म्ह– पूजाको महत्व

Posted on: 27 Oct, 2016

-सुन्दरप्रसाद जोशी (बादल)

प्रारम्भः

नेपालमा बसोवास गरी रहेका सनातन धर्मालम्वीहरु बर्षौ पहिलादेखि भाइ टीका अर्थात तिहार चाड कात्र्तिक कृण्ण पक्ष त्रयोदशी तिथिदेखि कार्तिक शुल्क पक्षको द्वितीय तिथि बीचको पाँच दिनसम्म हर्षोल्लास र धुमधामसँग मनाइन्छ । तिहारको अवसरमा मनाईने चाडहरुमध्ये पहिलो दिन काग तिहार, दोश्रो दिन कुकुर तिहार, तेश्रो दिन गाई तिहार, चौथो दिन गोरु तिहार (म्ह पूजा) र पाँचौ दिन भाइ तिहार मनाइन्छ । यी पाँच दिनसम्मको पर्व चाडलाई यम पञ्चक पनि भनिन्छ । यस चाडको अवसरमा घर घरमा दीप प्रज्वलन गरी लक्ष्मीलाई आरधना र धन प्राप्तिको लागि सूची निची सहित एक भक्त भई लक्ष्मीको विशेष पूजा गरिन्छ ।

कार्तिक शुक्ल पक्ष औशीका दिन धन धान्यकीे प्रतीक लक्ष्मीलाई सनातन हिन्दू धर्मालम्बीहरु आ-आफ्नो घरमा आफूलाई र परिवारलाई धन प्राप्तिको लागि लक्ष्मीको श्रध्दा पूर्वक पूजा गर्दछन । सायं समयमा घर आगन, गोठ, मूल ढोका, पञ्चायन पूजा कोठा, झ्याल(ढोका, गोठमा  दिप वाली दिपावली गरिन्छ । 

श्री गणेश, कलश दीप प्रजवलनका साथ घरमा भएका गर गहना, रुँपया पैसा, तामाको भाडा कुडा, पूजा कोठामा एकत्रित गरी फुलमाला, धुप दीप, अक्षता सहित पूजा गरी लक्ष्मीको आरधना गरिन्छ ।

लक्ष्मीलाई खुशी तुल्याई धन प्राप्तिको आशामा लक्ष्मीलाई मन पर्ने वस्तुहरु श्री फल, नरिवल, पारद, पारोले बनेको चित्र, मुगा कौडा, शंख, चाँदीको लक्ष्मीको मूर्ति, श्री गणेशको मूर्ति ,श्री सरस्वतीको मुर्ति, श्री यन्त्र र कमलको फूलसमेत लक्ष्मीलाई चढाई स्वधर्म, निष्टापूर्वक लक्ष्मीको पूजा गरी लक्ष्मीलाई खुशी तुल्याई धन प्राप्तिको लागि तेह्र वटा बत्ती बालिन्छ । धनकी धात्री लक्ष्मी, धन्वन्तरी, कुवेर र कुचो समेतको पूजा गरीन्छ ।

नेवारी समुदायहरु भाडा कुडाहरुका जजन्कामा नसुक्ने दुवो, सुपारी फूल, (गोय स्वाङ) सयपत्री फूल सुपारीका टुक्रासमेत बहुमूल्य टल्कने कपडामा जजन्कामा उनी(वाँघि) भाडा कुडाको घाटीमा लगाई शुभ समयमा श्रध्दा पूर्वक पुजन गर्ने चलन छ ।

