कुश्मा नगरको समृद्धिका लागि ने.क.पा. (एमाले) को यस्तो छ प्रतिवद्धता–पत्र

Posted on: 05 May, 2017

 आदरणीय नगरवासी बुवाआमा, दाजुभाई तथा दिदीबहिनीहरु !

        नेपालको संविधानले नेपाली जनतालाई आफ्नो शासन आँफै गर्ने सार्बभौमसत्ता सम्पन्न बनाएको छ । सिंहदरबारमा केन्द्रित कानून बनाउने अधिकार (विधायन) र कार्यान्वयन गर्ने अधिकार (कार्यकारिणी) जनता आँफैसँग आएको छ । यो  संबैधानिक अधिकारलाई नेपाली जनताले स्थानीय तहको निर्बाचनमा आफ्नो अमूल्य मत ब्यक्त गरी आफ्ना प्रतिनीधिहरु मार्फत प्रत्यक्ष रुपमा अभ्यास गर्दैछन् । नेपाली जनता शासन प्रकृयामा सहभागी भएको प्रत्यक्ष अनुभूती हुने पहिलो अबसर आसन्न स्थानीय तहको निवार्चन हो । यो ऐतिहासिक अवसरमा जनताले सुझबुझपूर्ण ढंगले समाजको अग्रगामी परिवर्तनको बाहक, सही बिचार र सिद्धान्तको पक्षधर एवं जनतालाई देशको मालिक बनाउने प्रकृयामा अग्रणी भूमिका निर्वाह गरेको पार्टी वा ब्यक्तिप्रति आफ्नो मत अभिब्यक्त गर्नु नितान्त बाञ्छनीय हुन्छ ।

        आन्तरिक तथा बाह्य क्षेत्रबाट संविधान जारी नगर्नका लागि परेको दबाबका बाबजुद नेकपा (एमाले) ले नेपालको संविधान जारी गर्न खेलेको अग्रणी एवं निर्णायक भूभिका आम नेपाली सचेत जनसमुदायलाई थाहा भएकै तथ्य हो । नेपाली जनतालाई प्रत्यक्ष रुपमा देशको शासन प्रकृयामा सहभागी गराउँदै स्थानीय तहलाई स्वायत्त, स्वसासित एवं अधिकार सम्पन्न बनाउन छिटो भन्दा छिटो स्थानीय तहको निर्वाचन गर्नुपर्छ भन्ने ठहर गरी नेकपा (एमाले) ले खेलेको दबाबमूलक भूमिकाका कारण आसन्न स्थानीय निर्बाचनको घोषणा भएको यथार्थता न्यायप्रेमी जनसमुदाय समक्ष स्पष्ट छ । आगामी स्थानीय तहको निर्वाचन मार्फत नेपाली जनतालाई सार्बभौसत्ता सम्पन्न, स्थानीय तहलाई स्वायत्तता, स्थानीय स्वसासनको प्रत्याभूति दिने गरी नेकपा (एमाले) ले देशब्यापीरुपमा स्थानीय तह निर्वाचन घोषणा–पत्र मार्फत आफ्नो बिचार, दृष्टिकोण र कार्ययोजना जारी गरी सकेको छ ।

        आसन्न स्थानीय निर्वाचनमा आदरणीय न्यायप्रेमी जनसमुदायले सचेतनतापूर्वक आफ्नो अमूल्य मत प्रदान गरी नेकपा (एमाले) का उम्मेदवारहरुलाई विजयी गराउन हार्दिक आग्रह गर्दछौं । नेकपा (एमाले) का उम्मेदवारलाई बिजय गराएर कुश्मा नगरपालिकाको नेतृत्व गर्ने अवसर उपलब्ध भएमा नेकपा (एमाले) ले जारी गरेको स्थानीय तह निर्वाचनको केन्द्रिय घोषणा–पत्र २०७४ को अधिनमा रही यस नगर क्षेत्रको स्थानीय आवश्यकता, विशिष्टता, जनचाहना र बस्तुगत परिस्थितिलाई छुट्टै पहिचान गरी निम्न उल्लेखित कार्यहरु आगामी पाँच बर्षभित्र प्राथमिकताका आधारमा सम्पन्न गर्ने र ‘स्थानीय तहको निर्वाचन, जनताको स्वशासन’ भन्ने नाराको मूल मर्मलाई स्थापित गर्ने प्रतिबद्धता ब्यक्त गर्दछौं ।

