दार्चुलामा ठगुन्नालाई जिताउन भन्दै विदेशदेखि खुलापत्र

Posted on: 30 Oct, 2017

प्रिय दार्चुलाबासी जनसमुदाय !

बिदेशी भुमिमा कामको व्यस्तताले यो पत्र केहि समय ढिला नै लेखियो । आशा छ तपाइँहरुले मेरो 'बाध्यता' र 'विवशता'लाई बुझ्नुहुनेछ । तपाइँहरु आउँदै गरेको 'प्रदेश र प्रतिनिधि' सभाको निर्बाचनमा कसलाई जिताउने कसलाई भोट हाल्ने भन्ने जस्ता यावत कुराहरुमा 'चिया चौतारी' गर्दै हुनुहुन्छ । दार्चुलालाई पनि चुनावको सरगर्मीले छपक्कै छोएको छ । मलाइ पनि तपाइँहरु जस्तै स्वदेशमा बसेर देशको बारेमा चर्चा परिचर्चा गर्न रहर नभाको कहा हो र । बाध्यता विवसता र परिस्थीतीले मलाइ बिदेसिन बाध्य गरायो । विदेश आएँ । म पनि तपाईहरु जस्तै त्यहि सुन्दर सुदुरपशिमको अपि हिमालको फेदमा रहेको प्यारो दार्चुलामा जन्मिएको हुँ । मेरो घर दुहु गाउपालिका क्षेत्रमा पर्छ । मेरा उहिलेका साथीभाइहरु कोहि त्यति कृषि पेशामा आबद्द हुनु हुन्छ, कोहि ब्यापार व्यवसाय गर्नु हुन्छ भने कोहि राजनीति मै संलग्न हुनु हुन्छ भने कोहि मसंगै यतै बिदेशिका 'जुठा' भाडा माझ्दै छन् । मेरो जन्मभुमि पहाडमा खोलाहरु नदीहरु शुसेल्दै बगिराखेका होलान्, प्रकृतिको मनोरम दृश्य झन् हेर्न लायक मनामोहक नै होला । मैले सानो छँदादेखि खेलाएका, अनि खेलेका ढुङामाटो त्यतै छन् । म अहिले यो समयमा सम्झिरहन्छु, मेरो जन्मभुमि, सम्झिरहन्छु मार्मा, सम्झिरहन्छु लेकम अनि ब्यास पनि । लिपुलेकको काखबाट, हिमालबाट बगेर आएको महाकाली नदि, चमेलिया, कालागाड अनि निजांगगाड ।

घरको यादले संधै सताईरहन्छ, अहिले मेरो ब्यत्क्तिगत पाटोलाई अहिले विश्राम दिउँ । कुनैदिन भन्ने नै छु । अहिले चुनाबको संघारमा चुनावकै कुरा गर्दा मनासिब हुनेछ । मलाइ त्यही अपि हिमालको चिसो हावा खादै जीन्दगीका सबै हिउँद, चौमास कटाउने रहर नभएको त कहाँ हो र ? तर, बाध्यताले अचेटिएर, लखेटिएर, मिठो सपनाले घचेटिएर, आफ्नो अनि आफ्नो परिवारको भबिष्यको खोजी गर्दे यसबेला देश बाहिर छु । मलेशियामा बिदेशी मालिकको 'दास' बनेको छु । म मात्रै हैन यहाँ नेपालि दाजुभाई तथा दिदीबहिनीहरु अनगिन्ति भेट्न अनि देख्न पाउँछु । बिदेशी भूमिमा आएर श्रम पसिना बगाएर स्वदेशमा रहेका घरपरिवारलाई पाल्नु हामी सबैको रहर नभई बाध्यता बनेको छ । अरुको भाषामा भन्ने हो भने म अहिले मलेसियन 'ढोके दरवाने' हुँ । ज्यान अरुको भूमिमा भएपनि मन भने त्यतै छ । भुगोलको हिसाबले धेरै टाढा 'सात समुद्रपार' नै छु । तर, अहिले बिज्ञान र प्रबिधिको कारण उति धेरै टाढा हुनु परेको छैन । नजिकै छु जस्तो आभास हुन्छ । कामबाट फुर्सद भएपछि सामाजिक सञ्जालहरुबाट दार्चुलासंग जोडिन पुग्छु । दार्चुला संग साक्षात्कार गर्ने गर्दछु । 

