जे देखियो त्यही लेखियोः 'माछा खाना गएकाहरु झोलमा डुबे'

Posted on: 08 Aug, 2017

प्रेम सुनार । गुल्मीमा ‘माछा’ र ‘कान’ महिलाहरुको अस्मीतालाई संकेत गर्दै  यौन पिपासुहरुले राखेको कोड भाषा हो ।  

यो् कोड भाषा अहिले त्यस्ता जमातहरु माझ निकै चर्चित छ । एक साथीले अर्को साथीलाई आज कहाँ  जाने भनेर सोध्यो भने  जवाफ आउँछ –‘माछा खान’  कित ‘कान खान ’।  महिलाहरुको अस्मीतालाई माछा र कान संग जोडिनु  र माछा पाईने स्थानलाई क्रिडा स्थल ठानिनु निकै खेदपुर्ण र  आपत्तिजन छ । 

गुल्मीमा माछा पाईने स्थान–‘ मिठा माछाका लागी ख¥ज्र्याङ्ग खोला लाईन परम्परा देखि निकै प्रशिद्ध छ । त्यस्तै रिडी, देखि बढिघाट खोलालाईन र छल्दी खोला लाईन हो । खोलाकै माछा खानका लागि यि सवै स्थानमा जो कोही जान्छन् । तर महिलाको अस्मीतालाई माछा ठानेर खान जानेहरुले माथी उल्लेखित स्थानका सिमित ठाउँमा मात्र  ‘माछा हाट–वजार’ बनाउँदै आएका छन् । त्यस्ता  सिमित हाट वजारहरुमा खोलाको खास माछा र रक्सी बेचिन्छ तर अर्को कोड भाषाको ‘माछा’ सित्तैमा उपलव्ध हुने भएकोले विशेषतः तम्घासमा विभिन्न पेशा गरेर बस्ने  ‘माछा’  बिना  मरिहत्य गर्नेहरुको खास गरी शनिवारका दिन त्यस्ता हाटवजारहरुमा घुईचो लाग्ने गर्दछ ।

जसरी खोलाको माछा पानी विना तड्पीएको हुन्छ त्यस्तै  श्रीमान विना तड्पीएको छ कोड भाषाको माछा पनि  । त्यस्ता खाली बगरहरुको खोजी हुन्छ र माछा खान गईन्छ । जसरी जलवायु परिवर्तनहरुले खोला सुक्दै जाँदा बगर बनेर माछाहरु हराउँदै र तड्पीदै जान थालेका छन् त्यसको ठिक विपरित यता कोड भाषाका माछाहरु भने बैदेशिक रोजगारका कारणले बढ्दै जान थालेका छन् ।

‘माछा’ असाध्धै कलिला र मिठा तर गरिवी र वेरोजगारीको बाध्यताले छाड्न र गुमाउनु परिरहेको छ  । भर्खर विहे गरेकी आँखाको नानी बनेकीलाई छाडेर कसलाई रहर थियो र ? तर  पनि छाडेर विदेश जान बाध्य छन पुरुषहरु । जसका कारण यता माछा खाने शर्पहरु निकै सल्वलाएका छन् । ति शर्पहरुले यति पनि हेक्का राख्दैनन कि भोली म विदेश गएँ भने मेरी श्रीमतिलाई पनि यसरी नै अर्को पुरुषले ‘माछा’ बनाई दियो भने मैले के गरुला ? 

गुल्मीमा यी माछा र शर्पहरुको बिगबिगीले विकाराल रुप लिदैछ । शर्पले माछा खोज्दैन यहाँ माछाले नै बढि मात्रमा शर्प खोज्न थाले पछि यसले थप विकाराल रुप लिँदै आएको हो । फोन रकर्ड सार्वाजानिक गर्न पाउन हो भने  प्रष्ट सुन्न सकिने् छ कि –आज माछा खाना आउनु के , यहाँ कति  तडपिएको छ माछो...’ भन्ने यौन अपिल । उनिहरु कै शव्दमा माछो त्यसरी हरवखत तड्पीनुको कारण बैदेशिक रोजगारको पोसले पनि हुन सक्छ । ५० वर्ष सम्म श्रीमान घर नआई बेपत्ता हुँदा पनि सत नडगाई कुरेर बसेका तमाम महिलाहरु छन् ।  तर पछिल्लो चरण पैसा पनि आएकै छ । 