आगामी ५ वर्ष भित्र हामी गर्नेछौं ः–

·        प्रथमतः तपशिलमा उल्लेखित योजना लगायत नगरक्षेत्रभित्रका सम्भावना र उपलब्ध अवसर सम्बन्धमा व्यापक जनसहभागितामा वीज्ञहरुसँग छलफल र अन्तरक्रिया गरी प्राप्त निष्कर्षका आधारमा श्रोतनक्सा बनाई प्राथमिकता तोकी आवधिक रुपमा कार्यान्वयन गर्दै जाने व्यवस्था मिलाइनेछ ।

१.     भौतिक पूर्वाधार ः

·        आगामी ५ वर्षभित्र ‘नगर कार्यालयदेखि वडा कार्यालयसम्म पीच सडक’ सडक निर्माण गरिनेछ  ।

·        ‘एक वडा एक रिङरोड’को अवधारणा विकास गरी प्रत्येक वडामा शाखा, प्रशाखा सडकहरुमार्फत वडा कार्यालयलाई जोडिनेछ ।

·        कुश्माको व्यापार व्यवसाय प्रवद्र्धनका लागि कुश्मा–कल्लेरी सडक निर्माण एवं कालोपत्रे गरी कल्लेरी कैया–मोटरेवल पुल निर्माण गरिनेछ ।


·        कुश्मा–ज्ञादीलाई एकीकृत उपत्यकाको रुपमा विकास गर्न छोटो दुरीमा कुश्मा–ज्ञादी मोटरेवल पुल निर्माण  गरिनेछ  ।

·        धार्मिक एवं पर्यटकीय क्षेत्र मोदीवेणी दिव्यधामको विकासमा टेवा पु¥याउने उद्देश्यले कुश्मा–मोदीवेणी सडक स्तरोन्नति गरी कालोपत्रे गरिनेछ ।

·        डिटेल सर्भे सम्पन्न भइसकेको खरेहा–अधिकारीफाँट अग्लो तथा लामो झोलुङ्गे पुल आगामी २ वर्ष भित्र सम्पन्न गरिनेछ ।

·        प्रस्तावित पाङ–बागलुङ अग्लो तथा लामो झोलुङ्गे पुल आगामी २ वर्षभित्र सम्पन्न गरिनेछ ।

·        छमर्के खुर्काेट पाङ् नुवार हुँदै दमुवा खोला जो्डने सडकलाई स्तरोन्नति एवं कालोपत्रे गरी बैकल्पिक कुश्मा–बेनी सडकको रुपमा विकास गरिनेछ ।

·        दोविल्लादेखि मल्याङ्दीसम्म र कुश्मादेखि पाङसम्मको क्षेत्रमा औधोगिक सम्भावना रहेकाले यी दुवै सडकलाई औद्योगिक करिडोरको रुपमा विकास गरिनेछ  ।

·        कुश्मादेखि कटुवा–पिपलटारी–ठूलीपोखरी–खौला–आर्थर हुँदै पञ्चासे जोड्ने पर्यटकीय सडक निर्माण गरिनेछ । साथै आर्थरबाट गंगटे, पकुवा, दोविल्लासम्मको सडकलाई  रिङरोडको रुपमा विकास गरी कालोपत्रे गरिनेछ ।

·        त्यसैगरी कुश्मादेखि दुर्लुङ अम्बोट चनौटे खुर्कोट, पाङ, मालढुङ्गा जोड्ने सडकलाई रिङ रोडको रुपमा विकास गरी कालोपत्रे गरिनेछ  ।

·        कुश्माबजारको रिङरोडलाई पूर्णता दिँदै बजार क्षेत्रका सबै सडकहरु कालोपत्रे गरिनेछ  ।

·        नगरपालिकाभित्र खनिएका सम्पूर्ण सडकहरुलाई नाली सहित व्यवस्थित गरिनेछ र ग्राभेलिङ भएका सडकलाई कालोपत्रे गरिनेछ ।

