाधक भए त्याग्न सक्नुपर्छ | 

आज प्रचण्ड थिए र त हामी अलि-अलि बोल्न सक्ने भएको छौं | लेख्न सक्ने भएका छौं | नेपाली समाजलाई प्रचण्डले गरेको योगदानलाई के प्रचण्डको मृत्यु पछि मात्रै सम्मान गर्ने हो ? चाहिने कुराको आलोचना पनि गर्नुपर्छ तर अनावश्यक टिका-टिप्पणीले आफ्नै भबिस्य पछाडी धकेलिन्छ | हो, नेपाली राजनीतिमा धेरै फोहोरी पात्रहरु छन् | तर राम्रा पनि त छन् नि | राम्रोलाई राम्रो भन्न हामीले किन हिच्किचाएको ? धेरैजसो नेपाली राजनीतिज्ञ फोहोरी छन् तर राजनीति आफैमा फोहोर होइन | जब राम्रा नियतका व्यक्ति राष्ट्र प्रेम र विकासको भाबले राजनीतिमा लाग्छन तब राजनीति स्वच्छ हुन्छ | त्यसैले राजनीतिमा रहेका खराब मनिसहरुलाई हटाउन असल मानिसहरुले राजनीतिमा प्रवेश गर्नुपर्छ | तर के प्रचण्ड खराब थिए त ? प्रचण्ड बिना आज देश गणतन्त्र सम्म आइपुग्थियो त ? आज के एउटी महिला राष्ट्रपति भएको देख्न पाउने थियौं त हामीले ? देश, समाजमा यति धेरै परिबर्तनहरु के प्रचण्डको नेतृत्व बिना सम्भब थियो त ? कमसेकम प्रचण्डले गरेका काम, देश र जनता प्रति खटेको खटाइलाई मुल्यांकन गर्न नसके पनि उनलाई खैरो खन्न छाडौं | 

नेपालको तितो सत्य इतिहासमा हिजो देखि आजसम्म पनि राजनीति गर्नेहरुले देश र जनतालाई सहनै नसक्ने पिंडा दिएका छन् र राजनीतिलाई लुटिखाने धन्दा बनाएका छन् | हाम्रो देशको मै हु भन्ने राजनीति गर्नेहरुले पनि माखो मारेका छैनन् | कि छन् ? अनि के अब प्रचण्ड बाचुन्जेल लुट्न नपाइने भो भनेर प्रचण्डको बिरोध गरेको ? प्रचण्डको मृत्युमा मात्र आफ्नो भबिस्य देख्नेहरुको छटपटाहट प्रचण्डले टिका नलगाउदा फेरी एक पटक देखियो | भनिन्छ नि, अन्याय सहनु हुँदैन, अन्यायको बिरुद्दमा लड्नुपर्छ | हाम्रो समाजमा अन्याय सहनेलाई कायर पनि भन्ने गर्छन तर जिबनमा कहिलेकाँही अन्यायसंग लडेर होइन, सहेर पनि बिजय हाशिल गर्न सकिन्छ | प्रचण्डले अन्यायको बिरुद्द लडेर एउटा लडाई त जितिसकेका छन् | अबको पालो भनेको सहने हो | कुरा काट्नेले काट्दै गर्छन बिरोध गर्नेले गरिरहन्छन् | प्रचण्डको योगदानको कदर भएको छैन ठुलो अन्याय भएको छ प्रचण्डलाई | देश र जनताको अन्यायको बिरुद्द लडेर जित्नु भयो अब तपाई आफैलाई भएको अन्याय बिरुद्द भने सहेर जित्नु होला, जितिपनि रहनु भएको छ | जहिले पनि बिजयी देख्न पाइयोस सुभकामना छ | प्रचण्डको माहानताको ब्याख्या धेरै लामो हुन्छ | कसैले झुटो आरोप लगाउदैमा बिरोध गर्दैमा प्रचण्डको भुत्ला पनि झर्दैन | एउटा तितो यथार्थ जहाँ सत्यता लुकेको छ, हामी समयलाई पर्खन्छौं तर समयले हामीलाई कहिल्यै पर्खिदैन | नेपालको राजनीतिमा पनि धेरै समयको पर्खाइपछि प्रचण्डको जन्म भएको हो | समय परिस्थितिले जन्माएको प्रचण्डलाई सदुपयोग गरौँ, दुरुपयोग नगरौं | अब फेरी अर्को प्रचण्ड जन्मन धेरै गार्हो छ, हामी बाचुन्जेल नजन्मन पनि सक्छ, समयले त हामीलाई पक्कै पर्खिदैन | आफ्नै जीवनमा जन्म भएको प्रचण्डलाई काम गर्न दिउ | हौसला दिउ | साथ दिउ | झिनो मसिनो कुराहरुमा अल्झिएर अरुको उक्साहटमा प्रचण्डको बिरोध नगरौं | 

हो, हामीले हाम्रो सस्कृतिलाई बचाउनु पर्छ, जोगाउनु पर्छ, प्रबर्दन गर्नुपर्छ तर जोगाउनु पर्छ, बचाउनु पर्छ भन्दैमा तडक-भडक, बेथिति-विसंगतिलाई अगाल्नु हुदैन | केहि परिमार्जन गर्नुपर्छ, समय सापेक्ष बनाउनु पर्छ | प्रचण्डले टिका नलगाएर के गल्ति गरे ? समाजमा चली आएको चलनचल्ति र संस्कृति अनुसार खाने, पिउने, रमाउने नगर्नुस भनेर त प्रचण्डले कसैलाई पनि रोकेका छैनन् त, कि छन् ? सबै नेपालीको दशैं रमाइलो र सहज होस् भनेर धेरै राम्रो-राम्रो कामहरु गरेका छन् | तेस्को चाई खै त प्रशंशा ? फेरी यो धर्म भन्ने, चाड पर्ब भन्ने, टिका भन्ने, मान्ने-नमान्ने व्यक्तिको स्वतन्त्रता भित्र पर्ने चिज हुन् । यो कसैले लादेर लादिने चिज पनि हैन । यसमा कसैले बिरोध गर्न जरुरी पनि छैन र यसलाई बहशको विषय बनाउन जरुरीपनि छैन नि । दशैंमा सरकारी बिदा छदै छ त | सबै कुराहरुको सन्तुलन मिलाएर छुट्टी माने भो नि ! किन प्रचण्डको खोइरो खन्न पर्यो ? म सरकार प्रमुख छु, म प्रधानमन्त्री भएको बेला दशैं बिदा दिन्न त भनेका छैनन् नि प्रचण्डले | कि कसैलाई भनेका छन् ?? अनाबस्यक चर्चा गर्न बन्द गरौँ | सकारात्मक कुरा गरौँ | प्रचण्डलाई गालि गर्ने समयको सदुपयॊग गरौँ, आफ्नै कुनै काम गरौँ, बरु खोरिया खनेर साग रोपौं, तर, प्रचण्डको खोइरो नखनौं |

यस बिषयमा तपाइको प्रतिक्रिया...!