सारा सञ्जाल संग जोडिन मिल्ने पुल र भ¥याङ्ग बनेका मोवाईलहरु पनि आएको छ । लवाई खवाई र पोष भए पछि ४० वर्षे पनि १६ वर्षे भई दिदा रहेछन् । आज जिल्ला प्रहरी कार्यालयमा आएका दुई जना माछा र शर्पहरुले आफुहरु दुवै अविवाहित भएर माछा शर्पको व्यवहार गरेको खुलासा गरे । माछा रहेछ लेकमा बग्ने बर्खे खोलाको । शर्प रहेछ बढिघाट खोला लाईनको । 

डाईभर दाई उसको नाम साईवर वहिनी उनको काम अर्थात फेशवुकबाटै बसेछ माछा शर्पको माया प्रिम । ति अविवाहित भनिएको माछाका ससुराले  यसरी खार्दै थिए–‘ विदेशमा रहेका मेरा छोराको लाखौ लाख पैसा समात्दै हिड्दै तँ कसरी अविवाहित हुँ भन्न सकिस ? उता ‘शर्प’ महोदयकी श्रीमति पनि त्यही आएकी  थिईन र सोधिन श्रीमान संग–‘ ए भन्ट  टैले सँच्चै भनेकै होस ब्या गरेको छैन भनेर ? । टँ कसरी अविवाहित भईस् , म श्रीमति र छोरा छोरीका सामु , टेरीमा ठास्नी... । 

गलल्ल हासो... । उता ‘माछा’ मैयाँको शिर निहुरीएको थियो । यता शर्पलाई हिजो सम्म माछा असाध्धै मिठो लागे पनि आज काडा निकै तितो लागेको थियो । त्यसै भनेका रहेन छन बुढापाकाहरुले ‘माछा मिठो काँडा तितो’ । यो उखानले के संकेत गर्दछ भने पहिल्लै देखि पुरुषहरुले महिलाको अस्मीतालाई माछाको रुपमा सांकेतिक भाषा प्रयोग गर्ने गरेका रहेछन् ।  अनि कति राम्रो जाल बुन्यो ,  मैले त हैन दाई माकुरीले हो ’ भन्ने गीत पनि त्यसै गाईएको होईन रहेछ ।

एक दम राम्रो र मिठो माया  जाल बुन्ने जव माकुरीले फुल पार्छ तप भने मैले त होईन दाई माकुरीले हो अर्थात मैले होईन अर्कै केटाले हो भनेर महिलाहरुलाई घरनघाट बनाउने कार्य पनि पहिल्लै देखि गर्दै आई रहेको रहेछ । माछा, माकुरीको संज्ञा पाएका महिला जगत हिजो राती भने गुल्मीको एक स्थानमा कालि र दुर्गामाता भएर उत्रिए छन् । सदरमुकामबाट हिरो र डन बन्दै श्रीमान घर नभएका महिलाहरुको घरमा माछा खाना पल्केकाहरुलाई चियो गर्दै बसेका महिलाहरुले  माछाको चोक्टा खाना गएकाहरुलाई झोलमा डुवाएर मारेछन् । 

श्रीमान देश विदेश भयो कि त सवैलाई माछा ठान्नेहरुका सामु गए राती माछा–माछा ठान्दा  भ्यागुतोमा पो परेछन् । अर्थात एउटी एक्ली महिलाहरुका घरमा राती गएर धम्काउने, उनलाई र उनका छोरा छोरीहरुालई समेत गाडीमा हालेर लैजान खोज्ने चार जना युवाहरुलाई आज विहान त्यहाँका महिलाहरुले महिलाका लागि महिला सुरक्षा फोर्शको एउटा उदाहरिणय कार्य गरेर देखाए छन् । 