·        नगर क्षेत्र भित्र सुविधा सम्पन्न सिटी हल निर्माण गरिनेछ ।

·        कुश्माबजारमा रहेको वसपार्कलाई व्यवस्थित तथा स्तरोन्नति गरिनेछ ।

·        सबै पर्यटकीय क्षेत्रमा सार्वजनिक धारा तथा शौचालय निर्माण गरिनेछ ।

·        सामाजिक परम्परा अनुसारका कार्य गर्नका लागि नगरभित्र ‘एक टोल–एक  सामुदायिक भवन’ निर्माण गरिनेछ ।


·        नगर क्षेत्रको सरसफाई र फोहोर व्यवस्थापनका लागि उपर्युक्त ल्याण्डफिल्ड साइडको व्यवस्थापन गरिनेछ  ।

·        सार्वजनिक जग्गा संरक्षण अभियान अन्तर्गत नगर क्षेत्रभित्रका सार्वजनिक जग्गाहरुको लगत संकलन गरी समुचित उपयोग गर्ने नीति तर्जुमा गरिनेछ ।


२. पर्यटन ः

·        कालीगण्डकीको जलयात्रा (¥याफ्टीङ) लाई पर्यटन उद्योगको रुपमा विकास एवं व्यवस्थित गर्न निजी क्षेत्रको सहकार्यमा नयाँपुल, मोदीवेणी लगायत आवश्यक स्थानमा पूर्वाधारहरु       (वेटिङ रुम, चेन्जिङ रुम, वाथरुम, ट्वाइलेट) निर्माण गर्दै नदीमा देखिएका समस्याहरु निराकरण गरी ¥याफ्टीङ मैत्री नदी बनाइनेछ ।

·        कुश्माको माझमुटुमा रहेको कुश्माकालिका मन्दिर परिसरमा पार्क तथा पर्यटकमैत्री भ्यू टावर निर्माण गरिनेछ ।

·        प्रसिद्ध तथा ऐतिहासिक गुप्तेश्वर गुफा प्रवद्र्धनका लागि दीर्घकालीन योजना तर्जुमा गरी राजमार्गबाट गुप्तेश्वर गुफासम्म पिच सडक एवं वृद्धवृद्धामैत्री बाटो निर्माण    गरिनेछ  ।

·        पवित्र कालीगण्डकी नदी प्रदुषित हुँदै गएकोले विशेष दीर्घकालीन योजना अघि सारी ‘पर्यटकमैत्री नदी’को रुपमा विकास गर्दै धार्मिक तथा पर्यटकीय नदीको रुपमा विकास गराउन दीर्घकालीन कार्ययोजना अघि सारी काम थालनी गरिनेछ  ।

·        प्याराग्लाइडिङ, अल्ट्रालाइट, रक क्लाइमिङ, स्वीङ, बञ्जी लगायतका साहसिक खेल भित्र्याउन तथा तिनको दीगोपनाका लागि दीर्घकालीन योजना बनाई व्यावसायीहरुसँग हातेमालो गरिनेछ । सम्बन्धित क्षेत्रका विज्ञसँगको परामर्शमा प्याकेज बनाई सहयोग उपलब्ध गराइनेछ ।

·        नगरभित्र रहेका गुप्तेश्वर, अलपेश्वर, लालेश्वर, पार्वती, भुवनेश्वरी गुफा लगायतका गुफाहरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका लागि आवश्यक भौतिक संरचना निर्माण  गरी व्यापक प्रचारप्रसार गरिनेछ ।

·        ऐतिहासिक ‘दुर्लुङकोट’, ‘खौलाकोट’, ‘बाटुलेचौर’, ‘डाँडाखर्क गुम्वा’ र ‘ठूलीपोखरी’को संरक्षण एवं विकासका लागि ठोस कार्यक्रम ल्याइनेछ ।

·        स्थानीयस्तरमा पहिचानको रुपमा रहेका अर्थात् साविकका गाविसहरुमा रहेका धार्मिक तथा पर्यटकीय महत्व बोकेका मठमन्दिर, देवालय, शिवालय, गुम्वा, ठाँटी, पौवा, मस्तिज लगायत अन्य ऐतिहासिक स्थलहरुको संरक्षण र विकास गरिनेछ ।

·        नेपालकै अग्ला र लामा पुल रहेको वडागाउँमा पिसपार्क निर्माण गरिनेछ । साथै दुर्लुङकोट, बाटुलेचौर, गुप्तेश्वर गुफा परिसर, अलपेश्वर गुफा परिसरमा व्यवस्थित पार्कहरुको निर्माण गरिनेछ ।

