माओवादी केन्द्र विहादी गाउपालीकाका प्रमुख पदका उम्मेदवार कृष्ण शर्माको चुनावी प्रतिबद्दता पत्र

Posted on: 07 May, 2017 | views: 1019

Image may contain: 1 person, standingआदरणिय न्याय प्रेमी जनसमुदायहरु

            हाम्रो देश नेपालमा जरा गाडेर बसेको सामन्ती जहानिया शासन प्रणालीको अन्त्यका लागी विभिन्न समयमा आन्दोलन हुदै आए । मुख्यत दश बर्षे शसस्त्र जनयुद्घ उन्नाइस दिने जनआन्दोलनको बलमा जहानिया सासन, संवैधानिक भनिएको राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रीक गणतन्त्र स्थापना गर्न सफल भएका छौं । न्यायको आवाज बुलन्द गर्दै उठेका महिला, दलित, जनजाति र उत्पिडित क्षेत्रका आन्दोलनहरुको नेतृत्व गर्दै माओवादि पार्टिले गणतन्त्र, समानुपातिक समावेशी, धर्म निरपक्षता, सामाजिक न्याय र राज्य पुर्नसंरचनाका प्रस्ताव अगाडी सा¥यो र आज यी सबै प्रस्तावहरु राष्ट्रको मुलधार बन्न पुगे संविधान सभाबाट जनताका अधिकतम अधिकारहरु संविधानमा संस्थागत भएका छन् । यस ऐतिहासिक उपलब्धीका लागि प्राण उत्सर्ग गर्ने सम्पुर्ण विर सहिदहरु, वेपत्ताहरु, घाइतेअपाङ्गहरु सम्पुर्णमा सम्मान प्रकट गर्दै वर्ग संघर्षमा निरन्तर लागिरहने योद्घाहरु, समर्थक शुभ चिन्तक न्याय प्रेमी जनसमुदायहरुमा जोशिलो अभिनन्दन ज्ञापन गर्दछौ । 


माओवादिको उपहार गाउँ नगरमा सिंहदरवार 

   पूर्ण जनवादी संविधान बन्न नसकेता पनि लोकतान्त्रीक व्यवस्था भएका विश्वका अन्य मुलुकहरुमा भन्दा अग्रगामी संविधान निर्माण एवं राज्य पुर्नसंरचना गरी सिंहदरवारमा रहेका २२ वटा अधिकारहरु गाउँपालीका बाट जनताले सेवा लिने मात्र नभै जनताबाट चुनिएका प्रतिनिधीले स्थानिए तहको सरकार संचालनको अधिकार प्राप्त गर्ने भएकाले हामी शहिदका सपना साकार पार्न सफल भएका छौ ।

संविधानको अनुसुची ८ मा उल्लेखित स्थानिय तहले प्रयोग गर्ने विषयगत अधिकारहरुको सुचि अनुसार — भुमिसुधार, कृषि, पशुसेवा, सिंचाई, जलश्रोत, वन, खनिज पदार्थ, उधोग, व्यापार, कर संकलन, बजेट तर्जुमा, यातायात, सुचना संचार, नगर तथा वस्ती विकास, खानेपानी, दैनिक प्रशासन, न्याय सेवा, शान्ती सुरक्षा, स्वास्थ्य , शिक्षा, भाषा संस्कृति, खेलकुदका क्षेत्र अधिकार तोकिएकाछन् । यि सबैलाई प्रभावशाली ढंगले संचालन एवं परिचालन गरी जनतालाई दैनिक सेवा सर्वशुलभ ढंगले दिइने छ ।