अस्ति मैले नियमित ड्युटीपछि फेसबुकमा आँखा लगाए । मलाई दार्चुलाको दृश्यले बढो 'उत्साहित, रोमाञ्चित' बनायो । सहरमा बस्ने भाइले दार्चुलाको फोटोहरु अपलोड गरेको रहेछ । म धेरै खुशी भएँ, मैले खुसीले मन थाम्न सकिन । मेरो मन एक हिसाबले धेरै रोमान्टिक भयो । हो, त्यही रोमाञ्चित र उत्साहित मनले तपाईहरुको नाममा यो पत्र लेख्ने आँट गरेको हुँ , कोशिश गरेको हुँ । मैले आफुभित्र रहेको थोरै खुसी र आफ्नो अनुभबलाई  साट्न खोजेको हुँ, यसैगरी बुझिदिनु भए हुन्छ । मलाइ आशा र बिस्वास छ तपाइँहरुले मेरो पत्रलाई अन्यथा लिनुहुने छैन । दार्चुलाको खलङ्गामा १० मंसिर २०७४ मा हुने निर्वाचनको लागि उम्मेदवारी दर्ताको कार्यक्रम रहेछ । दार्चुलाबाट एमालेका केन्द्रीय सदस्य युवा नेता गणेश सिंह ठगुन्नाले प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गरेको दृश्यले खुसी भएको हुँ । मैले यो लेख्दै गर्दा तपाईहरुलाई एउटा प्रश्न गरौ लाग्न सक्छ कि , ‘यो त नेकपा एमालेको कार्यकर्ता पो रहेछ ।’ तर, म आज कुनै पार्टीमा आबद्ध छैन । तपाइले गरेको शंका/आशंका गलत प्राय हुनेछ । हो, कुनै बेला म नेकपा माओबादीसँग नजिक थिएँ । माओबादीकै जल्दोबल्दो कार्यकर्ता भनि मानिन्थे तर बिबिध कारणले माओबादी पार्टी छोडेर तटस्थ बसेको छु । म अहिले नजिक छु त मेरो जन्मभूमि, तपाइँ जनमनहरुसंग। मलाइ अझै बिस्वास छ अन्यथा कदापि लिनुहुने छैन  । त्यही मनले यो पत्र लेखिरहेको छु ।

म यसबेला विदेशी माटोमा उभिएको छु । मेरो काधमा विदेशीको श्रम र पसिना छ, तर मेरो मन सधै उतै दार्चुला मा छ, नेपालमा छ, जहाँ मैले मेरा ३५ वर्ष दुख सुख ओकाली ओराली गरेर बिताएको छु । मैले फेरि पनि त्यहि आउनु पर्नेछ ।छिट्टै आउदै छु । मेरो बाल्यकाल जहाँ बित्यो, त्यहीँ बित्नेछ बुढेसकाल पनि । मेरो तँन मन र हृदय सबै–सबै त्यतै छन् । मेरो सुन्दर  दार्चुला मेरो गौरब हो,सान हो  । दार्चुलेली जनता मेरा सान हुन् । त्यही भएर दार्चुलाको माया छ । यहि माया र ममताले आज यो पत्र लेख्ने आट र साहस पनि पलाएको हो ।

प्रियजन !

विदेशमा कमाएको पैसाले घर व्यवहार चलाउन म यो पटक गरि ३ पटक यो भूमिमा टेकेको छु । यहाको बिकास हेर्दा म आफैलाई सोध्छु, ‘कहिले मेरो देश अनि मेरो दार्चुला यस्तै  होला ?’ तर मेरो मनमा सधैं नकरात्मक जवाफ आउथ्यो । त्यहाँको बिकास र समृद्धिका इतिहास हेर्दा यस्तो लाग्थ्यो, ‘समृद्धि र बिकासको लागि देश र जिल्लाले असल नेतृत्व र नेता आबश्यक छ ।’ दार्चुलाका  पुराना नेताहरुप्रति मेरो असाध्यै सम्मान छ । जे गर्नुभयो, सकेसम्म गर्नुभयो । तर, एउटा असल अभिभावक र कुशल संरक्षकको अभाव पनि जरुर थियो । सबैले सक्ने जति गरे , नसक्ने कुरालाइ सकेन भने ,आ-आफ्नो ठाउमा लागे । 