·        कुश्मा नगरको सबै भाग वा अधिकांश भाग अबलोकन गर्न सकिने स्थानको पहिचान गरी ठूलीपोखरीको बाटुलचौर र दुर्लुङको दुर्लुङकोटमा नगर भ्यू टावरको निर्माण गरिनेछ ।

·        आन्तरिक तथा वाह्य पर्यटकहरुलाई जिल्लाभित्रका पर्यटनसम्बन्धी सूचनाहरु उपलब्ध गराउन नगरक्षेत्रभित्र पर्यटन सूचना केन्द्र स्थापना गरिनेछ ।

३. खानेपानीः

·        कुश्मा नगर क्षेत्रका सबै वडाका सबै घरधुरीमा ‘एक घर एक धारा’ अभियानका साथ स्वच्छ खानेपानी उपलब्ध गराइनेछ ।

४. शिक्षा ः

·        नगरभित्र आवश्यकता अनुसार स्तातक तहसम्म अध्ययन गर्ने क्याम्पस स्थापना गरिनेछ ।

·        ज्योतिष बिद्यामा प्रसिद्ध रहेको पाङ क्षेत्रमा ज्योतिष शास्त्र अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गरिनेछ ।

·        पर्वत जिल्लाभित्र हालसम्म स्नातकोत्तर तहसम्मको अध्ययन गर्ने क्याम्पस नभएकोले नगरभित्र स्नातकोत्तर तहसम्मको क्याम्पस संचालनका लागि व्यवस्था मिलाइनेछ ।

·        जिल्लाभित्र हालसम्म स्वास्थ्य क्षेत्रसँग सम्बन्धित नर्सिङ, एचए, सिएमए जस्ता प्राविधिक शिक्षा अध्ययनको लागि शिक्षालय नभएकोले सम्बन्धित निकायमा पहल गरी सो स्थापनाका योजनागत रुपमा कार्य गरिनेछ ।

·        नगर क्षेत्रभित्र सामुदायिक विद्यालयका आधारभूत तह (कक्षा १–८ सम्म) अनिवार्य अंग्रेजी माध्यमबाट पठनपाठन संचालन गरिनेछ ।

·        ठूलीपोखरी लगायत नगरका अन्य क्षेत्रमा कृषि क्याम्पस सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गरिनेछ ।

·        हरेक टोलमा बाल बिकास केन्द्र स्थापना गरी आवश्यकता अनुसार वालउद्यान निर्माण गरिनेछ ।

·        ‘एक विद्यालय एक पुस्तकालय’को अवधारणा अन्तर्गत सबै विद्यालयहरुमा पुस्तकालय स्थापना गरिनेछ र भएकालाई थप व्यवस्थित गराइनेछ ।

·        सबै बिद्यालयहरुको भौतिक संरचना अपांग मैत्री बनाई अपांगता भएका ब्यक्तिहरुलाई उच्च शिक्षासम्म निःशुल्क अध्ययन गर्ने ब्यबस्था मिलाउनेछ ।

·        बिद्यालयहरुमा बालमैत्रीपूर्ण शैक्षिक बातावरण निर्माण   गरिनेछ ।

५.     स्वास्थ्य ः

·        कुश्मानगरमा ५० शैयाको सुविधासम्पन्न अस्पताल निर्माण गरिनेछ ।


·        हरेक वडाका स्वास्थ्य केन्द्रहरुलाई स्तरोन्नति गरी व्यवस्थित गरिनेछ ।

·        मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने मिसावटयुक्त खाद्य सामग्री, अखाद्य वस्तु तथा अन्य उपभोग्य सामग्रीहरु विक्री–वितरण तथा उपभोग रोकथामका लागि अनुगमन, नियमन गर्ने एक अधिकारसम्पन्न समिति निर्माण गरिनेछ ।

६. कृषि तथा पशुपालन ः

    कुश्मा नगरपालिकाको कूल क्षेत्रफल ८४१२ हेक्टर जमिन मध्ये खेत २५२५ हेक्टर, वारी २२१३ हेक्टर, वनजंगल २५१७ हेक्टर र बाँझो, भिर, खर तथा घर गरी ३६८ हेक्टर रहेको छ । 