यमराज (अन्धकार) र सावित्री (सूर्यको ज्योती) को युद्धमा सावित्रीको विजय अन्धकारमाथि प्रकाशको विजय भएको हो । साँचो अर्थमा सत्यवान् सावित्रीको उपख्यान प्रकाश र अन्धकारको संघर्षको विषयवस्तुलाई लिएर हर्ष उमङगले दीपावली पर्वले बैद्धिक मान्यता प्रष्ट हुन आउँछ । वार्षिक रत्नपुराणमा उल्लेख भए अनुसार सूर्यको पुत्र यमराज र पुत्री यमुना दुवै सूर्यको पुत्र पुत्री भएकोले दुवै बीचको नाता दाजु बहिनीको भएकोले माया, ममता, स्नेह र दाजुको आयु वृद्धिको लागि प्रार्थना गरी दुवै दाजु बहिनी आपसमा माया, ममता प्रदान गरी भातृत्व प्रेम चीरस्थायी र दाजुको आयु कहिल्यै नओइलिने दुवो सरी स्थीर रही दुवो र्झै सन्तती मौलाओस भन्ने आर्शिवाद प्रदान गर्दछ । दिदीको भाइप्रतिको शुभेच्छा यो भाइटीका (किजा पूजा) पर्वले अक्षुम्न रहन जाने विश्वास लिइन्छ । भाइको आयु वृद्धिको लागि दीर्घायुको कामना समेत गरिएको हुुन्छ । यस पर्वमा दाजु बहिनीबीच माया, प्रेम, दीर्घायुको शुभकामना पनि गरिन्छ ।

दीपावलीको यस दिनलाई यमपञ्चकको रुपमा पनि लिइन्छ । यम शब्दले संयमतालाई पनि लिइन्छ । यमराज र यमुना दुई स्त्री, पुरुष भएपनि यी दुई व्यक्ति दाजु बहिनीको रुपमा अक्षुम्न रही आएको छ । संयम अनि मोक्ष प्राप्तिको लागि अत्यावश्यक तीन अमृत पद मध्ये एक भएको कुरा “त्रिनि अमृतपदानी (इअ), (सु) अनुठितानी, नेयन्ती (खगं) दमचाग, अम्रमाद” यी पंक्तिबाट स्पष्ट हुन्छ । यम शब्दले पञ्चशीलतिर इंकित गरेको हुँदा तिहारको पाँच दिनलाई सामुहिक रुपले भगवान सूर्यको पुत्र यमको नामबाट यमपञ्चककको संज्ञा दिइएको देखिन्छ । भाइ बहिनीको सम्बन्ध कुनै स्त्री, पुरुषको बीचको सम्बन्ध समान नभइ बहिनीकै रुपमा तिनीहरुको पावन सम्बन्ध हुनुपर्ने यम विश्वस्त थिए । यमीले आफ्ना दाजु यमसित कामुक सम्बन्ध कायम गर्ने प्रस्तावलाई धर्म बिरुद्ध सम्झे । यमको संयमपूर्ण विचारले अनर्थ हुनबाट बँचाई धर्मको रक्षा गरेकोले यिनको दोस्रो नाम धर्मराज हुन गएको हो । (यमराज) धर्मराज र यमुनाबीचको माया, ममता पावन प्रेमलाइ चीरस्थायी गराएको दिन कार्तिक शुक्ल द्धितीया भएको पुराणहरुमा उल्लेख भएको छ । यस भाइटीकाको अवसरमा आफ्नो शरीर सुख, समृद्धि होस् भन्नाका लागि मार्कण्ड अष्टचिरञ्जीवीको पनि पूजा गरिन्छ ।

“नमस्तुते यमदुतभ्य बलीनाम यममाहावल मनोलिला कान्तटवेगा पास भूतगर धारेनु समशौख्यकर समुसन्तु पिद्यन्तु नयाँ कोचित । ममा चरितम् सर्व वीष मरन्त दयालय ।”