दार्चुलाको लेकम क्षेत्रमा जन्मिएका गणेश सिंह ठगुन्ना नेकपा एमालेको राजनीतिमा केन्द्रीय सदस्य र दार्चुलाको राजनीतिको खम्बा बनेको खबरले म सधै खुशी नै हुन्थे । मलाइ सधै लाग्थ्यो कि दार्चुलामा अरु सबै नेतागण हरु ठगुन्ना जस्तै किन नभईदिए होलान ! सायद यो मेरो मात्रै होइन सबै दार्चुलाबासि आम जनसमुदाय हरुको चाहना थियो । हो, आज त्यही चाहना पुरा गर्ने समय आएको छ, आउने प्रक्रिया सुरु भएको छ । हो, यही कारण म साहस र आटिलो बनेको हुँ । खुसी भएको हुँ । मैले र मेरा दार्चुलाबासी ले यस्तो एउटा सुखद अबसर पाउदैछन् की हामीले आशा गरेको हाम्रो जिल्लाको जनप्रतिनिधि हुदैछन । छिमेकी जिल्ला डडेलधुरा र बैतडीका साथिहरुले कहिले भन्ने गर्नु हुन्छ हाम्रो जिल्लामा प्रधानमंत्री भैसकेका मान्छे हुनुहुन्छ । हो पनि बैतडीका लोकेन्द्र बहादुर चन्द र डडेलधुरा का शेर बहादुर देउबा प्रधानमन्त्री भैसकेका मान्छे हुन् । देउवा बहालवाला पनि हुन्  । उनीहरुको सगौरबता एकहद सम्म साचो पनि हो । 

मैले देखे र बुझेसम्म दार्चुलाको राजनितिमा गणेश जी को प्रभाव ज्यादै छ । त्यहि प्रभावले गत संबिधान सभाबाट लोकप्रिय मतले बिजयी भएका थिए । अहिले मात्रै होइन, हिजोका दिन देखि नै ठगुन्ना जीले आफु र आफ्नो संगठन एमालेलाई संधै जनताको मनमा राख्न सफल भएका हुन् । म र हामी सानै उमेरको छँदा उनको नाम एउटा हिसाबले प्रख्यात नै थियो । जिल्लाको हरेक ठाउँमा पार्टी संगठनलाई बिस्तार गर्ने अभियानमा ठगुन्ना जीलाई चिन्ने मौका पाएको थिएँ । यद्दपी व्यक्तिगत रुपमा उहाँसँग अझै राम्रो चिनजान छैन । जिल्ला बिकास समितिको सभापति हुदाका उल्लेखनीय कामहरुलाई दार्चुलेलीले बिर्सेका छैनन् होला । पूर्वाधारका सवालमा त्यतिखेर पहल नभएको भए सायद दार्चुलामा अहिले सडक संजाल हुने थिएन ।  भारतसंग बिबादित बनाइएको कालापानी नेपालको हो भनेर यहाले गरेको भाषण र चालेका कदमहरु अझै यादगार रहेका छन । जिल्ला बिकास समितिको सभापति हुँदा गरेका कामहरुले नै पछिल्लो समयमा उहालाई चिन्ने र चिनिने मौका पाइयो । पछिल्लोपटक सम्बिधान सभाको सदस्य भैसके पछी उहाले गर्नु भएको बिकासका काम प्रसंसनिय नै छन् । यद्दपी उहाको जिम्मेवारी बिकास भन्दा सम्बीधान निर्माण पहिलो प्राथमिकता थियो ।

लेकमदेखि ब्यास र मार्मा देखि दुहु सम्मको सडक यातायात , बिधुत , खानेपानी , संचार , शिक्षा र स्वास्थ्य क्षेत्रको बिकासमा गरेको उहाकोको योगदानलाई दार्चुला बासिले सधै मनन नमन गर्नेछन । केन्द्रीय राजनीतिमा स्थापित नभए पनि आफ्नो क्षेत्र र जिल्लाबाट विभिन्न जनआन्दोलनमा विद्यार्थी नेताको रुपमा खेलेको भुमिका होस् या २०६२/०६३ को जनआन्दोलनमा पार्टी नेताको रुपमा खेलेको भुमिका सधै मननयोग्य छन । 

यो एउटा खुलापत्र नामक आलेखमा गणेश ठगुन्नाको चर्चा परिचर्चा हुन सक्दैन, कमै हुन्छ । गणेश ठगुन्नाले अहिलेसम्म गरेको बिकासको ठेली बनाउदा यो आलेख अनर्थको हुनेछ , लामो हुनेछ ।  यति हो कि अहिले फेरी तपाइँ हामि दार्चुलेली जनतालाई लाइ एउटा अवसर आएको छ । त्यो अवसरलाई उपयोग गरौँ । बिगत बर्तमान र भबिष्य हेरी फेरी एकपटक गणेश ठगुन्नालाई जिताएर केन्द्रमा पठाउँन सक्छौं मात्र भन्न खोजेको हुँ । गणेश ठगुन्ना एमालेको मात्रै नेता होइन, समग्र दार्चुलेलिको नेता हो, त्यहि रुपमा सबैले लिने हिम्मत अहिले गर्नु जरुरि छ । 

दार्चुलाबासी प्रियजनहरु !