दश वर्षे जनयुद्दको बेला गाउँबस्तीका जनताहरुसंग माया गास्दै हामीले जनताको अधिकार गाउँगाउँमा सत्ता स्थापना गरी सेवा प्रवाह गर्ने प्रतिबद्दता गरेका थियौ सही मुताबिक वार्ड कार्यालय तथा गाउपालीकाको कार्यालय बाट २२ प्रकारका सिंहदरबारका अधिकारहरु जनता लाई सेवा प्रवाह गरीने भएकाले गाउगाउमा स्थानिय सरकार स्थापना हुदैछन् । बैशाख ३१ मा हुने निर्वाचनले स्थानिय तह सरकारको प्रतिनिधि छनौट गर्ने भएकाले सम्पूर्ण जनसमुदायमा हामी पुन अपील गर्दछौ कि अधिकारको सहि परीचालन र सेवा प्रवाह गर्न उच्च राजनितिक क्षमता, अग्रगामी विचार, विकास निर्माण प्रेमी, जनउत्तरदायी, इमान्दार र कर्मठ प्रतिनिधि छनौट गर्न सफल बनौ । 

      विहादी गाउँपालीका उत्तरमा बाच्छा खोला पाङ्गराङ्ग भोकसिङ, दक्षिणमा सेतिखोला स्याङजा, पूर्वमा गोल्र्याङधाम पैयुकोट र पश्चिममा कालिगण्डकी नदी (गुल्मी) ले घेरीएको १ बाच्छा, २ वर्राचौर, ३ रानीपानी, ४ वहाकी, ५ उरामपोखरा, ६ शालिग्राम वस्तीहरु समेटिएको मत संख्या ९१९० (२०७३ माध सम्मको) र जनसंख्या १३४०३ (२०६८ अनुसार) रहेको छ ।

राजनीतीक तथा सांगठनीक चिनारी

बाल्यकाल अवस्था देखीनै कम्युनिष्ट विचार बाट प्रभावित भइ राष्ट्रियता, जनतन्त्र र जन जिविकाको पक्षमा समर्पित हुदै अनेरास्ववीयु, वामपन्थी युवक मोर्चा, अखिल भारत नेपाली एकता समाज, अखील भारत नेपाली युवा संघ, वाईसिएल नेपाल, नेपाली जनाधिकार सुरक्षा समिति भारत, लगायतका भातृ संगठन हरुमा खुल्ला रुपले भुमिका निर्वाह गर्दै आएको र जिल्ला, क्षेत्र र केन्द्रीय स्तर सम्म का जिम्मेवारी सम्मको भुमिका निभाउदै भुमिगत रुपले पार्टीको जिम्मेवार पदमा रहेर काम गर्दै आउनु भएको, २०५८ साल देखी जिवन संगीनी क.सिता कुमारी शर्मा (विजुली¬) समेत पेसेवर रुपले काम गर्दै दुवै क्षेत्रिय ब्युरो सदस्य भई जिम्मेवारी पुरा गर्नु भएको थियो । दक्षिण भारत चेन्नैको सरकारी जागीर छोडी स–परीवार सशस्त्र जनयुद्दमा संलग्न भई नेपालका विभिन्न क्षेत्रमा जिम्मेवारी पुरा गर्दै आएका एक कर्मठ, इमान्दार, प्रतिबद्द, निष्ठावान, राजनितिक नेता क.कृष्ण प्रसाद शर्मा÷एम.कृष्ण (परिवर्तन¬¬) को चिनारी यस प्रकार छ ।

पर्वत जिल्ला विहादी गाउँपालीका ३ तथा साविक रानीपानी ६ आमडाडाँ निवासी श्री माधव प्रसाद पाध्या र श्रीमती ज्ञानधारा पाध्याका ५ छोरा ३ छोरी मध्ये ज्येष्ठ सुपुत्र श्री कृष्णप्रसाद शर्मा (क.परिवर्तन) को जन्म वि सं २०२४ साल असार ४ मा भएको थियो । सामान्य कृषि पेशामा आधारित ठुलो परिवारको सदस्य भएकोले समाज रुपान्तरणको चेतनाले प्रभावित भइ २०३४ सालतिर बाट अखिल विधार्थी समर्थक, रानीपानी प्रावि हुदै नेपालतारा माविमा एसएलसी सम्म अध्यन्,