वार्षिक रत्नबाट

हिन्दु धर्म परम्परा अनुसार यमराज सूर्यनारायण, श्रीगणेश तथा यमुनाको स्मरण सहित दीप कलशको पूजा पश्चात बहिनीले भाइ दाइहरुलाई सप्तरङगीको निधारमा ठाडो टीका लगाई दिई आकासबाट प्रसारण भए झैं सूर्यको किरण उज्यालो सप्तरंगको इन्द्रेणी झैं दाजुभाइको निधार चहक बनाइदिने र दीर्घ जीवन सुस्वास्थ्यको कामना सहित दिदीले भाइलाई शीरमा टोपी लगाइदिने र भाइले दिदीलाई गक्ष अनुसार दक्षिणा प्रदान गरी दिदीबाट तयार गरी प्रदान गरेको मिष्ठान्न भोज खाइ एकआपसमा चिरायुको कामना गरिन्छ साथै भाई टिका दिन दिदि बहिनीको हातबाट दिएको मिष्ठान्नहरु खाने उनकै हातबाट टिका लगाउने यदि दिदि बहिनी नभए गाईको पुच्छर समाति दिदि बहिनी भनि जल आचमन गरेपछि मात्र अथवा गंगाको जल बालुवाको टिका लगाउने प्रचलन छ । दिदि बहिनीले सयपत्री , सुपारी फूलको माला लगाइदिन्छन् । लक्ष्मी पूजाको दिन आगनमा लिपपोत गरी मण्डब बनाई लक्ष्मी भित्राउनको लागि पूजाकोठा घरभित्र सम्म पद चिन्ह बनाई लक्ष्मीको आह्वन गरिन्छ ।

“यमस्वशुुर नमस्तेतु सूर्यपुत्री नमस्तुते
लोकरमती नमस्तुते नमस्ते विष्णु वल्लभे मे ।
वरदा भवमे नित्यम् यमुने लोक पुजते” ।।

वार्षिक रत्नबाट पूजास्थलमा सूर्यपुत्र (यमराज) धर्मराज र सूर्यपुत्री यमुनाको स्मरणले प्राथाना गर्दछन् । यसरी भाइटीका (किजापूजा) को विधा पूरा गरिन्छ । कार्तिक शुक्लपक्षका दिन बिहानै उठी शुद्ध भई भाइ दाजुलाई  टीका लगाईदिनका लागि दिदीले विभिन्न धार्मिक पूजा विधि सामग्रीहरु तयार गरेका हुन्छन् ।

कात्र्तिक शुल्क प्रतिपदाका दिन यस दोश्रो ठूलो चाड तिहारको चौथो दिन शुभ बिहानीको समयमा गोरुलाई पूजा गरी गोर्वधन पूजा अर्थात गोरु तिहार मनाइन्छ । गोरुलाई यस दिन मीठा मीठा खाने कुरा तथा पीठो समेत खान दिने चलन छ । आफ्नो खेती बाली लगाई दिने गोरुको सम्मानको लागि फूल, अविर, केशरी, जौ तिल , धुप , कपुर, दियो बाली पूजा गरिन्छ । चामलको  पिठोवाट बनेको सेतो रातो रङगको छाप गोरुको मुहार शरीरभर लगाई फुलमालाले सम्मानपूर्वक गोरुको पूजा अर्थात गोवर्धन पूजा गरीन्छ ।

यसै दिन नेवार समुदायहरुमा सायं कालीन समयमा म्ह(पूजा (आत्मा पूजा)वैदिक विधिपूर्वक गरी आफ्नो शरीर(आत्माको सुख शान्तिको लागि म्ह पूजा(आत्मा पूजा गर्दछन । यस पूजामा विभिन्न प्रकारका मीठा मीठा परिकारहरु भोजन गरी हर्ष उल्लासका साथ सुख शान्ति, समृध्दि, दीर्घ जीवन , यश कीर्ति र धन धान्यको कामनासहित आफ्नो शरीर (आत्म) म्ह पूजा गर्ने चलन छ ।

