संघर्षले बनाएको 'सड्क' बजारमा

Posted on: 19 Oct, 2016

पूर्ण बहादुर खड्का ।

प्रहारको अन्दाज गरियो खाटाहरुबाट ।

जिब्रो थुतेर राखेजस्तो लाटाहरुबाट ।।

सडकमा उभिएर सालिकले भनिरहेछ ।

धेरै फाईदा हुन्छ क्यै क्यै घाटाहरुबाट.......यी गजलका शेर हुन उदयिमान गजलकार कमल संर्घषका । कमल संर्घष भन्नै बित्तिकै गजल लेख्ने र गजल पढ्न र सुन्न मन पराउनेहरका बिचमा एउटा परिचित नाम हो । पछिल्लो समयमा पूर्व मेची देखी पश्चिम महाकाली सम्म गजलका लागी कमल संर्घष यूवा पुस्ताहरुका माँझमा चर्चित नाम बन्न पुगेको छ । 

त्यति मात्र नभएर कमल संर्घष नाम देश बिदेशमा समेत परिचित छ । गजल पारखी, गजल सृष्टा र साहित्य प्रेमी जो कोहीले पनि अहिले कमल संर्घषको नाम लिन छुटाउदैनन् । नेपाली साहित्यमा महत्वपूर्ण ठाँउ ओगटेको गजल क्षेत्रमा कमल संर्घष समकालिन यूवा पूस्ताका बिच एउटा चर्चित सृष्टाको नाम हो भन्दा पनि फरक नर्पला । 

अझ भन्नु पर्दा पछिल्लो समय गजल लेख्नेहरुको कमी नभएपनि जनमानसमा अमिट छाप दिन सक्ने गजलको कमि नै रहेको अवस्था यही कमीलाई पुरा गर्न सक्ने सम्भावना बोकेका थोरै समकालिन यूवा गजलकार मध्यका एक हुन कमल संर्घष । 

जिन्दगीमा अभावका ठेला राखेको छ ।

राख्नेले निधारमा हत्केला राखेको छ ।।

केही संक्षिप्त आशु गुम्ने तयारीमा छन । 

समयले पिरहरुको भेला राखेको छ ।।

रहरको अर्गानिक डायरी भित्र कसैले ।

पाना हरिया अक्षर पँहेला राखेको छ ।।

ऐठान आएर गराउने छ मृत्युको अनुभव ।

छातीमा देश उस्ले सुत्ने बेला राखेको छ ।।

आशुहरु खसेका हुन गाडीको झ्यालबाट ।

सोच्यौँ कस्ले सडकमा परेला राखेको छ ।।

नेपालमा फष्टाउदै गरेको गजल क्षेत्रमा उदाँउदै गरेका उदयिमान गजलकार कमल संर्घष यतिबेला यस्तै गजलका साथमा सडकमा फुलेका छन । सडकमा कमल फुलाउन त्यति सजिलो नभएपनि उनले फुलाइरै छाडेका छन । 

२०६४/०६५ बाट गजल लेखनको थालनी गरेका संर्घषले आफ्नो पहिलो गजल संग्रह सडकका साथ आफ्नो दरिलो उपस्थिति जनाउदैछन । कमल भन्छन गजल लेख्न सजिलो पनि र गाह्रो पनि छ । लेख्नकै लागी मात्र गजल सजिलो छ भने यस अर्थमा अमिट छाप दिन सक्ने गजल लेख्न गाह्रो छ । आफु त्यही गजल लेख्नका लागी लागिरहेको बताउछन ।  सडक संग्रहमा आफुले यस्तै खालाका गजल समेट्ने प्रयास गरेको उनी बताउछन ।  

श्रृंगार, जीवन र्दशन देखी समसामयिक अवस्था र परिवेशलाई संर्घषले गजल मार्फत सटिक रुपमा प्रस्तुत गरेका छन । अहिलेको समयलाई बोक्न सक्ने गजलहरुका साथमा उनि सडक गजल संग्रहका साथमा उपस्थित भएका छन उनी । अहिले सम्म थुप्रै गजल लेखिसकेका संर्घषले सड्कलाई नै आफ्नो पहिलो कृतीका रुपमा प्रकाशन गरेका छन । रचना बाचनले प्रकाशन गरेको सडक गजल संग्रह देश, माटो र अहिलेको परिस्थिति अनुसार समय सापेक्ष हुनेमा सबै गजलप्रेमीले बिश्वास लिएका छन । 


सुदूरपश्चिममा बसेर नेपाली गजल लेखनमा महत्वपूर्ण योग्दान गरिरहेका संर्घषको सडक संग्रहले अगाडी बढिरहेको गजललाई अझ बढी ससक्त रुपमा लैजान महत्वपूर्ण भुमिका खेल्ने विश्वास यस क्षेत्रमा लागेकाहरुले लिएका छन । २०६८ साल देखी रेडियो रामारोशनमा आवद्ध भई कमल संर्घषले गजल क्षेत्रको उत्थानका लागी ससक्त भुमिका निवार्ह गरेका छन । रेडियोमा गजल र साहित्य कार्यक्रम मार्फत भएरपनि मध्य तथा सुदूरपश्चिमका सृष्टालाई यस क्षेत्रमा लाग्न थप समेत बल पुर्याएका छन । 