  २०४२ सालमा रोजगारीको खोजीमा भारत प्रस्थान,

  २०४५ सालदेखी अखील भारत नेपाली एकता समाज मा आबद्द, 

  २०४६ सालको जनआन्दोलनमा सहभागी,             २०४६ सालको फाल्गुणमा नेकपा मशालको पार्टी सदस्यता, 

  २०४७ सेल सेक्रेटरी,     ०४८ मा एरीया सदस्य,      ०४९ मा नेकपा एकता केन्द्रको जिल्ला समिती सदस्य,     

  ०५२ नेकपा माओवादीको जिल्ला सचिवालय सदस्य,      ०५७ हेद्रवादमा मसाल समुहको आक्रमणमा परी घाइते,

  ०५८ क्षेत्रिय ब्यूरो सदस्य एवं पेशेवर कार्यकर्ता,          ०५९ फाल्गुणमा वर्ग संधर्ष को अग्रभागमा स्थानान्तरण, 

  ०६१ सालबाट विशेष क्षेत्रिय व्युरो अन्तर्गत सुचना संचार तथा सप्लाई विभागको इन्चार्ज, 

  ०६२ साल मंसीर १४ गते रुकुमको जिनावाङ गुरासे डाडामा हवाई आक्रमणमा परि घाइते, 

  ०६३ बाट पर्वत जिल्लामा स्थानान्तरण ,                ०६४ को चुनावमा २ नं क्षेत्रको इन्चार्ज,

  ०६५ मंसीर बाट पर्वत जिल्ला सेक्रेटरी,                        ०६५ माघ देखी ०७० सम्म मुस्ताङ जिल्ला इन्चार्ज, 

  ०७१ असार देखी जिल्ला सम्मेलन बाट पर्वत जिल्लाको अध्यक्षमा निर्वाचीत, 

  ०७१ को माघ ६ गते सहमतीमा संघीय संविधान निर्माण का लागी ३० दलीय गठबन्धनको आन्दोलनको बेला                            

        एमाले र कांग्रेसका केही अराजक जत्था बाट आक्रमणमा परी सक्त घाइते, 

  ०७३ जेठ देखी केन्द्रीय समिती सदस्य, हाल प्रस्तावित पिविएम तथा पर्वत जिल्ला सह इन्चार्ज ।

  ०७४ बैशाख ३१ गतेको स्थानिय तहको निवार्चनमा राजनितीमा प्रतिबद्द, विकास निर्माणका अनुभवि जनप्रेमी      

         सक्षम नेता नेकपा माओवादी केन्द्र तथा विहादी वासी जनताका चाहना बमोजिम विहादी गाउँपालीकाको   

         प्रमुख पदमा उम्मेदवार


विहादी गाउँपालीकाका भावि योजनाहरु 

(१) सेवा केन्द्र र नामबारे बाच्छा खोला, सेती खोला तथा गेप्ताङ, सम्मका जनताको मनोभावना अनुसार माझ पर्ने गरी उपयुक्त नाम र स्थान, यातायातको पहुचँ सर्वसुलभ हुन सक्ने खुल्ला स्थानमा राखीनेछ । 

(२) विकास निर्माणको हकमा विषयगत विज्ञहरुको उपसमिति गठन गरी सोको सुझाव एवं जनचाहना अनुरुप गूरु योजना निर्माण गरी कार्यान्वयनमा जोड दिइनेछ । 

(३) स्वास्थ – तिन ःद्यद्यक् डाक्टर, उपकरण सहित १६ सैयाको अस्पताल निर्माण, एम्बुलेन्स सेवा, ६ वटा स्वास्थ चौकि र ३ वटा उप स्वास्थ चौकि स्थापना गरी सेवा प्रदान गरीने छ । गरीव र अति विपन्न वर्गलाई निशुल्क उपचारको व्यवस्था गरिने छ भने आमजनतालाई सहुलियत एवं सर्वसुलभ सेवा (हाल भन्दा बढी) प्रदान गरीनेछ । 