·        नगरक्षेत्रभित्र कटुवाचौपारी, चुवा, पकुवा, पिपलटारी, खुर्कोट क्षेत्रमा व्यवसायिक तरकारी खेती गर्न सकिन्छ भने पाङ खुर्कोट र ज्ञादीको फाँटलाई अन्नको भण्डारको रुपमा विकास गर्न सकिन्छ ।

·        ठूलीपोखरी, खौला, पिपलटारी, दुर्लुङ, आर्थर, पकुवा क्षेत्रलाई बाख्रा, कुखुरा पालन तथा लप्सी उत्पादन पकेट क्षेत्र एवं आर्थर, दुर्लुङ, खुर्कोटलाई सुन्तला उत्पादन क्षेत्रको रुपमा विकास गर्न सकिन्छ ।

·        पिपलटारी, खौला, ठूलीपोखरीलाई कफी तथा अलैंची उत्पादन क्षेत्रको रुपमा समेत विकास गर्न सकिन्छ ।

·        खेतीयोग्य जमिनलाई बाँझो राखी अनुत्पादक बनाउने प्रवृत्तिलाई हत्तोत्साही गर्न जग्गा बाँझो राख्ने जग्गा धनीलाई अतिरिक्त कर लगाइनेछ ।

·        पर्वत लप्सी जिल्लाको रुपमा विकास भएको र कफीको समेत सम्भावना उत्तिकै रहेकोले लप्सी तथा कफी पकेट क्षेत्र घोषणा गरी लप्सी तथा कफी प्रशोधन केन्द्र स्थापना गरिनेछ ।

·        जिल्लाभित्र उत्पादन भएका तरकारी तथा फलफूलजन्य सामग्रीहरु स्टोरका लागि कोल्ड स्टोर निर्माण गरिनेछ ।

·        कृषकहरुको दूध उत्पादन तथा बजारीकरणको सुनिश्चितता गर्न दूध चिस्यान केन्द्र स्थापना गरिनेछ ।

·        कृषिजन्य उत्पादनको बजारीकरणका लागि नगरपालिकाको मातहतमा रहने गरी कृषि उपज संकलन तथा विक्री केन्द्र स्थापना गरिनेछ ।

·        उपभोक्ताहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै नगर क्षेत्रभित्रको उपयुक्त स्थानमा आधुनिक ब्यबस्थित पशु वधशाला निर्माण गरिनेछ ।

·        कृषकको उत्पादनलाई नगरपालिकाको व्यवस्थापनमा खरिद गरी विक्री गर्ने व्यवस्था मिलाइनेछ । उत्पादित वस्तु विक्री गर्न नसके नगरपालिकाले कृषकलाई उचित क्षतिपुर्ति दिने व्यवस्था मिलाउनेछ ।

·        कृषकहरुलाई कृषि सामग्री, विउविजन तथा विषादी सुपथ मूल्यमा उपलब्ध गराउन ‘कृषक अनुदान नीति’ अख्तियार गरिनेछ ।

·        नेपाल सरकारले अबलम्बन गरेको एक गाऊँ एक उत्पादनको निती अनुसार हरेक गाऊँलाई एक कृषि उत्पादनको पकेट क्षेत्र घोषणा गरी आबश्यक अनुदान तथा प्रबिधि उपलब्ध गराउनेछ ।

·        कृषकहरुलाई पेन्सन दिने नेपाल सरकारको कार्यक्रमलाई कुश्मा नगरक्षेत्रभित्र विशेष प्राथमिकताका साथ लागू गरिनेछ ।

·        पशु तथा वाली विमा कार्यक्रमलाई कृषकहरुसम्म पु¥याएर कृषिकर्मतर्फ अभिप्रेरित गरिनेछ ।

७. संचार ः

·        नगर क्षेत्रभित्र संचालित सञ्चार माध्यमहरु तथा संचारकर्मीहरुको क्षमता अभिवृद्धि, विकास र दीगोपनाका लागि पत्रकार महासंघको समन्वयमा आबश्यक नीति निर्माण मार्फत संचार माध्यम र नागरिक सम्बन्धलाई निकट बनाइनेछ ।

·        नगरपालिकाको बजेट तथा कार्यक्रममा संचारक्षेत्रको दीर्घकालीन सवलीकरणका अनुदान नीति अख्तियार गरिनेछ ।

·        नगरक्षेत्रभित्र एक सुविधासम्पन्न विद्युतीय पुस्तकालय तथा वाचनालय र नगर सूचना एवं श्रोतकेन्द्र स्थापना गरिनेछ ।