भोली दुवै पक्ष जुटेर मात्र समाचार बनाएर विवरण खुलाईने छ आज मात्र लेख लेखिदैछ । स्थानिय श्रोतका अनुसार गए राती एउटी महिलाको घरमा चार जना  पुरुष पुगेका थिए । कारण भोली प्रहरी अनुसन्धानले खुलाउने नै छ । अहिले  पर्दा भित्रको नियत के थियो भन्न सकिन्न । भोली  खुल्ने नै छ उनिहरु मध्ये को शर्प र माछा पात्र थिए वा अरु कुनै ? तर हिजोको घटनाले त्रसित छन खोलालाईनमा रहेका महिलाहरु । 

परम्परा देखि घरेलु मदिरा बेच्दै र घसयासी खर्च चलाउँदै आएका छन यहाँका केहि समुदायका महिलाहरु । उनिहरु सवैलाई ‘माछा’ बनाउने प्रबृद्धिका पुरुषहरुबाट बच्न निकै मुस्कील परी सकेको छ । कोही बलात्कारको शिकार भएका छन् । यसै वर्ष गुल्मीमा ईतिहाँसमै नभएको घटना घट्यो । एउटी महिला आफैले आफैलाई जिउँदै जलाएर आत्मा दहन गरिन् । प्रहरीले उनको नाम विवरण गोप्य राखेको छ । डेढ महिना अघिको कुरा हो , जिल्ला प्रहरी कार्यालय मुद्धाफाँटका प्रहरी सहायक निरीक्षक सत्यनारायण आदवले भने–यस्तो घटना तराईमा घट्ने गरेको भए पनि गुल्मी जस्ता पाहडी जिल्लामा विरलै घटेको सुनिएको थियो । 

वैदेशिक रोेजगारमा रहेका महिलाहरुलाई मात्र होईन सुनौलो भविश्य देखेका र स्कुल देखि क्याम्पस पढ्दै गरेका किशोरीहरुलाई समेत माछा बनाउँदै भुट्दै खाँदै  गर्नेहरुले आत्मा हत्या गर्न बाध्य पारेका छन् । किन गर्छन युवतीहरुले आत्मा हत्या ? यसको पछाडीको खोज र नियन्त्रणको प्रयास नगर्ने हो भने यसले थप विकराल रुप लिने छ ।

एउटा केटा लभर बन्छ । उनकी प्रेमीकाले अस्मीता सुम्पिन्छीन उसको भरोसामा । त्यो कुरा लगेर अर्को केटा संग गर्छ । निकै ठुलो काम गरे भन्ने ठानेर त्यो कुरा मात्रै गर्दैन सकेत भिडियो नै लगेर देखाई देला नत्र अडियो र फोटा समेत भए पनि देखाई दिन्छ । अर्को कुरा यता पनि लभ उता पनि लभ, अन्ततः माछा माछा भ्यागुतो बनाएको पिडा सहन नसकेर सुनौलो भविश्य बोकेका वहिनीहरु आत्मा दहनको अवस्थामा पुगेको कतिपय घटनाले देखाएको छ । 

हिजो चार जना पुरुष एक्लै महिलाको घरमा यदि स्थानियले आरोप लगाएको नियतका साथ पुगेको भए न त्यस घरकी महिलाको परिणती पनि त्यस्तै आत्मा दहन  सम्मको हुने थियो कि ? 

गए राती त्यहाँका स्थानिय युवाहरुले घेरा हाले पछि ति युवाहरु त्यहाँबाट हिडेको स्थानियले बताए । विहान फेरी उनिहरु आए । गए राती उनिहरुको हर्कत सुनेर आक्रोषित भएका स्थानिय पचास जना भन्दा बढि महिलाहरुले घेरेर ति  चारै जनाको धुलाई गरेको स्थानियले बताए । नाम नवताउने सर्तम स्थानिय एक युवाले भने–‘महिलाहरुको यस्तो वहादुरी मैले पहिलो पटक देखे, अव यसरी नै महिलाको सुरक्षा फोर्श महिला नै नबने विशेष गरी श्रीमान देश विदेशमा हुने महिलाहरु त्यस्ता पुरुषबाट असुरक्षित भईनै रहने छन् । ’ आज जिल्ला प्रहरी कार्यालयमा ल्याईका उनिहरु मध्ये कसैको आँखामा रगत जमेको थियो भने कसैको मुहार चिथारिएको थियो । 