(४) खानेपानी तथा सरसफाई – प्रत्येक घर धुरीलाई मापदण्ड अनुसारको शुद्घ पिउनेपानी को व्यवस्था गर्न हाल भएका श्रोत एवं लिप्ट सिस्टम विकास गरी ग्यारेण्टी गरीनेछ भने अन्य प्रयोजनका लागि रमेत उपलब्ध श्रोतलाई सुद्घिकरण सहीत व्यवस्था गरिनेछ । एकघर एक धारा र चर्पी साथै पूर्ण आनिवानी परिवर्तन गरी स्वच्छ, स्वस्थ र सभ्य समााज निर्माण गरीनेछ ।

(५) शिक्षा – प्रविधिक शिक्षलय सहित ३ वटा बहुमुखी क्याम्पस संचालन गरी दक्ष जनशक्ति निर्माण गर्न उच्च गुणस्तरीय शिक्षामा जोड दिइनेछ । आधारभुत विधालयहरुवाट नै आधुनीक शिक्षाको सुनिस्चीतता गरीनेछ ।

– स्वास्थ शिक्षा विज्ञहरुको उपसमिति बनाई सुझाव सल्लाह अनुसार काम गरीनेछ । 


टोल टोलमा सडक घरघरमा गाडी

(६) यातायात – राष्ट्रिय र क्षेत्रिय सडक लाई कालो पत्रे गर्ने र यस गाउपालीकाको केन्द्र र सम्पूर्ण वार्ड कार्यालयहरु जोड्ने सडक संजाल कालो पत्रे गरीनेछ जसमा

    –   सेतीवेणी रानीपानी वर्राचौर बाच्छा फलेवास कुश्मा सडक 

वर्राचौर पोखराचौर वहाकी डुड हुवास वालिङ सडक

सेतिवेणी छाप वहाकी उराम गेप्ताङ पैयु भञ्याङ लूंखु सडक   

गुल्मी पुर्तिघाट ईमिचौर तिलीङेडाडा रासकोट लुरीङ पैयुकोट सडक

मुख्य, सहायक र ग्रामिण सडकको छनौट गरी स्तरउन्नती र आवस्यक विस्तार गरिनेछ ।


मुख्य सडक

सेतिवेणी छचण्डे डुड शिवपुरीधाम चिउरीखाल्टा थुमी सल्यान धारा बच्छेस्वर बाच्छाडाडा कडेनी सडक 

मैदान शिवपुरीधाम उराम वहाकी हेपो डाडाबारी आरुपाटा कुलबाधं रानीपानी प्रहरी चौकी, हेपो तिलाहर चौर जिम्मालथर वर्राचौर हेपो तिप्लुङ बाच्छावट सडक

काखी आपलाए भुषाल चोक सगरमाथा मावि भिरकाटेउराम सडक

रासकोट माझडहर पिपलपाटा सडक

बाच्छा चौकी बाच्छाडाडा सालडाडा मंकीडाडा भोक्सीङ पैयुकोट सडक

गाउँपालीका अन्तर्गतका सम्पुर्ण बस्तीलाई मध्यनजर गरी आन्तरीक साझा यातायात संचालन गरीनेछ । 

प्रत्येक वार्ड कार्यालयले प्राथमिकतामा राखेका सडक हरुलाई स्तर उन्नती गरी व्यवस्थीत गरीनेछ ।

ढुंगा गीट्टी बालुवा निकासा तथा आन्तरीक राजस्व वृद्घिका लागी निम्न सडक हरु व्यवस्थीत गरीनेछन् । 

—सुसुनढुंगा गोलाङ बगर सेतिवेणी बगर कालीगण्डकी पहुच मार्ग

—रानीपानी कुलबाध रीउदीखोला जिङलिङ राउसे बगर पहुच मार्ग

—भएरथान पुर्तिपुच्छार ठुलाचौर दिपक बगर पहुच मार्ग

—वरारुख माईकोथान छ्याङ बगर पहुच मार्ग

—दुर्लाङ कालीगण्डकी बगर पहुच मार्ग

प्रत्येक बस्तीसम्म सडक संजालको पहुच पु¥याउन ग्रामिण सडकहरु निर्माण गरीनेछन् ।

सम्पूर्ण सडकहरुलाई वातावरण मैत्री सडक निर्माण गरी सम्पूर्ण सडकहरुको स्तरउन्नती गरी यातायातको पहुच प्रत्येक टोल बस्तीमा पु¥याईनेछ ।