·        नगरक्षेत्रभित्र ल्याण्ड लाइन फोनको विस्तार एवं सहज इन्टरनेट पहुँच स्थापित गरिनेछ  ।

८. खेलकुद ः

·        वडागाउँमा रहेको खेलकुद मैदानलाई व्यवस्थित बनाउने र नगर क्षेत्र भित्र प्रदेशस्तरीय खेलमैदानको लागि ज्ञादी, कुश्मा र पाङमा सम्भाव्यता अध्ययन गरी आधुनिक रंगशालाको निर्माण गरिनेछ ।

९. सिंचाई ः

·        कालीगण्डकी नदीबाट लिफ्ट सिंचाई प्रणालीमार्फत पाङ खुर्कोटको खेतीयोग्य जमिनलाई सिंचाई गरी कृषकहरुलाई आत्मनिर्भर बनाइनेछ ।

·        मल्याङ्दी खोलाबाट कटुवाचौपारी क्षेत्रमा भइरहेको सिंचाईलाई थप व्यवस्थित गराइनेछ ।

·        स्थानीय खोला, खोल्सामा रहेका ठूला योजना तथा कुला कुलेसाहरुलाई वडास्तरीय योजनाबाट समावेश गरी नगरपालिकाका सबै क्षेत्रमा सिंचाई सुविधा उपलब्ध गराई कृषकहरुलाई वर्षमा ३ खेती गर्न सक्ने वातावरण निर्माण गरिनेछ ।

१०. धर्म संस्कृति ः

·        आदिवासी, जनजाति, मुस्लिम, कुमाल, माझी लगायतका समुदायको भाषा, संस्कृति संरक्षणका लागि विशेष कार्यक्रम ल्याइनेछ ।

·        नगरक्षेत्रभित्रका विभिन्न जानजाति र समुदायमा परम्परादेखि प्रचलित संस्कृति एवं सामाजिक मूल्य मान्यताहरुको संस्थागत रुपमा संरक्षण   गरिनेछ । साथै पञ्चेबाजा, धिमेबाजाको संरक्षण गरिनेछ ।

११. सामाजिक सुरक्षा ः

·        नगरक्षेत्रभित्र घरपरिवारबाट अलग्गिएका, जोखिमपूर्ण श्रममा परेका, अभिभावक विहीन अनाथ तथा असहाय बालबालिकाहरुका लागि एउटा वाल गृह संचालन गरिनेछ ।

·        हिंसापीडित महिलाहरुको लागि तत्काल राहात तथा अन्तरिम संरक्षण गर्नका लागि निर्माणाधीन सुरक्षित घर (सेफ हाउस) निर्माण सम्पन्न गरी संचालन गरिनेछ ।

·        स्थानीय सेवा आयोग मार्फत महिला, दलित, जनजाति, अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई योग्यता, क्षमताका आधारमा समानुपातिक रुपमा रोजगारीको प्रत्याभूति गरिनेछ ।

·        सिमान्तकृत बोटे, सुकुम्वासी तथा भूमिहीनहरुको लागि विशेष कार्यक्रम ल्याइनेछ । घरवार विहीनहरुका लागि नेपाल सरकारको जनता आवास कार्यक्रमलाई नगर क्षेत्रभित्र उच्च प्राथमिकता साथ लागू गरिनेछ ।

·        पवित्र धार्मिक स्थल मोदीवेणी दिव्यधाममा सुविधासम्पन्न वृद्धाश्रम निर्माण अभियानलाई पारदर्शी ढंगबाट तीव्र पारिनेछ ।

·        नगरक्षेत्रभित्रका अपांगता भएका व्यक्तिहरुका लागि स्वरोजगारमूलक एवं सीपमूलक तालिम प्रदान गरी उनीहरुलाई आत्मनिर्भर बनाई सामुदायिक पुनस्र्थापना    गरिनेछ ।

·        समाजमा रहेका अपाङ्गता भएका व्यक्तिहरु, जेष्ठ नागरिक एवं एकल महिलाप्रति हुने अपमानजनक व्यवहार र विभेदको अन्त्य गरिनेछ ।

