कहाँ छैन दाइजो प्रथा ?

Posted on: 18 Jul, 2017

-तारादेवी सुनुवार
यस धर्तीमा छोरी र छोराको समान स्थान हुनु पर्ने हो । सृष्टी संचाल र निरन्तरतामा दुबैको भूमिका उतिकै महत्वपूर्ण हुनु पर्ने हो तर हाम्रो सामाजिक मूल्य ,मान्यता ,संस्कार ,रितिरिवाजले त्यसो हुन दिएन । एक जनाको महत्व धेरै माथि रहयो र अर्को जनाको किन बेच, मोलिमोलाउ गर्ने बस्तुको रुपमा रहयो एक जना नागरिक र अर्को जना दोस्रो दर्जाको नागरिकको रुपमा स्थापित गरियो जुन एक विना अर्कोले यो संसारलाई संसारको अस्तित्व को रुपमा जोगाइ राख्न सक्दैन । बैबाहिक बन्धनमा दुवै जना बाधिने हो तर यहाँ त एक जनाको मोल तोल हुन्छ हिसाब किताब गरिन्छ अर्को जना त्यसैमा मख्ख भएर आफ्नो महत्व निकै रहेको महसुस गरिरहन्छ जस्ले म मात्रै रहे भने सृष्टी निरन्तरता के हुन्छ भन्ने कुराको हेक्का नै राखेको हुदैन ।

छोरीले गर्भदेखि नै अपहेलित भएर जन्मने हाम्रो समाजमा फेरी अर्को घरमा घर जम बसाउन जानु पर्ने संस्कार छ । आफ्नो घरमा हुर्कदा बस्दा जे जस्तो परिस्थितीमा हुर्के बढे पनि बाबु आमालाई छोरीको व्यवस्थापन बेलैमा राम्रो “ घरमा ” गर्न पाए हुन्थ्यो भन्ने पिरलो हुन्छ किन कि छोरीलाई संन्ताको रुपमा स्वीकार गर्न सामाजिक मूल्य मान्यताले दिएको छैन । छोराको विवाहको लागि चिन्ता नहुनु र छोरीको विहेको चिन्ताले सताउनु ले प्रष्ट हुन्छ कि छोरीलाई बोझको रुपमा घर परिवारले स्वीकार गरेको छ । छोरी मात्रै दिएर भएन ज्वाई र छोरी दिने घरलाई पनि खुसी पार्नु पर्ने बाध्यता हामी बस्ने समाजमा हामीले नै निर्माण गरेका छौ । दाइजो प्रथालाई सामाजिक कुरितिको रुपमा रहेको ठहर गरे पनि व्यवाहारिक रुपमा प्रत्यक्ष अप्रत्यक्ष सबैले दाइजोलाई प्रसय दिइनै रहेका छौ । तराईमा मात्रै दाइजो प्रथा छ नेपालमा अन्य ठाउँमा खासै छैन भन्ने छ तथापि फरक फरक नामको दाइजो प्रथा जता ततै छ । जस्को कारण महिलामाथि हुने हिंसा बढिहरेको छ ।

भूगोल अनुसार फरक फरक छ तर छोरी दिन सम्पति पनि चाहिन्छ भन्नेहरुको संख्या सबै ठाउँमा छ । फरक यति मात्रै हो तराईमा एक गरिब परिवारले घाम पानी नभनेर अरुको जग्गामा भए पनि लगाएको तरकारी बेचेर ,दुध बेचेर छोरीको विहेमा दाइजो दिनको लागि पैसा साँचेको हुन्छ । मध्यम परिवारले धान,बेचेर साँचेको हुन्छ धनीले कुनै कम्पनी , व्यवसाय नै छोरीको दाइजोको लागि तयारी गरिरहेको हुन्छ यो प्रत्यक्ष देखिन्छ । तराइ बाहेक पहाड शहरहरुमा साँचेर नराखे पनि छोरीलाई दाइजो दिइन्छ तर अप्रत्यक्ष अनि भनिन्छ दाइजो दिने चलन छैन ।