नेवारी समुदायमा चाड पर्व मनाउने दिनहरु  अतिनै छ । वाह्रै मास एक न एक चाड पर्व परेको हुन्छ । चाडवाड, पर्व मनाउने देव देवादीको पूजा अर्चना गर्ने, देवी देवताका दर्शन गर्ने परापूर्वकालदेखि नै चलि आएको छ । पुर्खाहरुले गरी आएको मानि आएको चाडपर्वहरु आज पर्यन्त उनका सन्ततीहरुले मानी पूर्खाको यश कीर्ति धानी आएकै छन् । नेवार जातिहरुले मुख्य रुपमा चैत्र दशैं, वडा दशैं, भाइ टीका तिहार, म्ह पूजा (आत्मा पूजा) शिथि नख, जनै पूर्णिमा, गाई जात्रा, क्वाटी पूर्णिमा, वैशाख सक्रान्ति  ......आदि चाडपर्वहरु नै मुख्य रुपमा मान्दै आएका छन ।

म्ह पूजा (आत्मा पूजा)को महत्व

“महापुन्या तिथिरियं वलिराज्य प्रवर्तिनी ।
ब्रम्हण: सुप्रिया नित्यं बालेया परिकीर्तिता ।।
ब्राम्हणान्पुस्जयित्वास्यामात्मानं च बिशेषतः ।
स याति परमं स्थानं विष्णोरमिततेजसः ।।

भविययमापुराण १८ देखि २२ सम्म बाट

म्ह पुजा ( आत्मा पूजा ) विषयमा तान्त्रिकमा उल्लेख भए अनुसारकार्तिक शुक्ल पक्षका दिन रातको समयमा पूजा सामाग्री पाँच रङगको  आठ पात हुने मारन्ठेउलो , पदम युक्त मण्डप तयार गरी साधक नाय उत्तर फर्कि धीउको  दीप बालि आवरण सहित देवीलाई स्मरण गरी पूजा गरेमा सिध्द आकंक्षा पूरा हुन्छ ।

मधुपूर्णे च कलशे कांश्यपात्रे मनोहरे ।
दीपं संमिप्य पुरतः उत्तराभिमसदस्थितः ।।
दीपे सावरर्णां देवीं ध्यात्वाविधिवदार्चयेत् ।
यौवोल्लाससहितो दीपस्थां देवतां स्मरेत्र ।।
अष्टोत्तरसहस्रन्तु जपेन्मन्त्रमनन्यधीः।
एवंकृते वस्तरान्ते सर्वान् कामान्समस्तसते ।।
कुलार्न तन्त्र दशम उल्लास

माथि उल्लेखित दुई उध्दरणले म्ह-पूजा लाई बैदिक तथा तान्त्रिक दुवै उच्चतम कर्म शास्त्रीय आधार गरीएको मानिएको छ । बर्षभरी पूण्य बलिभुत पार्न म्ह-पूजा कार्तिक शुक्ल प्रतिपदामा पर्ने म्ह-पूजा उत्तम र महत्वपूर्ण छ ।

म्ह-पूजाको विधि तर्पm ध्यान दिने हो भने अाँफू पूजागर्ने व्यक्ति पूर्व तर्फ फर्केर बसी श्री गणेश , श्री सूर्य नारायण प्रतिकको रुपमम मानि आएको सुकुन्दा पूर्व वा उत्तर फर्काएर दियो बालि पूजा आरम्भ गरिन्छ । नकींले ३ पल्ट आचमन गरी हातमा पूmल अक्षता लिई सङकल्प गरिन्छ ।

“अद्योत्यादि काश्याप , मानव , भारद्वाज .....(जस्ता आफ्नै गोत्र रनाम) ....मम नमोध्येयाः दाडिम्ब प्रत्यारम्भ पूजा कर्तु भगवते बृहत्मानवे अध्र्यं नमः ।। ”