कालीगण्डकीको पानी जनताको लगानी

 (७)  कालीगण्डकी बी हाईड्रो पावर (४०० मेगा वाट) उत्पादनमा जोड दिइनेछ । प्रत्येक घरधुरीलाई १लाखको शेयर व्यवस्थापन गरीनेछ तथा जनता प्राइभेट सेक्टर र सरकार मिलेर योजना संचालन गर्न जोड दिइनेछ र स्थानीय जनतालाई रोजगारीको सुनिस्चीत गरीनेछ ।

हरीयो वन नेपालको धन

 (८) वनक्षेत्रमा भएका पुराना काठ पैदावरहरु निकासा गरी नया उन्नत जातका वृक्ष एवं जडिबुटी रोपी संरक्षण संवर्धन र खाली क्षेत्रमा विस्तार गरी हरीयाली निर्माण गर्ने । उरालगौडामा रहेको कमेरो (चुन) खानी उत्खनन्को व्यवस्थापन गरी व्यवसायिक रुपले अगाडी बडाइनेछ ।

(९) कृषि – सम्पुर्ण ठाउको माटो जाचँ गरी उपयुक्त प्रकारको बाली नाली तरकारी खेती फलफुल खेती मत्स्य पालन लगायतका उत्पादनमा पकेट क्षेत्र ब्लक जोन सुपरजोन निर्माण गरी व्यवसायिक र आत्मनिर्भर बनाउन जोड दिईनेछ । हरेक वार्डमा कृषि प्राविधिक को व्यवस्थापन गरीनेछ । असल कृषकको पहिचान, कृषक संचयकोषको व्यवस्था, कृषक पेन्सनको व्यवस्था मिलाईनेछ ।

(१०) सिंचाई – बाच्छा खोला, फोक्सीङ खोला, खहरे खोला, टारी खोला, टुदी खोला, सिस्ने खोला, सिब्दी खोला र सेती खोला को पानी लाई उपयुक्त व्यवस्थापन गरी सिंचाई मा जोड दिइने छ । 

— कालिगण्डकी नदी किनार वा पालुङ खोला गौदी खोला पाती खोला होश्राङदी खोलाको पानी लाई लिप्ट प्रणली द्वारा विहादी क्षेत्रका सुख्खा टार हरुलाई सिंचित गरी हराभरा बनाउन पहल गरीनेछ ।


(११) पशु सेवा – उन्नत जातका गाई भैसी पालन गरी दुधमा आत्मनिर्भर तथा व्यवसायीक बनाउनका लागी कृषक समुह, फार्म, सहकारी हरुलाई प्रोत्साहन गरीनेछ । आवश्यक ठाउँमा दुग्ध चिस्यान केन्द्रहरु निर्माण गरीनेछ । बाख्रापालन, कुखुरापालन, बंगुरपालन लाई प्रोत्साहन गरी मासु अण्डामा आत्मनिर्भर बनाई विक्री वितरण तथा निकासिको व्यवस्था मिलाईनेछ । हरेक वार्डमा पशु चिकित्सको व्यवस्थापन गरीनेछ । 