१२. उद्योग व्यवसाय ः

·        निजी क्षेत्रको लगानीमा सञ्चालित कुश्मा बलेवा यान्त्रिक पुल र निमार्णधिन एशियाको अग्लो बञ्जी जम्पको संरक्षण र सम्बद्र्धन गर्न आबश्यक नीति निर्माण गरी यस्ता अन्य क्षेत्रहरुको पहिचान गर्दै थप लगानी गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ ।

·        बजार व्यवस्थापन एवं उद्योग व्यवसाय प्रवद्र्धनका लागि निजी क्षेत्र, पर्वत उद्योग वाणिज्य संघ तथा घरेलु तथा साना उद्योग महासंघ पर्वत लगायतका संस्थाहरुसँग समन्वय गरी साझा कार्यक्रमहरु तय गरिनेछ ।

·        सहकारी तथा कम्पनीको माध्यमबाट सामुहिक बाख्रापालन, गाई, भैंसी पालन, कुखुरा पालन र व्यवसायिक तरकारी खेतीतर्फ बेरोजगार युवाहरुलाई आकर्षित गरी कुश्मा नगर क्षेत्रलाई आगामी ५ वर्षभित्र दूध, मासु र तरकारीमा आत्मनिर्भर बनाइनेछ ।

·        नगरपालिकाको आम्दानी र स्वरोजगारी निर्माणका लागि लप्सी, लप्सीजन्य परिकार, अलैंची, कफी, अमृसो जस्ता उत्पादनहरुको निर्यातजन्य उद्योगहरु स्थापना गरिनेछ । यस्ता उद्योग संचालन गर्न वाह्य लगानी भित्र्याउन आवश्यक कानून र नियमको तर्जुमा गरिनेछ ।

१३. विद्युत ः

·        कुश्मा नगर क्षेत्रभित्र पर्ने कालीगण्डकीमा जलविद्युत उत्पादनका लागि सम्भाव्यता अध्ययन भइसकेकोले सोका लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोगको वातावरण मिलाइनेछ ।

·        नगर क्षेत्रभित्रका सबै टोलमा ‘थ्रीफेज विद्युत, फलामे पोल’ अभियानका रुपमा लागू गरिनेछ ।

·        नगर क्षेत्रभित्र रहेका अव्यवस्थित विद्युतीय प्रसारण लाइन तथा पोलहरुलाई स्थानीयहरुको रोहवरमा थप व्यवस्थित गराइनेछ ।

 

१४. वन तथा वातावरण ः

·        कुश्मा नगर क्षेत्रको मध्य भागमा रहेको रिठे खोलादेखि अम्बोटसम्मको करीब ५ किलोमिटर जंगल, पर्यटकीय स्थल पञ्चासे क्षेत्रको जंगल र एकोहोरेको जंगल जैविक विविधता, वातावरण एवं जडीबुटी संरक्षणका लागि महत्वपूर्ण रहेकोले सा.व.उ.स. लगायत अन्य सरोकारवालासँगको सहकार्यमा विशेष नगर वन क्षेत्रको रुपमा विकास गर्दै पर्यापर्यटनको प्रबद्र्धन गरिनेछ ।

१५. कला साहित्य ः

·        साहित्य, कला र संस्कृतिको जगेर्ना गर्न नेवार, गुरुङ, मगर लगायतका समुदायमा प्रचलित लाखेनाच, रोदी, घाटु नाच, देवी नाच,भजनकीर्तनको संरक्षण गर्न उचित बजेटको व्यवस्था गरिनेछ ।

·        आवधिक रुपमा साहित्यिक सम्मेलनको आयोजना गरिनेछ ।

१६. कानून, नियम, नीति निर्माण तथा न्याय सम्पादन  ः

·        नगरसभाले कानून निर्माण गर्दा हरेक वडाहरुका सबै समुदाय र वर्गका मानिसहरुको भेलाबाट आएको राय सुझावका आधारमा गरिनेछ ।

·        समुदाय तहमा हुने बिबाद, कलझगडा र मुद्दा मामिलाका सम्बन्धमा बिबादको स्थायी रुपले समाधानका लागि सामुदायिक मेलमिलापको नीति अवलम्बन गरीनेछ ।

·        प्रचलित कानुन र ब्यबहारिकतालाई मध्यनजर गरी जनचाहना अनुसार बास्तविक न्याय प्रदान गरिनेछ ।