संगैँ संर्घषले सिकारु गजलकारहरुका लागी समेत गजलमा निखार्ता ल्याउन रेडियो कार्यक्रम मार्फत हौसल्ला प्रदान गरेका छन । बाल्यकाल देखी नै साहित्यमा आर्कषित संर्घषले गजलसंगै साहित्यका अरु बिद्यामा समेत कलम चलाउने गरेका छन । साहित्यका विभिन्न बिधामा कलम चलाउन मन पराउने संर्घषले अछामी भाषामा समेत गजल लेख्ने गरेका छन । समकालिन साहित्यको क्षेत्र अझ भन्दा गजलको क्षेत्रमा सुदूरपश्चिममा संर्घषको नाम अग्रपंक्तीमा छ । 

यूवा पुस्ताका माझमा चर्चित संर्घषका गजल मन नपराउने व्यक्ती बिरलै होलान् । अछाम गजल मञ्चको सदस्य हुदैँ हाल मञ्चको सचिव पदमा रहेर सम्रग अछामको गजल उत्थानमा लागेका संर्घषको योग्दान महत्वपूर्ण मानिन्छ । देशभरीबाट गजल छनोट भएर प्रकाशित भएको सयूक्त गजलसंग्रह कैफियतमा समेत उनका गजल प्रकाशति छन । 

शब्दघर छापाखानाले प्रकाशन गरेको उक्त गजल संग्रहमा देशभरीका २० जना गजलकारका मध्यका एक हुन कमल संर्घष । उनका गजल थुप्रै पत्रपत्रिका, छापा तथा अनलाईन मिडियामा समेत प्रकाशित छन । 

सडक गजल संग्रह सृष्टाका माझामा एउटा राम्रो गजल संगैह बन्न सक्ने यस क्षेत्रमा लागेकाहरुको बुझाई छ । २०७० मा मिरमिरे बाट सम्मानित संर्घष २०७१ को अनतराष्ट्रिय नेपाली गजल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएका गजलकार हुन । 

छुट्याउन उसले नाता प्रयोगशालामा

राख्यो आफ्नै पिता माता प्रयोगशालामा ।

पानीको रङ हुन्न तिमी खै कसरी भन्छौ ?

देखिन्छन् यी नदी राता प्रयोगशालामा ।

बेवारिसे एउटा लासको परिक्षण गर्दा

भेटिएछ सगरमाथा प्रयोगशालामा ।

आज तिमीसंग आमा भोलि सिमानामा

हुन सक्छु अर्को साता प्रयोगशालामा ।।

संर्घषका यि गजल शेरहरुले अन्तराष्ट्रिय गजल प्रतियोगितामा संर्घषलाई प्रथम स्थान हासिल गराएको थियो । यो सम्मानले संर्घषलाई यस क्षेत्रमा लाग्न अझ बढी प्रेरित गरायो । यस क्षेत्रमा प्रबेश गरेपछि संर्घषले अन्य थुप्रै सम्मान पनि थापेका छन । अछामी साहित्य क्षेत्रमा पहलमान सिंह स्वाँर, ललिजन रावल, महेश विक्रम शाह, हर्षसाद भट्ट लगायतका राष्ट्रिय व्यक्तीत्व जन्माएको अछामले कमल संर्घष जस्ता गजलकार पनि जन्माएको छ । साहित्य क्षेत्रका सबै बिद्यामा अछामी सृष्टाहरुले कलम चलाउन थालेका छन । 

त्यसैमा पनि गजलमा अछामी सृष्टाहरुले आफ्नो कलमलाई निरन्तरता दिएका छन । यो निरन्तरताको एउटा उदाहरणको अछाम गजल महोत्सव । अछामी गजलको संरक्षण र प्रर्वध्दनका लागि कमल संर्घष सम्मिलित कार्यसमितीले अछाम गजल महोत्सव गर्न समेत सफल भयो । 

नेपाली साहित्यमै अछामका सृष्टाको महत्वपूर्ण योगदान रहेकोले तिनै सृष्टाले पु¥याएको योगदानको प्रर्वध्दन संगै कदरका लागी महोत्सवको आयोजना गरिएको थियो । जसको नेतृत्व अछाम गजल मञ्चका अध्यक्ष हिमाल उदासी र सचिव कमल संर्घषले नै गरेका थिए । यो कार्य यस क्षेत्रका लागी सानो काम मान्न सकिदैन । ठुलो मेहेनतका साथ यो कार्य गर्न सम्पन्न भएको थियो । 

संर्घषसंगै अछामका थुप्रै सृष्टाहरु गजल क्षेत्रमा लागेका छन ।  जसले गर्दा साहित्य क्षेत्रमा अछामले फट्को मारेको छ । 

गजल क्षेत्रको विकासका लागी यस क्षेत्रमा लागेकोहरुलाई प्रोत्साहन गर्नुपर्छ । गजल क्षेत्रमा होमिएका संर्घषलाई सडक प्रकाशन गरेसंगै चम्किला ताराका रुपमा उदाउने विश्वास मैले लिएको छु । 

संर्घषको कलम निरन्तर चलोस र गजलमा अमिट छाप रहिरहन फेरी पनि थुप्रै सडक निर्माण हुदै जाउन । संर्घष गरेर निर्माण भएको “सडक” नेपालका दुर दराजसम्म फैलियोस र सबैको मन मस्तिष्कमा बस्दै लोकप्रिय गजल संग्रह बनोस शुभकामना ।। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!