सङकल्प पश्चात दियो पुजन दिप बत्तिमा फुल अक्षता चढाई फलफुल प्रसाद चढाई आफूँले टिका फूल लगाई बत्ति मुनि बलि राजा र गोवर्धन पर्वत सम्झि फूल अक्षता धुप दीप नैवेद्य      चडाईन्छ ,

म्ह-पूजाको लागि आवश्यक सामाग्रीहरुमा विभिन्न जातको फूलहरु, धान भुटेको लावा अविरले कुचो, धार्मिक पुस्तक चण्डिलाई समेत पूजा गरी म्ह(पूजा गर्न बस्ने सबैवाट आचमान गरी पुरुष वर्गले टोपी लगाई म्ह पुजा गर्न बसेका सबैको अगाडी कमण्डलु बाट जलधारा बगाई मण्डल मारन्ठेउलोमा लावा छर्ने र मण्डलमा पाँच जजन्का, धुप, दिप अर्पण गरी पूजाको प्रसाद को रुपमा धौ स्वगं (दहि चामल) रातो अविरमा मोलि बनाइएको टीका ३,३ पटक सबैले वत्ति मुनि चढाउने गरिन्छ र यो व्रह्म वाक्य सम्झाउने गरिन्छ ।

।। श्री स्वेस्त देवतायै नमः।।
।। श्री कुलदेवतायै नमः।।
।। श्री पाञ्चापनेम्यो नमः ।।
।।श्री गृह लक्ष्मीस्टने देवतायै नमः

यो वेद मन्त्र पछि म्ह-पूजामा वस्ने सबै र नकिंने पनि टीका लगाई दक्षिणा, जन, फूलमाला, फलफूल, रोटीहरु, प्रदान गर्ने, मांसाहारीहरुल खें स्वर्ग – कुखुराको फुल, दहि) ग्रहण गर्न लगाई लावा अविर मण्डवमा छरी आरती बालेर डुलाउने ताय अबिर अर्पण गर्ने । बहु बिर्य गर्ने खानु अगि पितृ देवतालाई चडाउने, सम्पूर्ण पूजा गर्ने ।

यस भाई टीका, म्ह पूजका दिनबाट नँया सम्बत सुरु हुन्छ । नेपाल सम्वत नयाँ बर्ष यस दिनदेखि ११३७ सुभारम्भ हुन्छ । यस दिन विक्रम सम्वत २०७३ कात्र्तिक १५ र इस्वी सम्वत २०१६ अक्टोबर ३१ तारिख चालु भईरहेको छ ।  म्ह-पूजाको सदर्भमा भविष्य पुराण प्रथम पर्व श्लोक १८/२२ अनुसार कार्तिक अमावास्याका दिन भगवान ब्रहमालाई दीप अर्पण साथ पूजा गरेमा व्रहमपद प्राप्त गर्न सक्दछ । कार्तिक शुक्ल प्रतिपदाको तिथिमा दीप प्रज्वलन गरी नयाँ बस्त्र चाकु, अन्न ब्राहमणलाई प्रदान गरी आफ्नै म्ह पूजा (आत्मा पूजा ) गरीएमा ब्रहम पद प्राप्त गर्दछ । बलि राजालाई पनि राज्य प्राप्त गर्न सहायक यो तिथि दिन लोक प्रसिद्ध तिथि हो । यो तिथि कार्तिक शुक्ल प्रतिपदाका दिन ब्राहमणहरुलाई पूजा गरेर आफ्नो शरीरको पनि पूजा गरिएमा तेजस्वी भगवान लोक प्राप्त गर्न सक्ने भविष्य पूराण मा उल्लेख गरेको पाइन्छ ।    

