राज्यबाटै गरिबलाई यसरि बिभेद गरियो

Posted on: 14 Nov, 2016

इन्द्रसरा खड्का । अहिले काग्रेस नेतृ सुजता कोइरालाको उपचारका लागी सरकारले दिएको ५० लाखको बारेमा सबै ठाउ चार्चा परिचर्चाा भइरहेको छ । कती पयको भनाइ छ लामोसमयदेखी राजनितीमा सक्रीय त्यहिमाथी काग्रेसका एउटा हनोहार ब्यक्ती स्वर्गिय गिरीजाप्रसाद कोइराको सुपुत्री त्यसैले पनी सरकारले उपचार खर्च दिनै पर्छ । कसैले भनेका छन् । सरकारले ढुकुटी रित्याउने काम ग¥यो । 

आ-आफ्नो भनाइ राख्न पाउनु सबैको अधिकार हो । त्यसै यो बिषयका बारेमा समाजीक सञ्जालमा पनी उत्तिकै बिरोध भएको पाइएको छ । हो सुजता कोइरालालाइ स्तन क्यान्सर भयो भन्ने सुन्नमाआउनु यो साह्रै दुखको कुरा हो । जस्तोसुकै रोग जोसुकै लाइ लाग्नु दुखको कुरा हो । त्यहिमाथी क्यान्सर जस्तो खतरा रोग लागेको भन्ने खबरले म जस्तै सबैलाइ दुखी बनाउको छ । तर प्रसंग सरकारले दिएको ५० लाखको कुरा हो ।

 एउटा सिटामोल समेत पाउन नसकेर मान्छेले ज्यान गुमाउनुपरेको यो कुनै नौलो कुरा होइन यस्त घट्ना ग्रामिण क्षेत्र अथवा शहरबजार जतासुकै बस्नेहोस गरिबहरुले भोग्दै आएका छन् । कसैले महलमा बसेर करोडौको मालीकभएर पनी सरकारबाट उपचारको लागी खर्च पाउनुकसैले एउटा सिटामोल नपाएर ज्यान गुमाउनु यो कहासम्मको कुरा हो । के सिटामोल समेत नपाएर ज्यान गुमाउनु उनिहरु यो देशकोनागरीक होइनन् ? यदि नागरीक हुन भने खोइ सरकार तिनीहरुलाइ उपचार खर्च ब्यहोरेको । 

बाच्ने रहर मिठो मसिने खाने रहर अरु जस्तै ठस्वदेश बिदेश घुम्ने रहर महल जस्तो घरमा बस्ने रहर गरीब मान्छेलाइ हुदैन र ? हुन्छ मानब भइसके पछी सबैलाइ बाच्ने रहर हुन्छ अनेकौ रहरहरु हुन्छन् । तर कोहीलाइ काख कसैलाइ पाख गर्न पाइदैन । सुजता कोइराला जस्तै नेपालमा बसोबास गर्ने सबै नेपाली हुन । 

तिनीहरु सबैलाइ हेर्नु सरकारको कर्तब्य पनी हुन आउछ । हुन त मैले सरकारको कतृब्य के हो के गर्न हुन्छ के गर्न हुदैन भनेर सम्झाइराख्नु पर्ने हैन तर प्रसंग बस कर्तब्यको बारेमा पनी कलम चलाउनु पर्छ भन्ने मैले ठानेको छु । 

उपचार हुन नसकेर अस्पतालको छत बाटहामफालेर आत्महत्या गरेको काठ्माण्डौको घट्ना हामैो आखा अघाडी ताजै छ । त्यो त एउटा राजधानीमा भएको घट्ना हो सबैले देख्न पाए यस्ता घट्ना बिकट ठाउमा कती भएका छन् कती के थाह सरकारमा बसेर सरकारको ढुकुटी रित्याउने करोडौको महलमा बस्ने हरुलाइ । यस्तै रोल्पामा एउटा महिलाले आर्थिक अभावमा ज्यान गुमाउनु परेको पिडा हामी माझ ताजै छ यती मात्र हैन यस्ता घट्ना थुपै छन् हामैो देशमा ।  

क्यान्सर रोग सुजतालाइ मात्र होइन ग्रामिण स्तरका सुजता जस्तै हजारौ महिलाहरुलाइ भएको छ । बिचरा आफुसंग भएको खेतबारी अन्न सबै रित्याउछन् सकिन्छ नत ज्यान रहन्छ नत धन नै स्तन क्यान्सरको पिडा स्वयम म आफैले पनी भोगेको छु जसको कारण म बालक छदै मैले ३३ बर्षको उमेरमै आप्नो आमालाइगुमाउन पुगेको छु स्तन क्यान्सरका कारण अनी म नेपाली होइन मेरो आमानेपाली होइन ? कि हामी जस्ता गरीबहरुलाइ सरकारले वास्तै गर्ने हैन । 

यदि उपचारका लागी ठुला ठुला नेतालाइ ५० लाख ,१ करोड रुपैया दिइन्छ भने हामी जस्ता गरीबहरुले पनी पाउनुपर्छ उपचार खर्च नभए यस्तो ढुकुटी रित्याउने काम हामी गरीबहरुलाइ सैह्य हुने छैन । भुकुम्प पिडीतले खुल्ला आकासमै अझै रातदिन कटाउनु परीरहेको छ । आप्ना आफन्त गुमाउदाको पिडा त छदै छ धनसम्पती गुमाउदाको पिडा त छदैछ अहिलेसम्म राम्रेसंग बसेर ढुक्कले रात बिताउन सकेको छैन । उनिहरुलाइ राहत बितरण गर्न बेर लागउने सरकारले ५० लाख एउटै ब्यक्तीको उपचारका लागी आखा चिम्लेर पैसा पोख्छ । 