छल्दीखोलाको माछा मिठो ठान्नेहरुले रातचौर र रातडाँडामा पनि निकै आतंका मच्चाउँदै आएको पाईएको छ । केहि वर्ष अघि यसै तिज ताका माछा खाना भनेर रातडाँडामा तम्घासबाट पुगेका केहि युवाहरुको आतंकबाट ठुलो घटना घटेको थियो । केहि दिन अघि मात्र युवतीहरु सहित रातडाडाँ  र रातचौरमा माछा खाना दिउँसो एक टोली पुग्यो । राती डोजर जलाईयो ।  त्यो जलाउने गिरोह सानो तिनो नभएर हुन सक्छ प्रहरीले  अहिले सम्म कसैलाई समात्न सकेको छैन । माछा मिठो काँडा तितो  ठान्नेहरु सानो तिनो पहुँचको हुदैहुँदैन । 

प्रहरी समेत तह लगाउन सक्छौ भन्ने खुवी राख्ने  ‘स्मल डन ग्रुप’ , स्थानिय देखि केन्द्रको समेत राजनैतिक पहुँच राख्ने र आयश्रोत पनि अरुले कल्पना नै गर्न नसक्ने व्यवसायको मान्छे मात्रै कहिले  लोकल कुखरा, कहिले वनकुखरा , चितुवा ,  बँदेल लगायतका वन्यजन्तु खोज्छन् । उसलाई बन्य जन्तु बढि मन पर्छ किन कि उसले  त्यसैको मासु खाएर मानव माथी बन्यजन्तुको व्यवहार गर्छ । यो  लेख आफु असुरक्षित भए पनि सारा असुरक्षित महिलाहरुमा समर्पित लेख हो , यस्ता कुरा  जोखिम मोलेर पनि उठाउनु पर्दछ । अन्यथा  यस्ता कुरा हामीले उठाएनौ भने हामी जनताको आवाज र पहरेदारको ठाउँ ओगटेर बस्नु   लज्जाष्पद हुनेछ । बेरोजगार भएरै हामी पत्रकार भएका हौं भने सारा युवाहरु गएका छन भने हामी पनि विदेश जाऔं । 

भित्र भित्रै थुप्रै घटना भएका छन् र भित्रभित्रै लुकाईएको पनि छ । त्यस्ता लुकाईएका घटनालाई बाहिर ल्याउन खोज्ने माथी यो देशमा खोईरो खन्ने अरु कोही छैन आफ्नै  पेशाकर्मीहरु  नै छन् । यो देशमा नलेखेर पत्रकारिता गर्नेहरुको सम्मानित  र शानदार जिवनशैली छ । लेखेर पत्रकारिता गर्नेहरुलाई हरेक कुरामा  बाँच्न गाह्रो छ । आजको विषय बस्तु उठान नगर्न घुमाउरो पाराले धम्की आएकै हो ।  सर्वसाधरण जनताले अत्यचार सहने , हामी तिघ्रे मुग्रेहरु संग कति दिन डराएर हात कमाउने  र उनिहरुको दादागिरी ढाकछोप गर्ने ? 