यदि दाइजो दिने चलन थिएन भने छोरीको विवाहको लागि एक बाबुले क्रण खोजेर छोरी ज्वाइलाई सुन, दराज,पलङ,सोफा जस्ता बस्तु के हुन त ? लिने दिने बानी परिसकेकाहरुले खुसिले दिएको हो दाइजो होइन भन्ने गरिन्छ । हुने बाबु आमाको लागि त सजिलै पनि होला तर नहुने ले त क्रण खोजेर दिने गरिन्छ यसो नगरे छोरी र छोरीको घर परिवार खुसि हुन्न कि भन्ने डर भनौ वा इज्जतको लागि भए पनि भित्र भित्रै दाइजो प्रथा व्यापक रुपमा रहेको छ । एक जना परिवारको सदस्य थपिदा एकजोर सामान व्यवस्थापन गर्न नसक्ने घरले छोरीको भविश्य कति सुरक्षित गर्छ ? कसरी व्यवस्थापन गर्ला भन्ने सम्म हेक्का नराख्ने हामी छौ । बाबु आमालाई छोरी दिन पाए बरु सामान पनि दिने थिए भन्ने कुराले त्यो पिडा विर्साएको छ । उता यति सामान ,धन सम्पति पाइन्छ भने विवाह गर्दा के फरक पर्ला र भन्ने छ । दुवैको भित्री चाहान फरक फरक लुकेर बसेको छ । यो चाहानाले गर्दा दाइजो प्रथा जता ततै व्यापक रहेको छ ।
के दाइजो ले सन्तुष्टि र सम्मान प्राप्त भएको छ ?
यदि दाइजो संग भावना सामाहित भएको भए दाइजोमा छोरीको सम्मान प्राप्त भएको भए हाम्रो समाजमा महिला र पुरुष बिच ठुलो खाडल हुने थिएन होला । दाइजो थोरै भएको नाममा तराइमा बुहारी ,श्रीमती ,भाउजु दिन दहाडै जलिरहेकी छिन छोडपत्र भइरहेको छ । दाईजो कम ल्याएको निहुमा रातदिन शारिरीक र मानसिक हिंसा सहन बाध्य भएका छन जो बाहिर हेर्दा सामन्य लाग्छ । त्यस्तै अन्य क्षेत्रमा दाईजो नभने पनि जेठी बुहारी र कान्छी बुहारी ले ल्याएको सामानको तुलना, पल्लो घर र तल्लो घरको बुहारीले ल्याएको सामानको तुलना ले सामान कम ल्याउने बुहारीले रातदिन आफनै भनिनेहरुबाट मानसिक याताना भोग्नु परेको छ न अरुलाई भन्न मिल्ने छ न आफै केहि गर्न सकिने छ ।

सबै खाले परिवारमा दाईजो प्रथा कायम छ फरक नाम र काम मा छ तर सम्पति त सम्पति नै हो । छोरीलाई सुख दिने नाममा दिइएको श्री सम्पति सुख हैन शारिरीक ,मानसिक यातनाको उपाहार बनेको छ । सोही उपहारले अनन्त छोरीको जीवन कसरी संचालन भएको छ भन्ने तर्फ कसैले चासो दिइएको छैन । यदि यो प्रथा परम्परा रोक्नु छ भने कानून निर्माण गरेर हैन जगै देखि सबैे जना तयार हुन जरुरी छ । छोरा र छोरीको महत्वलाई सबैले एकै स्थाना राखेर हेरिनु पर्दछ । कोही पनि सम्पति ल्याउने माध्यमको रुपमा मोलिमोलाउ हुन हुदैन र कानून बनाएर कानूनी कार्वाहीमा जानु पर्ने हुदैन । आफ्नो महत्व को बारेमा जानकार हुदा हुदै पनि सामाजिक मूल्य मान्यताले गर्दा जति धेरै पढेलेखेर सक्षम भए पनि अलिकति आमा बाबुले दिने दाइजो अर्थात सम्पतिको आस गर्ने बानी परिसकेको हाम्रो समाजका छोरीचेलीले पनि त्यो प्रथा परम्परा तोडन आट गर्न आजको आवश्यकता हो ।

जो आफु जाने घरमा आफुले सुत्ने खाट,आफ्नो सामान राख्ने दराज जस्ता समान सम्म छैन भने मैले कसो गरि जीवन निर्वाह गर्न सक्छु होला ? भनेर चिन्तन गर्नु पर्ने बेला आएको छ । घरलाई छोरी दिने र घरको छोरी माग्ने हैन इमान्दार व्यक्ति होस जो दाइजो एक कौडि पनि नलिएर नलगेर आफै सृजना गर्न सक्षम मनोबल को आवश्यकता छ । भावना मिल्छ सम्मान ,मिल्छ भन्ने बल्ल यो समाज सुन्द,र बन्छ तर्सथ उपहार अथावा दाइजो दहेज जे भने पनि लिने दिने कार्यको रोकथाम गर्न सबै जनको दायित्व र कत्र्वय हो । अस्तु ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!