मानिसहरु दुर्घटनामा घाइते भएका व्यक्तिलाई सहयोग गर्न किन डराउँछन् ?

Posted on: 28 Apr, 2017

साधना बस्नेत | किन डराउँछन् ? सर्वसाधारण सवारी दुर्घटनामा परि घाइते भएका व्यक्तिलाई सहयोग गर्न । कुरा बुझ्दा यस्तो रहेछ । किन प्रहरीको फन्दामा पर्ने, चौकी धाउने ,भन्ने पिरले मानिसहरु टाढिएका रहेछन् । नागरिक समक्ष गलत भ्रमका कारण समयमा उपचार पाए बाँच्ने व्यक्ति मुत्यू अँगाल्नु परिरहेको छ । प्रहरिले बिनाकारण हैरानी  दिने , सहयोग गर्नैलाई बार बार सोधपुछको लागी भनेर दुःख दिने गरेकोले चाहेर पनि सहयोग गर्न नसकेको कुरा सर्वसाधरणको छ । यही कुरा थानकोटका प्रमुख डिएसपि कृष्ण पंगेनी संग कुरा गर्दा उहाँले नागरीकमा चेतनाको कमिले गर्दा र गलत भ्रममा परेको कारण कर्तव्य विमुख भईरहेको प्रष्टाउनु भयो ।

२०७४ बैशाख १४ काठमाण्डौं कीर्तिपुर त्रि.बि क्रिकेट मैदानको सडक दुर्घटना । म अचम्मित भएँ यो दृश्य देख्दा । साँझ करिब साढे छ बजेतिरको समय, त्रिभुवन विश्वविद्यालयको परिसरमा रहेको क्रिकेट ग्राउण्ड अगाडि एक्कासी गाडिहरु जाम हुन थाल्यो । के रहेछ भनेर बुझ्दा दुईवटा मोटर बाइक एक आपसमा जुधेर दुर्घटना भएको रहेछ । 

पत्रकारीताको क्षेत्रमा करीब पाँचौ वर्षसम्म कार्यरत रहीरहँदा मानव र मानवताको हितको लागि पत्रकार सधैव अगाडि बढ्नु पर्छ भन्ने शिक्षा, परिस्थिति अनुसार लड्ने शाहस प्राप्त गरेको छु । सायद यसैको परिणम होला सबैले तमासा हेर्दै रमिता बनाइरहेको घाइते सामु पुगेर उसलाई सहयोग गर्ने हिम्मत गर्न सके । 

एउटा स्कुटर र बाइक जुध्दा तिन जना घाइते भएका रहेछन् । म उक्त स्थनामा पुगुन्जेल सम्म घटना भएको करिब दश मिनेट भइसकेको थियो । सबैजना आफ्नो दैनिक कार्य सकेर आफ्नो निवास तिर फर्कदै थिए । सबैले ति घाइते भएका मोटरसाइकल चालकहरुलाई धित मरुन्जेल हेरे । उनिहरु पिडामा छट्पटाइरहेको दृश्य आफ्ना आँखामा कैद गर्न उनिहरु घाइते नजिक पुगेपछि आफ्नो सवारीको गति कम गर्दा रहेछन् जसको कारण जाम परेको रहेछ । तर कसैलाई पनि पाँच मिनेट झरेर ति व्यक्तिलाई सहयोग गर्नै समय भएन ।

मलाई अचम्म लाग्यो । होलान् ति तपाइका आफन्त होइनन् होला । कसैको त हो नि । कसैको छोरा ,कसैको दाजु भाई,कसैको बुबा, काका जोकोही हुन् कसैको आफन्त हुन् । यो भन्दा ठूलो कुरा मानव हो, प्राणी हो । अपसोच यो कुराको महशुश कसैलाई भएन जति पनि त्यो बाटो सवारी गुडाई रहेका थिए ।

म र मेरो साथि जब आफ्नो बाइक साइड लगाएर ति व्यक्तिको लागि सहायता गर्न जुट्यौ त्यस पश्चात केही सज्जन व्यक्ति सहयोग गर्न आए । 

ट्याक्सि चालक प्रति मलाई अत्यन्तै क्रोध आयो । मैले सडकमा उभिएर ट्याक्सि ट्याक्सि भनेर कराइरहे खालि आएका ट्याक्सि पनि नसुने झैं हेर्दे नहेरी गएको देख्दा कहिले ट्याक्सि नचढुझै लाग्यो ।