छिमेकी जिल्लामा हेर्नुस दार्चुलाको भन्दा कयौ गुणा बिकास गरेका छन् । उनिहरु  बिकासमा राजनीति हैन, बिकासको लागि राजनीति गर्छन । धेरै समय पछी हामिले नि सम्भावनायुक्त नेता पाएका छौं । हामि अब कुनै अमुक पार्टीका अमुक झोले कार्यकर्ता हुनु हुन्न्न । दुनिया परिबर्तनशिल छ, समय र परिवेश अनुसार सोच र बिचार मा परिबर्तन ल्याउन जरुरी छ । परम्पराबाट निर्देशित सबै कुरा हुबहु लागु गर्न अहीलेको समयले दिदैंन मान्दैन, अस्विकार गर्छ । हिजो कुन पार्टीमा थिए , बाजे कुन पार्टीमा थिए, आमा कुन पार्टीमा, बाबा कुन पार्टीमा भन्दा पनि समग्र देश र जनता कास गरि दार्चुलाको बिकास र सम्वृद्धिलाई केन्द्रमा राखेर नेता छान्नु जरुरि छ । तर हामी अमुक पार्टीको जीन्दवाद र अमुक पार्टीको मुर्दाबादमा अल्झिएका छौं , यो परम्परावादी सोच र चिन्तनलाई जरैदेखि उखेल्न जरुरि छ । हाम्रो पूर्खाहरुको पुस्ता त्यसमै बित्यो । बल्ल हाम्रो राजनीति दलहरुले राजनीतिक आन्दोलन सकियो । अब आर्थिक क्रान्ति अर्थात् समृद्धि भनिरहेका छन् । हो, हाम्रो जस्तो वर्गको पक्षमा आर्थिक क्रान्ति तिनैबाट सम्भव हुन्छ, जसले राजनीति बुझेको छ, जनता बुझेको छ, जनताको समस्याको  अगुवाई गरेको छ । तर, कुनै पनि जिल्ला, देश अथवा क्षेत्र निर्माण लागि एउटा असल अभिभावक आवश्यक जहिल्यै पर्छ । देश या विदेश जही पनि आफ्ना माटोले जन्माएको नेताप्रति गर्व गर्ने अवस्था निर्माण हुन्छ ।

सबै प्रियजनहरु  

विश्वको जुनसुकै देश धनि र सम्बृद्ध बन्नुमा त्यो देशका राजनीतक दल र नेता नै जिम्मेवार रहेका हुन्छन । स्विजरल्याण्ड  सिंगापुरको इतिहास हेरौं जहा टापुलाई देशलाई राजनीतिक नेतृतव ले संसारको हीरा बनाए । हो नेता र नेतृत्वमा बहुत कुरा लुकेको हुन्छ ।गर्न सक्ने नेतालाई अवसर दिन जरुरि छ । संसारको सबैभन्दा समृद्ध र सुन्दर देश चीनलाई हेरौं । राजनीतिक क्रान्तिपछि चीनको भविष्यमाथि संसारले प्रश्न गरिरहेको बेला चिनिया नेतृत्वले नै चीनलाई विश्वको समृद्ध देश बनाए । महाथिर मोहम्मद जसको नेतृत्वमा मलेसियामा विकास सम्भव भएको छ । हो, हाम्रो जिल्लालाई पनि त्यस्तो एउटा नेता आवश्यक थियो । छ । आज गणेशजी  हाम्रो जिल्लाले पाउनु यस कारण पनि खुसीको बिषय हो । गणेशले हिडिरहेको पाइलालाई आज दार्चुलाका हजारौं युवाहरुले पछ्याएको छ । उनको कुशल नेतृत्वलाई सबै दार्चुलाले आशा गरेको छ । नेतृत्व गर्ने क्षमता र कलालाई सबैले मुक्त कण्ठले प्रशंसा गरेको पाइन्छ ।  त्यस्तो नेता हामीले पाउनु हाम्रो लागि कम गर्वको बिषय मान्नु हुँदैन । मलाई लाग्छ, इतिहासले हामीलाई एउटा ठुलो अबसर प्रदान गरेको छ । गणेशलाई फेरी पनि जिताएर दार्चुलालाई समृद्धिको सारथी बनाउन अब हामी जुट्नपर्छ ।