कार्तिक शुक्ल पक्ष प्रत्ति पदाको दिन गोर्वधन पूजाको दिन सायं समयमा घरका सबै परिवार एक स्थानमा जम्मा भई (आफ्नो शरीरको पूजा) म्ह(पूजा विधिपूर्वक श्री गणेश, दियो कलश स्थापना सुकन्दा सूर्यको पूजा गरी लक्ष्मी, कुवेर, सरस्वती, यमराज समेतको पूजा तथा लक्ष्मी देवता, कुवेर देवता, श्रीगणेश सूर्य नारायणको लागी र घरका सबै परिवारकोलागि रातो, पहेलो , हरियो , सेतो ,  रङगले चामलको पिठो रङगाइ  न्हेकन्या, मारन्ठेउलो मण्डव (रंगेली अथवा अल्पना ) तयार गरिन्छ । पूजामा बसेपछि गुरु प्राथना पनि गरिन्छ ।
   अखण्ड मण्डलाकारं व्यापं यन चराचरम् ।
   तत्पदं दर्शितं येन तस्में श्री गुरुवे नमः

धम–कर्म पूजाको मामिलामा हामी नेपाली अगाडि नै छौं | धार्मिक आस्था पूजावाट आँफूमा भएको सीप एवं जागरलाई उजागर गरी काममा दृढ भएर लाग्ने उत्प्रेरणा जगाउछ । पूजा गर्नु कर्मप्रति निष्ठा जगाउनु हो । धर्म हाम्रो आस्था हो, हामी परापूर्व काल देखि नै धर्मप्रति विश्वास गरी आएका छौँ । आस्थाको निरन्तरता तथा आत्मा सुध्दि एवं शान्ति प्राप्तिको लागि म्ह-पूजा, (आफ्नो पूजा, आत्माको पूजा) गरिदैं आईएको छ । नेवारी समुदायका हिन्दु होस् वा बौद्ध धर्मालम्बीहरु घर परिवारका सबै सदस्यहरु भेला भई म्ह पूजा (आत्मा पूजा) गर्दछन् । आत्मा पनि इश्वर भएकोले आफ्नो शरीर आत्मालाई म्ह पूजा (आत्मा पूजा) गरिन्छ । घरका सबै परिवार अट्ने कोठा, स्थानमा (मण्डप) मारण्ठेउलो तयार गरी आफूले आफ्नै शरीरलाई म्ह-पूजा (आत्मा पूजा) गरिन्छ । म्ह-पूजाको लागि श्री गणेश, श्रीसूर्यनारायण, यमराज र सबै परिवारको लागि मारण्ठेउलो (मण्डप) तयार गरी दियो, कलश श्री गणेशको स्वरुपमा रहेको सुकुण्डा र श्रीगणेश दीयो पूजा गरिन्छ । तत्पश्तात् बिधि अनुसार म्ह पूजा (आत्मा पूजा) गरिन्छ ।

जसले म्ह पूजातिर स्पष्ट रुपले इंकित गरेको छ । बैद्यिक साहित्यमा आत्मा र म्ह एउटै भएको उल्लेख छ । यसरी म्हपूजाको प्रचलनले बैद्यिक परम्पराको प्रष्ट रुपमा जानकारी हुन आउँछ । म्ह पूजा भाइ टीकाको अघिल्लो दिन साँझ गरिने म्ह पूजा  नेवारी समुदायभित्र मात्र सीमित भएको देखिन्छ । ह्म (आत्मा) पूजाबाट आफ्नो आत्मा सुद्धि भई सुख, शान्ति, यश, कृति प्राप्त हुने र शरीर सुस्वास्थ हुने विश्वास लिइन्छ ।

म्ह (आत्मा) पूजा गर्ने परम्परा इ.सं. ८८० तिर नेपाल सम्वत् प्रलनमा ल्याएका थिए । यस सम्वत्लाई शैवमार्गी हिन्दूहरुले पशुपति भट्टराक सम्वत्सरको संज्ञा दिएका थिए । बौद्धमार्गीहरुले स्वयम्भु नामले पुकारेका थिए । सम्वत् ८४१ को (अश्वघोषा नन्दिमुखाबदान) ग्रन्थमा यसलाई स्वयम्भु सम्वत भनी प्रष्ट रुपले उल्लेख गरिएको छ ।
इतिश्री पूर्व श्री अश्वघोसानन्दिमुखा अवदान परि समाप्त  ।