— प्रत्येक वार्डमा कृषि संकलन केन्द्र, वधशालाको निर्माण गरीनेछ ।

https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.0-0/p180x540/


(१२) धार्मिक तथा पर्यटन क्षेत्रको विकासको लागी गुरुयोजना निर्माण गरी शालिग्राम शिला, छापँ देविथान, उराम शिवपुरीधाम, वहाकी कैलाशधाम, लुहुरीङकोट, रासकोट, शितल गुफा, शिव गुफा कुणदि, शिवालय गुठी छ्याङ, बच्छेस्वर, गोल्र्याङधाम, लगायतका क्षेत्रलाई संरक्षण तथा व्यवस्थापन गरी प्रचार प्रसारमा ल्याई कालीगण्डगी ¥याफ्टीङ समेतलाई व्यवस्थापन गरी पर्यटनहरु भित्राईनेछ ।  शालिग्राम, छापँ, लुहुरीङ, बच्छेस्वर, बेलबगर जोडीनेगरी केवलकारको संचालनमा जोड दिईनेछ । लुहुरीङ मा प्याराग्लाईडीङ उडान क्षेत्र निर्माणका लागी पहल गरीनेछ । छापँ, लुहुरीङ, गेप्ताङ र बच्छेस्वरमा होमस्टे संचालनमा जोड दिईनेछ । 

(१३) धर्म संस्कृति भाषा तथा भेषभुसा – यस क्षेत्रमा रहने सबै जाती समुदायका धर्म संस्कृति भाषा भेष भुसा संरक्षण तथा विकासमा जोड दिईनेछ । 

(१४) वृद्घ र असहाय लाई टोलटोलमा, अपाङ्गलाई घरघरमा भत्ता लगायतका सेवा सुविधाहरु उपलब्ध गराउने र सम्मानजनक थप भत्ताको व्यवस्था गरीनेछ ।

गाउँगाउँमा सहकारी, घरघरमा भकारी – हरेक वजारमा बैङ र हरेक वार्ड वार्डमा सहकारीको सुविधा वनाइनेछ ।

एक गाउँ एक बजार, एक घर एक स्वरोजगार

–स्वरोजगारका लागी आवस्यक सिपमुलक तालिम र सर्वसुलभ ऋणको व्यवस्था मिलाइ स्वदेशमै रोजगारको व्यवस्था मिलाइनेछ । 

–विभिन्न उधोग संचालन र व्यवसायीक फार्म हरु निर्माण गरी रोजगारको व्यवस्था गरीनेछ ।


(१५) संचार– रेडियो, टिभि, पत्रपत्रिका, विधुतिय संचार माध्यम हरुको निर्माण तथा व्यवस्थापनमा जोड दिइनेछ ।

 हातहातै मोबाइल, ४जी सेवा, जताततै वाईफाई ।


जनमुखी दैनिक प्रशासन न्याय सेवा र शान्ती सुरक्षाको क्षेत्रमा जनउत्तरदायी सर्वसुलभ र शुसासन बनाउन पहल गरीनेछ ।


विहादी अन्तर्गतका सम्पूर्ण दलीत, उत्पीडित, महिला, आदिवासी, जनजातीहरुका परीवारहरुलाई स्वरोजगारको लागी शिपमुलक तालिमको व्यवस्था गरीनेछ र आत्मनिर्भर गराउन लोनको व्यवस्था गरीनेछ ।


अल्पसंख्यकको रुपमा रहेको कुमाल, बोटे, माझी समुदायका र दलित समुदायका विधार्थिहरुलाई मा.वी. सम्म पठनपाठन सामाग्री निशुल्क, पोषण भत्ताको व्यवस्था गरीनेछ ।


युवाहरुलाई खेलकुदमा प्रोत्साहन गरीनेछ र दुर्लाङमा खेलकुद मैदान निर्माण गरीनेछ त्यसैगरी ईमीचौरमा कबर्ड हल सहितको खेलकुद मैदान निर्माण गरीनेछ, प्रत्येक वार्डवार्डमा खेलकुद मैदान निर्माण गर्ने र खेलाडीहरुलाई प्रतिस्पर्धात्मक रुपमा राष्ट्रिय खेलाडीको रुपमा विकास गर्न वातावरण मिलाउन पहल गरीनेछ । 

पश्चीमी छाडा संस्कृतीलाइ नियन्त्रण गरी सभ्य संस्कृती निर्माणमा जोड गरीनेछ ।


प्रतेक वार्डहरुबाट आवस्यकता महसुस गरी माग हुने योजना हरुलाई समेत समावेस गरी आवधीक योजना बनाई समावेस गरीनेछ ।  




यस बिषयमा तपाइको प्रतिक्रिया...!