शिक्षा आर्जन शैली र पद्धतिमा एक रुपताको खाँचो

Posted on: 23 Dec, 2016

मनोज बोहोरा । बालबालिकाभविष्यका कर्णधार हुन । धेरैले परिक्षामा विधार्थी शिर्षकको निबन्ध लेख्दा यो पंक्ति पक्कै पनि लेख्यौ होला अनि धेरै अङक ल्यायौ पनि होला । के सबै बालबालिकालाई भविष्यका कर्णधारका रुपमा परिणत गर्न सफल भयो होला त हाम्रो शिक्षानिति, समाज र राष्ट्र । यस विषयमापक्कै पनिहामीले सोचेका नै छैनौ जस्तो भान हुन्छ मलाई अहिले । बत्तिमुनिको अध्यारोमा रुमलिरहेका छौ अझै पनि । यस विषयमा अनविज्ञ नै छौ । 

अनुसन्धान गर्ने समय छैन या यसको ठेक्का अरु कसैको हो भनेर मुखामुख गर्देमा मख्ख छौ । आखिरमा चपेटामा पर्ने हाम्रै श्रृजनशिल नानीका जीवननै हो । कस्तो बिडम्बना भनौ या कस्तो मानसिकता । वास्तविकता र यथार्थ मात्रै जान्ने चाहाना हामीमा हुदो हो त यी भयावह अवस्थाका मुकदर्शक हुनु न पर्ने थियो । के गर्नु सूर्यलाई हातले छेक्न खोजे सरी कहाँ पो यथर्थलाई छेक्न सक्दिो रहेछ र ? हाम्रो देशमाअधिकांश मानिसहरु गरिबीको रेखामुनि नै छन् । 

त्यस परिणामको पहिलो शिकार नै मूलत बालबालिका भएका छन् । शिक्षा, स्वास्थ्यबाट दुर्गम दुरदराजका बालबालिका प्रत्यक्ष असरमा परेका छन् । सरकारले देशमा रोजगारीको अवसर सिर्जना गर्नु आवश्यक छ । त्यही रोजगारीको अभावले गर्दा बालबालिकालाई मजदूरी गर्न शहर पठाउछन् । सपना सजाउने बेलामा, किताब बोक्ने बेलामा उनीहरु बालश्रमिक हुन बाध्य छन् । एक पटक हामीले सोध्ने हो भने पक्कै पनि यस्ता नानीहरुको वास्तविकता बुझथ्यौ किहामीले ।आनानानी सबैका लागि प्राण भन्दा प्यारो नै हुन्छ । त्यो माया केबल धनीको मात्र हुन्छ भन्ने छैन्, महङ्गा विद्यालयमा नहाल्दैमा कुनै अभिभावकले कममाया गरेको भन्नमिल्दैन् । वास्तविकता ज्यादै मर्मस्पशी हुन्छ । 

उनीहरु बाध्य छन् के गर्नु सरकार मात्र रमिते भएको छ । काठमाण्डौंमा हजारौ विधार्थी महंगा विद्यालयमा भर्ना गराउन दौडधुप भनसुन नै चल्छ । मेरो छोरा या छोरी यसमा उसमा पढ्छे भनेर छाती फुलाई रहदा मेरो मन ज्यादै दुख्छ । बिचारा ति अबोध भोका नानीहरु एक छाक मात्रै खान पाए कस्तो होला सोच्दै दिन बिताउन विवश छन् । सरकारले पनि शिक्षामा जोड दिन आवश्यक छ । सर्वप्रथम त रोजगारको सिर्जना गरेर हरेक परिवारलाई आत्मनिर्भर बनाउन आवश्यक छ । 

सरकारी विद्यालयको गुणस्तर बढाउन आवश्यक छ । जसले गर्दा गाउँ गाउँबाट बालश्रमिक होईन दक्षजनशक्ति उत्पादन होस् । जब सम्म राष्ट्र शिक्षित हुदैन् तबसम्म हाम्रो बालबालिकाको भविष्य उज्जवल हुन सक्दैन् । एउटै परिवारमा नि छोराछोरीबीच विभेद प्रशस्तपाउन सक्न्छि । “छोरा निजी स्कूल छोरीलाई सरकारीमा” हाल्ने गलत परिपाटिले हाम्रो समाजको विभेदकारी सामाजिक संरचना एवं मानसिकतालाई चित्रण गर्दे लैङगिक विभेद व्याप्त रहेको तितो सत्य प्रस्तुत गर्दछ। आखिरमा विभेद त घरबाट नै त सुरु हुदो रहेछ नि । पैतृक सतात्मक सामाजिक संरचनामा नै त्रुटि देखिन्छ, छोरी अर्काको घर जाने जातअनि छोरा बुढेसकालको लाठी भनेर विभेद गर्नु रोगी मानसिकताको उपजहो । 

शैक्षिक गुणस्तरमा नै विभेद छ, अन्तत गुणस्तर एवं विश्वब्यापी वैज्ञानिक शिक्षाको नाममा च्याउ सरी उमरिन थालेका महंगा निजीविद्यालयले नि  छोराछोरीको विभेदको फाइदा उठाइ रहेका छन् । सरकारको मौनता पनि यसको मुख्यकारण जस्तो देखिएको छ । सरकारी र निजीदुवैमा उस्तै किसिमका गुणस्तर हुदो हो त यस्ता यावत विभेदबाट हामी गुज्रीनु पर्देन थियो होला ।

तपाईका छोराछोरीलाई कहाँ पढाउने ईच्छा छ, निजी वा सामुदायिक विद्मालय भनेर जो कोही सर्वसाधारणलाई प्रश्न सोधीने हो भने उत्तर के आउँला । के यस्ता प्रश्नका उत्तरका लागि गहिरिएर एक पटक सोचलान त ? 

शिक्षा सबैको नैसरगिक एवम् आधारभूतआवश्यकता हो ।अहिले विद्मालय चयन नै आर्थिक हैसियत मापकको परिसूचक भए जस्तो सत्यानूभूत हुन थालेको छ । शिक्षा जस्तो संवेदनशील विषयमा देखिएको दुई धार र संरचनाका विद्मालय हाम्रो समाजमा व्यापत छन् । निजी भन्ना साथ आर्थिक हैसियत सुदृढ भएका पढ्ने अनि सामुदायिक भन्न साथ निम्न आर्थिक हैसियत भएका मात्र पढ्छन भन्ने धारण छ हाम्रो समाजमा । शिक्षाआर्जन प्रकियामा नै गम्भीर असमानता व्यापत छ । 

तथाकथित नेताका मीठा भाषणमा त भनिन्थयो, के गरीब के धनीहामी सबै समान अनि खोई त शिक्षाआर्जन शैली र पद्धतिमा एक रुपता एवं समानता । अन्त्तयमा आफ्नै पुरपुरोमा हात लाएर कर्मलाई सरापदै हुने हार दैव न टार भन्नु शिवाय सर्वसाधारणसँग विकल्प शून्य छ । के साँच्ची नै यहीहाम्रो समाजको वास्तविकता हो त ? निजीविद्यालयको बलियो विकल्प भएर अब सामुदायिक विद्यालयले समाजको लैंगिक विभेदमा उठेको प्रश्नको उत्तर दिन आवश्यक छैन र ?

यस बिषयमा तपाइको प्रतिक्रिया...!