नेपालको भएर पनि परदेशमा हुँदा कहिलेकाही मन बिचलित हुनु स्वाबाबिक नै थियो । मेरो देश, मेरो जिल्ला र मेरा जिल्लाबासीहरुको जीन्दगी त्यही मेरो जस्तै  दुःखमा जाला की भनेर कहिलेकाही सोच्थे पनि । मेरो 'जेनेरेसन'का हरुले जे गरे त्यहि भोगे तर अब त्यस्तो कहिल्यै नहोस । अलि  मलेसिया जस्तो औधोगिक सम्पन्न देशमा बस्दा पनि देशको मायाले कहिलेकाही मन यसै उसै दुख्दो रहेछ । संधै जसो जिल्लाबासीहरुले भोगिरहेका समस्याको समाचारले चित्त दुख्दो रहेछ । कहिले भोकमरी, कहिले सिमा समस्या, कहिले महाकालीमा बाढी त कहिले लिपुलेकका कुरा  । यी र यस्ता डरलाग्दा समस्याले मन त्यसै चिरिन्छ । यी र यस्ता बिषयमा गणेश ठगुन्नाजीले गरेको पहल कदमिको खुलेर प्रसंशा गर्दछु । मैले देखेकोछु, सुनेको छु , गणेश ठगुन्नाले संसद भवन मा बोलेका कुराहरु । ठगुन्नाजीले संसद भवनमा यस्ता कुरा उठाउदै गर्दा हामिहरुको छाती गर्बले फुल्थ्यो । लाग्थ्यो साचो अर्थमा दार्चुलाले नेता पाएकै हो । 

मलाई लाग्छ, अब हाम्रो दुख रोकिने बेला आएको छ । मैले यसो लेखिरहदा अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुलाई लाग्न सक्छ, यो एमाले कार्यकर्ता रहेछ । म फेरि पनि बिन्ति गरेर भन्छु, ‘म कसैको कार्यकर्ता होइन । न अब मलाई नेता बन्नुछ, न कसैको झन्डा नै बोक्नुछ । तर, मलाई समृद्ध दार्चुला हेर्न मन छ । मलाइ सहि र गलत लाइ छुट्याउने हक रहेकोमा उपयोग मात्रै गरेको हुँ । अहिलेका पुस्ताहरुमा मैले दार्चुलाको बिकासको सम्भावना गणेशबाट मात्रै देख्छु । कांग्रेस होस् या माओबादी अरु कुनै पार्टीका नेता भोली गणेशको बिकासको  उचाईमा कोही आएछ भने यसै गरी म उसको पनि समर्थन गर्नेछु । अहिले बाम गठबन्दन भएकोले माओबादीको समर्थन गणेशजीलाई रहेछ । अब म भन्छु कि अहिलेलाई पार्टी र विचार बाद र नाराहरुलाई एकातिर थन्काएर समग्र दार्चुला र दार्चुलेली जनताको लागि गणेश लाइ रोज्नुपर्छ । उहाँ लाई नै जिताउनु पर्छ । 

प्रियजनहरु !

म पनि अहिले सामाजिक संजाललाई भरपुर उपयोग गर्छु । देश बिदेशका खबरहरु सुन्न र हेर्न पाउछु / तपाईहरुलाई थाहै छ, अहिले फेसबुक र अनलाइनहरुले गर्दा देशको कुरो थाहा पाउन सजिलै छ । सामाजिक सञ्जालहरू हेर्न सकिन्छ । पत्रिकाका अनलाइन संस्करणहरु हेर्छु । एमाले इतरका नेताहरुले समेत उहाँको प्रशंसा गरेको देख्छु । सबै तिर अहिले उहाको निकै प्रशंसा गरेको हेर्छु देख्छु  । यो देख्दा मलाई त्यसै गर्व लागेर आउछ । हो, मलाई दार्चुलेली हुनुमा त्यसै गर्ब उसै गर्ब छ / दार्चुला जस्तो बिकट क्षेत्रमा जन्मेर पनि गणेश जस्तो दुरदर्शी इमान्दार सहनशील नेता पाएकोमा गर्व लाग्छ । अब दार्चुलाले केहि रुप फेर्न सक्छ, सक्नेछ भन्ने सम्भावना देख्छु /मनोनयन को दिन जति गणेश जी अनुहारमा खुशी र हर्ष थियो सायद अरुमा त्यति पाइन । हो, गणेश जी को त्यस्तै उज्यालो अनुहारमा हाम्रो अनि हाम्रो पुस्ताको सुन्दर भबिष्यको प्रतिबिम्ब देख्न सक्नु पर्दछ ।