स्वयम्भु सम्वत् ८४१

ओखर, अमला, वयर लगायतका फलफूलहरु दियो, कलस, सुकुण्डा श्री गणेश र श्रीसूर्यनारायणको  पूजन गरी यमराज समेतमा घरपरिवारलाई फूल अक्षता दिई पूजास्थलमा चढाउन लगाइन्छ । तत्पश्तात् लावा, विभिन्न जातका पुष्पहरु ओखर अमला वयर जस्ता फलफूलहरु पाथीमा राखी कनिष्ठदेखि जेष्ठसम्मलाई खुट्टाको घुँडा, कुम, टाउकोमा छुवाई टाउकोमा ह््वाल्ल (खनाइन्छ) गरिन्छ । सो कार्य सकिएपछि देवमण्डपदेखि कनिष्ठसम्ममा बालिएको धागोको पञ्चमुखे दियो अम्रिसोको कुचोले अन्तिम विन्दु सम्म वलि रहेको दियोलाई बडारिन्छ ।बाली  घुँडा, कुम टाउकोमा स्पर्श गराई (मण्डप) मारन्ठ्उलो  मा पाँच बलेको दीप बनाई राखिन्छ ।

म्ह पूजा (आत्माको पूजा) सकिएपछि देवमण्डपदेखि कनिष्टसम्म तसी (बिमिरा) ३ पटकसम्म बलेको दियोमाथि गुडाइन्छ र शिरदेखि पुछारसम्म अम्रिसोको कुचोले नआत्तिकन.बडारिन्छ र यमको मण्डपसम्म पुर्याई छोडिन्छ । त्यसपछि दिदी वहिनीले अक्षतालाई दहि अविर मोलि टिका लगाइन्छ र माला सहित प्रसादीहरु दिइन्छ, दाज्यू भाइले दिदी बहिनीलाई यथासक्य दक्षिणा प्रदान गरी भुटेको च्यूरा, अदुवा, लसुन, भट्टमास, माछा, सिद्रा भुटेको र लसुन तथा विभिन्न परिकारहरुबाट बनेको समयबजीका परिकारहरु र प्रसाद प्रदान गरी मीठा मीठा खानेकुराको भोज खुवाएपछि म्ह पूजा (आत्मा पूजा)  समाप्त गरिन्छ । म्ह पूजा (आत्मा पूजा विर्सजन गरिन्छ ।

हिन्दूहरुले मनाउदैं आएको भाई तिहार र नेवार समुदायले गोवर्धन पूजाको सायं समयमा मनाउदै आएको म्ह(पूजा ( आत्मा पूजाको) अतिनै महत्व छ । यस तिहार पर्वमा घरघरमा देउसी भैलो खेल्दै लक्ष्मीको बासको लागी आर्शि वचन दिने चलन पनि छ । हामी सनातन हिन्दू धर्मावलम्वीहरु देव देवता प्रति पूर्ण आस्थावान भई पूजा अर्चना गर्दछौं र विभिन्न धार्मिक चाड पर्वहरु आस्थाका साथ मनाउदै आइरहेका छौं । शुभ(दिपावली २०७३ तथा म्ह पूजा तथा न्हु दया भिन्तुना ने.सं ११३७ को अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । लसतया न्हु भिन्तुना

अस्तुः
सन्दर्भ सामग्रीहरु :
१. वार्षिक रत्नकथा
२. हाम्रो संस्कृति: ले. हरिराम जोशी
३. पं. बुद्धिप्रसाद उपाध्यायसँगको छलफल
४. हाम्रो परम्परा अनुसार सम्पन्न गरिएका पूजाहरु
    कुनपा ८ पर्वत ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!