१७. नगर प्रहरी  ः

·        नगर क्षेत्रको आवश्यक सुरक्षार्थ ‘नगर प्रहरी संगठन’ निर्माण गरिनेछ ।

·        योग्यता, क्षमताका आधारमा सबै जातजाति, समुदाय र लिंगबाट समानुपातिक, समावेशीकरणका आधारमा नगर प्रहरीको गठन गरिनेछ ।

·        नगर प्रहरीको पहुँच सबै वडाहरुमा पुर्याइनेछ ।

·        नगर प्रहरीको सेवा र सुविधा तोकिए बमोजिम हुनेछ ।

१८. विविध ः

·        माटाका भाँडा बनाउने, काठका ठेका कुँद्ने जस्ता लोपोन्मुख प्रविधिहरुको संरक्षण र सम्वद्र्धन गरिनेछ ।

·        बढ्दो बेरोजगारीका कारण युवाहरुको वैदेशिक पलायनलाई रोक्ने उद्देश्यले बेरोजगार युवाहरुलाई आप्mनो घरगाउँमा वस्न प्रेरित गर्दै उनीहरुलाई सीपमूलक प्राविधिक तालिमहरु दिई व्यवसायिक कार्ययोजनाको आधारमा निव्र्याजे ऋण, सहुलियत ऋण, अनुदान उपलब्ध गराई स्वरोजगारीको सिर्जना गरिनेछ ।

·        नगर क्षेत्रभित्र सहज आवागमनका लागि यातायात व्यवसायीहरुसँग समन्वय गरी वाह्रै महिना यातायात सुचारु गर्नका लागि नगर वस संचालन गरिनेछ ।

·        दलित, महिलाको सशक्तीकरणका लागि अभियान संचालन गरिनेछ ।

·        कुश्मा नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन देशबाहिरका प्रमुख शहरहरुमा भगिनी सम्बन्ध कायम गरी विभिन्न मोडेलमा सहयोग आदानप्रदान गरिनेछ ।

·        विश्वका ख्यातिप्राप्त शहरहरुको विकासको अवधारणा अनुसार कुश्मा नगरपालिकाको विकास अगाडि बढाउने नीति अख्तियार गरिनेछ ।

१९. नगर आम्दानीको श्रोत ः

·        नेपाल सरकारबाट प्राप्त अनुदान ।

·        स्थानीय कलकारखाना, उद्योगधन्दाबाट प्राप्त शुल्क ।

·        सेवा शुल्क ।

·        कालीगण्डकी, मोदी नथा स्थानीय खोलानालाको ढुगा, गिटी, बालुवाबाट प्राप्त शुल्क ।

·        कानून बमोजिमको सम्पत्ति कर ।

·        मालपोत ।

·        विद्युत रोयल्टी ।

·        मनोरञ्जन तथा पर्यटन शुल्क ।

·        दर्ता तथा नविकरण शुल्क ।

·        निर्यातजन्य उद्योगबाट प्राप्त शुल्क ।

·        राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट प्राप्त अनुदान ।

·        अन्य ।

उपरोक्त शुल्क तथा कर निर्धारण गर्दा आम जनभावना अनुसार उद्योग व्यवसायलाई प्रतिकूल असर नगर्ने र संरक्षण गर्ने नीति अबलम्वन गरी निर्धारण गरिनेछ ।

२०. दुरदृष्टि ः

·        मोदीको डिमुवादेखि पोखराको पामेसम्म सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययनका लागि प्रदेश तथा केन्द्र सरकारसँग पहल गरिनेछ ।

·        नगरपालिका भित्रको खेतीयोग्य जमिनलाई संरक्षण गर्दै व्यवस्थित बस्ती विकास गरी शहरीकरण गरिनेछ ।

·        नगरपालिकालाई सेवापालिकाको रुपमा विकास गरी स्थानीय सरकारसँग सर्वसाधारणको सम्बन्धलाई गाढा बनाइनेछ ।

·        यस नगरपालिकाभित्र पर्ने मोदीवेणीमाथि दुईवटा पुल बनिसकेकोले सो क्षेत्रको पर्यटकीय महत्व अझ वृद्धिका लागि  ‘वृजरिङ निर्माण’ गर्न मुडिकुवा–कैया पुलको समेत निर्माणका लागि छिमेकी नरपालिकाहरुसँग सहकार्य गरिनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!