म गणेश ठगुन्ना इतरका पाका पुस्ताकाहरुलाई भन्न चहान्छु, हामि अनि तपाईको सन्ततीको सुन्दर भबिष्य, दार्चुलाको बिकास र सम्वृद्धिको निम्ती एक मत गणेश ठगुन्नालाई दिनुस । शुर्यमा मत दिने हिम्मत हुँदैन भने व्यक्तिगत गणेश सम्झेर दिनुहोस् । म अनि मेरो पुस्ताका सबैलाई भन्न चाहान्छु, हाम्रो सुन्दर वर्तमान र उज्यालो भबिष्यको निम्ती तपाईको एक मत गणेश ठगुन्ना लाई दिनुहोस् । तपाईलाई यस्तो लाग्न सक्छ, ‘मेरो एक मतले के नै  हुन्छ र ? कुरा त्यसो होइन , परिवर्तन तपाईको एक मतले सम्भव छ, समृद्धि सम्भव छ । त्यही समृद्धिका लागि एक मत गणेश जीलाई दिनुहोस् । दार्चुलाबासीको लागि यो एकदमै सही समय हो । भरपुर उपयोग गर्नुहोस । पार्टी, समुदाय, जात क्षेत्र अथवा अरु कुनै हेर्न छोडेर माथि हेरौं । प्रस्ट रुपमा हाम्रो अगाडी सम्भावनाको ढोका छ । हाम्रो बर्तमान र भबिष्य दुवै छ अर्थात् गणेश ठगुन्ना छन्, उनलाई बिजय गराऔं, आफु पनि बिजय होउ !

गणेश सिंह ठगुन्नालाई सुझाब :

कमरेड गणेश ठगुन्ना ज्यु, दार्चुलाबासीले तपाईमा जुन सपना देख्नु भएको छ । त्यो सपनालाई पुरा गर्न अझै बढी प्रयास रहनेछ भन्ने कुरामा म आशाबादी छु । पक्ष र विपक्षका कुरा सुनेर अगाडी बढ्नु हुनेछ भन्ने आशा नि गर्दछु । कसैलाई काखा र कसैलाई पाखा गर्नु हुने छैन । नाताबाद किर्पाबाद र धनबाद भन्दा माथि उठेर दार्चुलाबासीको समस्यामा सधै मलम-पट्टि लगाउनु हुनेछ । म जस्ता हजारौं बिदेशिएका युवाहरुको संधै आशाको केन्द्रबिन्दु रहिरहनु । पार्टीगत स्वार्थ र कार्यकर्तामुखी भन्दा माथि उठ्नु हुनेछ । फरक बिचार र चिन्तनलाई अझै साथ् र सहयोग गर्नु हुनेछ भन्ने पुरा बिस्वास गर्दछु । तपाइको आफ्नै अहिले सम्मको छबीलाई कायम राक्नु हुनेछ ।

यो बिचमा तपाइँ आफै चुनाबी कमान्डर बनेर मैदानमा होमिनु भएको छ । तपाइँ इतरका व्यक्ति र पक्षले भए जसरि तपाइले नि यो कुराको कतै खण्डन गरेको मैले पाइन । पुरा हुन नसकेका प्रतिबद्द्दता हरु बिबिध कारणले पुरा हुन सक्ने अवस्था थिएँन भन्न सक्नु पर्छ । गरेको कुराको स्वामित्व र नगरेको कुरामा गर्न सकिन भन्न सक्नु पर्छ । यो महानता तपाइले देखाउने पर्छ । तपाइँ माथिको भरोसा यो कुराले झन् बद्नेछ , घट्ने छैन / निर्बाचन को पूर्वसन्ध्या मा हुनु हुन्छ। बधाई तथा शुभकामना ब्यक्त गर्न चाहन्छु ।

उही तपाईहरुको मित्र  

बिपुल क्षेत्रि  

हाल मलेशिया 


यस बिषयमा तपाइको प्रतिक्रिया...!