जनता र चुनाव

Posted on: 12 Oct, 2017

गंगा प्रसाद खनाल । विभिन्न परिवर्तनहरुको उपलाब्धिहरुलाई संस्थागत गर्ने क्रममा नेपाल हाल आएर संविधान (जुन २०६२ साल अस्विन ३ गते जारी भयो) लाई कार्वान्यनको दिशातिर अघि बढेको कुरा प्रस्ट रुपमा देख्न सकिन्छ । यसमा धेरे जसो जनता आशावादी रहेको र अव उनीहरुको जिन्दगीमा पनि आमुल परिवर्तन आउछ भन्ने विस्वास देखिन्छ । 

यसरि पटक पटक गरेको सघर्ष को परिवर्तन अव चाहि संस्थागत नै हुन लागेको जस्तो परिस्थिति वनेको छ । हजारौ जनताको त्याग, तपस्या  र वलिदान, वाट एक किसिमको राजनैतिक व्यस्था अन्त भई अर्को व्यस्थामा प्रवेश गरेको पनि जनाजहेरै छ । केन्द्र वाट हुने शासन जुन अव जनताको घरदैलोमा पुगेको छ जसवाट जनताको समस्या स्थानीय निकायवाट नै समाधान हुनेछ भन्ने विश्वास रहेको छ । 

त्यस्तै क्रममा संविधान कार्यान्यन को एक महत्वपूर्ण पाटो चुनाव गराउनु हो र जसमा स्थानीय निकायको चुनाव बैशाख २९, जेस्ठ २९ र अस्विन २ गते गरि सम्पन्न भैसकेको छ । अव संसदीय चुनाव र प्रादेशिक चुनाव लाइ मङ्सिर १० र मङ्सिर २१ को मिति पनि तोकिसकिएको परिस्थिति छ । 

प्रशंग चुनावकै को ! नेपालका सवै जनता मा चुनाव को माहोलले छोएको देख्न सकिन्छ । पहिला को चुनाव भन्दा यसपालिको चुनावलाई नजिक वाट नियाल्ने अवसर मैले पनि प्राप्त गरेको छु । 

स्थानीय निकायको चुनाव मा प्राप्य जनताहरुले आफ्नो मन परेको को  पार्टी को उमेरदार लाई जिताउन दिन रात खटेका थिए । नेपाल को मुख्यतः ठुला दलहरु नेपाली कांग्रेस , नेकपा एमाले र नेकपा माओबादी केन्द्रले नै प्राय जसो स्थानमा जित हासिल गरेको देख्न पाइयो र उमेरदार को जित्ने आधार पनि पार्टी नै देखियो । यस अर्थमा भन्नु पर्दा नेपालका जनताले व्यक्ति भन्दा पनि पार्टी लाई नै धेरै विस्वास गरेको जस्तो अनुभत गरायो ।

नेपालका अधिकांस युवा जो राजनीतिमा दिन प्रतिदिन सामेल त हुँदैन तर राजनीतिमा विस्वास गर्छन, उनीहरुको मनस्थिति पनि योग्य व्यक्ति भन्दा पार्टीमै धेर्रै रहेको देख्न पाइयो । जस्तो कि चुनाव को लागि जुन एउटा माहोल बन्छ आफ्नो मनपरेको उमेरदार लाइ साथ लिएर जनताको घरदैलो मा भोट माग्न गइन्छ, त्यस क्रममा  बिषेशतः पार्टीलाई नै प्राथमिकता दिएको पाइन्छ । 

उमेरदार जस्तो सुकै भएता पनि फलानो पार्टीको उमेरदार भनेपछि धेरै जनता उसको पछी कुदेको देखिन्छ । भोट माग्ने क्रममा जुन महोल हुन्छ उक्त माहोलमा कुनै जनताको चाहना कम्तिमा त्यस माहोल मा अनुहार देखाउनु पनि हुने गर्छ । आज चुनाव मा सहयोग गर्यो भने भोलि उसले जितेमा राम्रो जागिर दिने र सहयोग गरिएन भने भोलि उसले वास्ता गर्दैन भन्ने मुख्य त्रास प्राय जनतामा देख्न्न पाइन्छ । 

कतिपय व्यक्तिहरुले आज पार्टीलाई सहयोग नगर्ने लाई भोलि पार्टीले पनि सहयोग गर्दैन भन्ने जस्ता अभिव्यक्ति दिएको पाइन्छ । यसरि उमेरदार जस्तो सुकै भएतापनि तेही पुराना अनुहार लाई जहिले जिताउनु पर्ने नेपालीको बाध्यता बनेको छ । समग्रमा यो परिस्थिति समाजमा हावी हुन्जेल योग्य व्यक्तिले चुनाव जित्न नसकी तेही पार्टीकै आडमा आएको व्यक्तिले  चुनाव जितिरहेने परिथिति सिर्जना भनेको छ । 

यसरि नेपालका जनताको बाध्यता भनेको नै पार्टीलाई चुनाव जिताउनु बनेको छ । जसको कारणले योग्य उमेरदारको मनोबल घटिरहेको पाइन्छ । तपाई धेरै योग्य हुनुहुन्छ तर तपाइको पार्टी नया छ वा कमजोर छ भने तपाइको चुनाव जित्ने आधार नै नरहने परिस्थिति हामीलाई काठमाडौँ र इटहरी ले राम्ररी सिकाएको छ किनकि जनताहरु पर्टीकै पछाडी कुदिरहेका हुन्छन । 

नया उमेरदार ले सुरुमै हार्छ वा यसको पक्षम भोट कसले दिने भन्ने किसिमको भ्रम सिर्जना गरिन्छ र उसलाई भोट दिने व्यक्तिको पनि मनस्थिति परिवर्तन हुन जान्छ । हार्नेलाई भोट हालेर मेरो अमुल्य भोट किन खेर फाल्ने जस्ता कुराहरु पनि जनतामा आउछन र अन्ततः तेही पुरानो पार्टी वा उमेरदारले चुनाव जित्छ ।

जनतामा पार्टी भन्दा पनि व्यक्ति योग्य वा असल हुनुपर्छ भन्ने ज्ञान नभएको पनि होइन तर ब्यबहारिक रुपमा त्यसलाई उतार्न चाहि कठिन भएको हो । यती हुदा हुदै पनि भविस्य मा पार्टीले हेर्ला भन्ने वा नहेर्ला भन्ने आशा तथा त्रासले मात्र यो परिस्थिति को सिर्जना भनेको हो । त्यसकारण जनतामा एउटा चेतना आउन जरुरि छ जसले पार्टीको पछाडी होइन योग्य र असल व्यक्तिको पछाडी कुद्न प्रेरित गरोस ।    


यस बिषयमा तपाइको प्रतिक्रिया...!