अत्यचार गर्ने डनहरु त परै जावोस प्रहरी अधिकृतको पनि हामीले खोईरो खनेका थियौं । दादागिरी देखाउने नै भए वर्दि फुकालेर वाहिर आउन चुनौती दिने यहि पंक्तिकार हो । कृपया  म विनम्र अनुरोध गर्दछु कि यो मेरो पेशा हो , पेशा प्रति न्याय गर्न मलाई दिनुहोस । मैले समाचार र विचारको हकमा साथी ठान्दीन । कुनै बेला मेरा विचार पुर्वग्रही पनि लाग्लान तर तपाईलाई त्यही पुर्वग्रह लाग्ने मेरा विचार वा समाचार  कसैको अन्तरस्करणको आवाज बनेको पनि प्रतिकृया पाएको छु । 

आज उठान गर्ने घटनाको सनसनी फैलिएर म  जिल्ला प्रहरी कार्यालयमा पुगेको थिएँ । धेरै मित्रहरुले यो लेख त्यो नलेखको  जस्ता आग्रह गर्नु भयो । ए बाबा समाचार त कसैको आग्रह पुर्वग्रह र दवावमा लेख्ने कुरा होईन । एउटा समाचारदातालाई उसको मिडिया हाउसले आफ्नो विवेक पुराएर लेख्न सिकाएकै हुन्छ । यदि उसले विवेक पुराउन नसकेको कुरालाई पनि काँटछाँट उसै मिडिया हाउसले गरेको हुन्छ । आजका केहि दृश्य र धम्कीपुर्ण भाषाको छनक पाए पछि अरु सातै काम छाडेर यो लेख लेखेको हुँ ।

यो बुझ्नु होला जसले विवेक पुराउन दिदैन, जसले पाखुरोको वललाई सर्वेसर्वा ठान्छ उ विरुद्ध लेखेर बाचिन्छ होईन लेखेर मरिन्छ बरु तर जनतको न्याय गरिन्छ । यहि ठान्छ यो पंक्तिकार । यसर्थ न्यायपुर्ण समाजको पक्षमा आउनुहोस् । हरेक पेशाका मान्छेलाई स्वतन्त्रपुर्वक काम गर्न दिनु होस् । तपाई आफै पनि विना कारण कसैको ज्यादती सहेको पनि हुन सक्छ  । आउनुहोस त्यसको पनि भण्डाफोर गरौं । समाजको ऐना बनौं ।  देखाउन नमिल्ने कुरा वाहेक अरु सवै देखाउँ । जति लुकाईन्छ उति बढ्छ । 

यो तर्क आज जिल्ला प्रहरी कार्यालयमा जुटेका बुद्धिजिवीहरुले पनि गरे ।  डर लाग्दा यौन काण्डका घटना पनि जिल्ला प्रहरी कार्यालयमा आज सुनियो । एउटा वावुले आफैले जन्माएकी छोरी त्यसमा पनि ६  वर्षिय बालिका वलात्कारको प्रयास गर्ला ? तपाई कल्पना गर्न पनि सक्नु हुन्न । त्यस्तो आरोपमा समेत बाबुले चिसो भुँईको सजाएँ खाई रहेका छन् । उता आफ्नै छोराले आमाको हत्या गरेको छ ।

अर्कोतिर उसैले उसकी श्रीमतिको जवानी लुटेको छ । लुटेका दृश्यहरु सवै श्रीमानको फेशवुकमा पठाई दिएको छ । भन्नुस त ? आफ्नी श्रीमति कसै संग लागेकी छे, भन्ने कुरा मान्छेले सुन्न त सक्दैन भने नाङ्गै पारेर सहवास गरेको दृश्य पठाई दिदा विदेशमा बसेको त्यो पुरुषको अवस्था के भए होला ? ति श्रीमति कस्ती हुन ? यता नाठा संग पनि ठिक्क उता श्रीमानलाई चिप्लो घस्ने र थाङनामा सुताउने कुरा त छँदैछ । पछिल्ला केहि यौन काण्ड र  अर्काकी श्रीमति विगार्ने कुरामा केहि बढि डाईभरदाईहरुको नाम आएको छ ।