हमिले प्रहरीलाई एक शयमा डायल गरेर दुर्घटना बारे जानकारी गराएका थियौं र करिब पाँच मिनेटमा प्रहरी आइपुग्यो । त्यो समय भरमा केही सज्जन व्यक्तिको आग्रहमा एक बसका चालकले आफ्नो बसमा राखेर हस्पितलसम्म लगिदिन राजि हुनु भयो । ति बसका चालकलाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु ।

उठ्न नसक्ने अवस्थामा रहेका ति घाइतेहरुलाई हामिले केही अन्य सज्जनहरुको सहायताले बसमा राखि दियौं । उहाँहरको आफन्तलाई खबर गरिदियौं र प्रहरीलाई जिम्मा दिई एक असल नागरिकको भूमिका निभाउनुहुने सम्पूर्णलाई धन्यवाद दिई आफ्नो गन्तव्यतिर लाग्यौं ।

यस्ता सडक दुर्घटना दिनहुँ भइरहेका छन् । कहि बिग्रेको सडकले गर्दा कतै अत्यधिक गतिमा सवारी चलाउँदम त कतै मापसे गरी चलाउँदा । दुर्घटना जानि जानि हुने कुरा होइन । यो जो कोहीलाई पनि पर्न सक्छ । तर काठमाण्डौं शहरमा आएर यहाँको झिलिमिलिमा रमाउने मान्छेहरुले मानवता यही झिलिमिलिमा बेचेर खाइसकेका छन् । मैले यसो भनिरहँदा काठमाण्डौं बासिलाई चोखो राख्न खोजेको भने पटक्कै होइन । किर्तिपुर एरियामा अफिस पछि फर्कने स्थानिय बासि भन्दा बढी मात्रामा बाह्य जिल्लाबाट आएर बस्ने मानिसहरुको बाहुल्यता बढि छ । यसै पनि शहरका भन्दा गाउँ घरका मानिसहरु दयालु , सामाजिक हुन्छन् भन्ने भनाई छ । अन्य अर्थ नलागोस् ।

आफ्नो निजि निवास नपुगुन्जेल मन मस्तिष्कमा अनेक प्रश्नहरुले डेरा जमाइ नै रह्यो । आखिर किन मानिस यति धेरै निर्दयी भएका होलान् । मानवता खोइ त ?

दुर्घटनामा घाइते भएका  व्यक्तिलाई सहयोग गर्न किन डराउँछन् सर्वसाधारण !

 मैले जान्न चाँहे आखिर किन मानवता हराइरहेको छ मानिसहरुबाट । किन डराउँछन् ? सर्वसाधारण सवारी दुर्घटनामा परि घाइते भएका व्यक्तिलाई सहयोग गर्न । कुरा बुझ्दा यस्तो रहेछ ।

किन प्रहरीको फन्दामा पर्ने, चौकी धाउने ,भन्ने पिरले मानिसहरु टाढिएका रहेछन् । नागरिक समक्ष गलत भ्रमका कारण समयमा उपचार पाए बाँच्ने व्यक्ति मुत्यू अँगाल्नु परिरहेको छ ।

यसबारे महानगरिय प्रहरी बृत्त थानकोटका प्रमुख डि।एस।पि। कृष्ण पंगेनी संग कुरा गर्दा उहाँले नागरीकमा चेतनाको कमिले गर्दा र गलत भ्रममा परेको कारण कर्तव्य विमुख भईरहेको प्रष्टाउनु भयो ।

प्रहरिले बिनाकारण हैरानी  दिने , सहयोग गर्नैलाई बार बार सोधपुछको लागी भनेर दुःख दिने गरेकोले चाहेर पनि सहयोग गर्न नसकेको कुरा सर्वसाधरणको छ । यही कुरा हामिले डि।एस।पि पंगेनीलाई राखेका थियौं । 

यसबारे भन्दै डि।एस।पि पंगेनी   “यो नागरिकको नकारात्मक सोचाई हो ।नागरीक नै कर्तव्य विमुख भयो भने सहयोग कहाँबाट आँउछ । नागरिक पनि बिना बर्दिको प्रहरी हुन् । सर्वसाधारण नागरिकको सहकार्यमा प्रहरीले आफ्नो कार्य पुरा गर्न सक्ने हुँदा अत्यआवश्यक भएबो बेला मात्र बोलाउने गरेको प्रष्ट पार्नू भयो । र यसलाई झन्झटको पाटोको रुपमा नहेर्न सर्वसाधरणलाई आग्रह समेत गर्नु भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!