करोडौका महलमा बस्ने तपाइ नेताहरु त्यतिकै तपाइले ५० लाख पाउने हैसियत भउको हैन । तपाइलाइ ठेस लाग्दा लाखौ करोडौको पैसा खर्च गराउनेहैसीएत यनिै गरीब निमुखाहरुले गर्दा पाउनु भएको हो । आफुलाइ चुनाबमा लड्नुपरेपछी घरदैलोमा गएर भिक मागेजस्तै गरेर भोट माग्छौ । अनेक किसीमका बाहन लगाएर सपना देखाउछौ सोझा साझा जनतालाइ जब तिमीहरु जितेर सासंद ,मन्त्री बन्छौ अनी बिर्सैन्छौ गरीबहरुलाइ 

गरिबले शिक्षा, स्वास्थ्य यातायात नपाएको कुरा सिंहदरबार भित्र बसेर थाह हुदैन त्यसका लागी बाजुरा, दार्चुला,बझांग ,जुम्ला, कालीकोट तिर गएपछी थाह हुन्छ । मान्छे कसरी जिवन गुजरा गरीरहेका छन् भन्ने कुरा यस्तो दुर्गम बस्तीमा आउदा चिल्लो कारमा अघाडी पछाडी सयौको सख्यामा सुरक्षा गार्ड लगाएर हैन एउटा देशको नागरीक भएर आउ जनतासंग भेटौ घरदैलो गरौ उनिहरुका दुख पिडा सुनौ त्यसपछी थाह हुनेछ गरिब जनताले कसरी जिवन गुजारीरहेका छन् । नभए के थाह गरिबहरुले छटपटाउदाको पिडा । 

यसका लागी स्वास्थ्य मन्त्री गगन थापाले बोल्नु भएको कुरा एकदम सहि हो तर अहिले थापा पनी यो कुरा गर्न डराएको महसुस भएको छ । सबै नेपाली नेपालका नागरीक हुन उपचार खर्च पाएपछी सबै नेपालीले पाउनु पर्छ नभए सुजताले मात्रै होइन भनेर आवाज उठाउने स्वास्थ्यमन्त्री नै आप्नो निर्णयबाट पछाडी हटेका छन् ।

म त भन्छु सरकारले पनी बिभेद गरेको छ । नेपालीहरुमाथी सोयम सरकारबाटै बिभेदमा पिल्सिएका हामी समाजमा हुने गरेको बिभेदको कसरी अन्तय हुन सक्छ र ? गरिब र निमुखा जनता क्यान्सर जस्तो ठुलो रोगको औषधी उपचार हैन सामान्य रोगको उपचार गर्नका लागी पनी आप्नो खेतबारी बेचीरहेका छन् ।

 उनिहरुलाइ हेर्नुको साटो सरकारले नै राज्यको ढुकटी रित्याउन लागेको छ । यदि कसैलाइ उपचार खर्च दिनुपर्ने भए यसको मापदण्ड बनाइनु पर्छ । नभए तपाइ नेता जस्तै हामी जनता हामीले पनी उपचार खर्च पाउनुपर्छ । एउटा रोल्पाको महिलालाइ स्तन क्यान्सर भए उसलाइ पनी सरकारले ५० लाख दिनु पर्छ , एउटा बाजुराकी महिलालाइ स्तन क्यान्सर भए उसलाइ पनी ५० लाख दिनुपर्छ । होइन भने यस्तो बिभेदपुर्ण कार्य सरकारबाटै गरीनु कदापी रामे हैन । 

हो सुजता नेतृ हुन हामीलाइ थाह छ । के उनिसंग आफुलाइ बिरामी भएको उपचार गर्न खर्च छैन त ? उपचार खर्च गर्न नपाउदा ज्यान गुमाउने राोल्पाका महिला गरीबकी सुजता कोइराला ? उपचार गर्न पैसा नहुदा अस्पतालकै छतबाट हाम फालेर आतम हत्या गर्ने बालक गरिब की सुजता कोइराला ? यो प्रश्नको स्फष्ट जवाफ चाहिन्छ । कित सबैलाइ उपचार खर्च दिनुपर्छ नभए देशको ढुकुटी बिना काममा सकाउनु राम्रो हैन । 

भुकम्प पिडीतलाइ हेर, बाढी पिडीतलाइ हेर असाहय, गरीब दिनदुखी लाइ हेर सरकार उनिहरुको पनी बाच्ने रहर छ । अन्त्यमा जनताले चुनेर पठाएका जनप्रतिनीधि जनताको दुखलाइ हेर्नु बुझनु तपाइको कर्तब्य हो । भोका नांगा औषधी उपचार नपाएर ज्यान गुमाउनेलाइ हेरेर मापदण्ड बनाएर सरकारे.ढुकुटीमा हात लगाउ सबैलाइ समान ब्यभार गरौ जय देश जय नेपाल ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!