सत्य घटना उठाउँदा तपाईहरुलाई आक्रोष उठ्ला । केहि वर्ष अघि कान्छी सिटको कथाः ‘डाईभरदाईको कुईनो कमाला’ बारे मैले डटेर समाचार उठाउँदा तपाईहरु मध्ये केहिले म  विरुद्ध तिग्रे मुग्रेहरु पनि उचाल्नु भएको थियो । डाईभर भन्दैमा सवै पर्नु हुन्न तर केहिका बारेमा भन्नेनै हो भने  गाउँमा छोरी बुहारी बचाउन मुस्कील परेकै अवस्था हो । तपाई गाडी लिएर जाँदा गाउँमा कुनै होटलमा सुत्नुहोस , घर त्यतै हो भने घरै बस्नुहोस । तपाईलाई रातको समयमा कसैका घरको आगो ताप्ने अधिकार छैन् । 

कसैका छोरी वुहारीलाई फोनमा लठ्याउने , सुत्ने कोठामा मध्येरातमा पस्ने गर्नु भयो भने जसरी  आज विहान महिलाहरुले रामधुलाई गरे त्यसै गर्नेछन अव तपाई डाईभरलाई पनि । तपाईलाई मेरो प्रश्नः कहिल्लै तपाईको अगाडीको सिटमा कोचाकोच पुरुष र बृद्ध बृद्धा र अन्य असाहयहरुलाई राख्नु भएको छ ?  कति मन पर्छ तपाईलाई ? कोचाकोच महिला त्यो पनि बैशालु उमेर र रुपवाली ? विभिन्न वाहना पार्दै असाहय र बृद्ध बृद्धालाई पछाडी राखेर अगाडी चुनिन्दाहरु राखेर गित घन्काउने, कुईनो मर्काउने गर्दागर्दै नपग्लीने चिज पनि तपाईले पगालेको हो । सत्य कुरा गर्नु पर्दा महिला होस वा पुरुष नौनी घिउ हो जवानी  । विपरित लिङ्गले पगाल्ने हो भने स्वभाविक रुपले पग्लीन्छ ।

यो कुरा सवै डाईभर दाईहरुलाई त लागु हुन सक्दैन तर सिमित मात्रमा भएका  केहि डाईभरहरुले असिमित घटनाहरु घटाएका छन् ।  अनि म  केहि दिदी वहिनीहरुको रवैया पनि म यहाँ राख्न चाहन्छु । तपाई श्रीमानले पठाएको पैसा लिन आएको हो कि तम्घासमा नाठो पोस्न ? घरमा छोरा छोरीले दुध खान पाएका छैनन तपाईले यहाँ भुस तिग्रेहरुलाई वियरमा डुवाउने ? एक रात बसेर तपाईको ‘सेवा चाकरी’ गरे पावत पैसा समेत दिएको तथ्य दिन पर्छ भने दिउँला म । लाज लाग्दैन छोरा, बुहारी नाती नातिना समेत खेलाएको मान्छेलाई । गाला चाउरी परेकी तपाई सासुको हर्कत त त्यस्तो छ भने अझ  पोटिला गाला भएकी तिम्री बुहारी कसरी बसी होलिन ? 

तिम्रा त  बरु बुढा वर्षमा एक चोटी आउने ठाउँ भारतमा छन तर बुहारीका बुढा तिम्रा छोरा त कम्तीमा तिन वर्षमा नआउने गरी विदेश गएका छन नि होईन र ? सासुले मन थामे पो बुहारी अनि आफ्ना छोरीले पनि मन थाम्लान क्यारे होईन र ? उता बाहरुको अवस्था पनि उस्तै छ छोरा छोरीलाई सम्झाए जस्तो गर्ने अनि ‘माछा’ खोज्न भने नहिडी नहुने ।  

यसरी दुवै पक्षलाई असिमित र उत्कट यौन चाहन भएकै हो भने सवै मिलेर दिल्लीमा जस्तै एउटा रेडलाई एरिया तोकौं । काननुले त अझै न देला अवैध भए पनि तपाईहरु जस्ताले धन्धा चलाउँ  तर यसरी सवैलाई माछा ठान्ने र बनाउने कार्य बन्द गरौं नत्र हिजोको एक टोलीलाई माछा मिठो काँडा तितो बनाए जस्तै भोली तपाईलाई पनि बनाउन सक्छ , चेतना भया....

यस बिषयमा तपाइको प्रतिक्रिया...!