मैले अहिले एकदम सोचेर भनें - 'साथी प्रचन्ड बन्न रहेछ, सबैभन्दा गाह्रो'

Posted on: 20 Nov, 2017

मलाई साथी ले भन्थ्यो सानो हुँदा "ओए ठुलो भएर के बन्न गाह्रो छ ?"

डाक्टर बन्न धेरै पढ्नुपर्ने रहेछ !

खेलाडी बन्न धेरै कुद्नुपर्ने रहेछ !! 

सैनिक बन्न ज्यान स्फुर्त हुनुपर्ने रहेछ !!! 

मैले अहिले एकदम सोचेर भनें -  "साथी प्रचन्ड बन्न रहेछ, सबैभन्दा गाह्रो"

१७००० मान्छे मारेको दोष लिएर हिंड्ने इच्छा कस्लाई नै हुन्छ र ? हुन त हामी नेपाली भेडा नै हौं । हामीलाई "शान्ती सम्झौता"को अर्थ नै थाहा छैन । युद्धमा मर्ने र मार्ने त स्वभाबिक कुरा हो । फेसबुकमा लेख्न, माइतिघर घेर्न, जति सजिलो थियो त्यति सजिलो सायद बन्दुक बोक्न थिएन । एक दिन एउटाको घरमा बसेर बेलुका कसको घरमा बास बस्न पुग्नुपर्ने हो ? घरमा हो कि जंगलमै बास बस्नुपर्ने हो ? वा बेलुका बास बस्न नपाउंदै  दुश्मनको पन्जामा पर्नु पो पर्ने हो कि ? यस्तै यस्तै गरि जनताको मुक्तिको लागि दैनिकी चल्थ्यो  

साच्चै देशको लागि परिआए ज्यान नै दिन र गरिब जनताको मुक्तिका लागि विषम ज्वारमा होमिन त्यस्ती सजिलो थिएन, जति अहिले फेसबुकमा बिरोध गर्न सजिलो छ । 

Wikipedia मा गएर हेर्नुहोला त्यो १७००० को लिस्टमा जनमुक्ती सेनाले कति र पुलिस/सेनाले कति मारेका थिए भनेर । जनमुक्ति सेना जसलाई तपाइँ फेसबुकेहरुले ज्यानमारा भन्नुहुन्छ, सायद अझै तपाइँलाई कसको बलिदानी र त्यागले यो देशमा लोकतान्त्रिक गणतन्त्र आयो भन्ने हेक्का छैन । आज हरेक नागरिकले यो देशमा आफ्नो स्वतन्त्रतामा हिड्न, बोल्न र ब्यबहार गर्न पाएको छैन । सायदै तपाइँ फेसबुकमा माओवादी बिरोध गर्नेहरुले नानाभाती माओवादी योद्धाहरुको खण्डन गर्ने छुट पनि त्यहि  जनयुद्धले नै ल्याएको ब्यबस्थाले दिएको छ । 

त्यहि महान जनयुद्धका नेतृत्वकर्ता प्रचण्डलाई छोटो समयमै आफ्ना दुई सन्तान गुमाउनको पिडा त छँदै छ, चुनाबको मुखमा पुत्र बियोगले सताएपनी आफ्नो पार्टिका कसैलाई पनि चुनावी प्रचार प्रसार नरोक्न भनेका छन् । युद्धका योद्धा भएरै होला आफुलाई हजार ढुंगाले थिचेको जस्तो भएपनि साहश र हिम्मत जुटाएर हरेक पल आफ्नो आँशुलाई रोक्ने प्रयास गरेका छन् । नत्र भने सबैभन्दा पींडाको दिनपनि प्रचन्डले सदाझैं जनताहरु तिर हेरेर हात हल्लए, किन त ? प्रचण्ड तिमी हिंजोको जस्तै जस्तो पींडामा पनि साहशी भईराख, मृग लडे हात्तिले उठाउछ, हात्ती नै लडे कस्ले उठाउछ ? एउटा पुत्रको बियोग भएर चिन्ता नलेउ, हामी एक करोड पुत्रहरु अझै जिउंदै छौँ, सबै मिलेर देशलाई परिवर्तनको बाटो तर्फ घिच्च्याउछौं । 

मलाई साथीले भन्थ्यो सानो हुँदा "ओए ठुलो भएर के बन्न गाह्रो छ ?"

डाक्टर बन्न धेरै पढ्नुपर्ने रहेछ ! 

खेलाडी बन्न धेरै कुद्नुपर्ने रहेछ !!

सैनिक बन्न ज्यान स्फुर्त हुनुपर्ने रहेछ !!!

मैले अहिले एकदम सोचेर भनें "साथी प्रचण्ड बन्न सबैभन्दा गाह्रो रहेछ !!!!"

- दिपेन्द्र न्यौपाने (हाल युएई)

यस बिषयमा तपाइको प्रतिक्रिया...!