आमा ! हामी छोरीहरु किन तिम्रो बुढेसकालको सहारा बन्न सक्दैनौ ?

Posted on: 16 Apr, 2018

सरस्वती अधिकारी (खुशी)/बैशाख ३ काठमाण्डौ | 'माया' जुन शब्द हामी सबैले उच्चारण गर्ने शब्द हो | जुन शब्दको सुरुवात नै आमा हुन् | मायाले नै सिकाइन् माया, ममता त्यसैले अहिले त्यहि शब्द उच्चारण गर्छौ | नौ महिनामा गर्भमा राखेर अनेकौ दुख कष्ट सहेर आफ्नो सन्तानलाई धर्ति मात्र देखाउदिनन् | अमृतसमान दशधारा दुध पिलाएर हुर्काउछिन आमा | आफुले हजारौ कष्ट सहेर भोक प्यास सहेर सन्ततिको उज्ज्वल भविष्यको लागी संघर्ष गर्छिन | तैपनि उनि आफनो सन्तानको खुसीमा नै खुशी हुन्छिन् | आफ्नो पिडाहरुलाई मनमा दबाएर सन्तानको खुशीमा रम्न सक्ने भनेकै आमा हुन् | 

संसारको सबैभन्दा अमुल्य चिज नै आमा हुन् | हामी संसारको जुनसुकै कुरा किन्न सकौला तर आमा किन्न खोजेर पनि पाउदैनौ किनकी आमा आफैमा अमुल्य छिन | उनि त भगवानको पनि भगवान हुन् | जसलाई हामीले पुजा गर्नुपर्छ | 

चाहे शिक्षित हुन् या अशिक्षित सबैभन्दा पहिला आफ्नो सन्तानलाई संसारको सबैभन्दा अमुल्य ज्ञान दिन्छिन् उनि | सन्तानलाई कतै थोरै ठेस लाग्दा पनि भक्कानिएर रुन्छिन आमा तर आफुलाई ठेस लाग्दा मुस्कुराउछिन् कति पनि दुखि हुदिनन् |

खै कुन शब्दले सम्बोधन गरु, के उपहार दिउ ममताकी खानी ती आमालाई | शब्दकोश पल्टाएर हेरे, गुगलमा पनि सर्च गरे तर कतै भेटिन आमाको त्यो अमुल्य गुण तिर्ने उपहार सायद त्यो आमाको माया यो संसारको कुनै चिजमा नहुने भएरै होला | हरपल प्रयास गर्दापनि मैले भेटाउनै सकिन | आमाप्रति गुण लगाउन र अमृतसमान दुधको भारा कटाउन जतिसुकै कोशिस गरेपनि असमर्थ नै भए | 

जब तिमीलाई असहय पिडा हुन्थ्यो तब तिमीले गहभरी आशु पार्थ्यौ र मैले सोध्थे आमा तपाइलाई तर तपाइले मुस्कुरदै जवाफ दिनुहुन्थ्यो "केहि होइन छोरी मेरो आखामा ठुलो पर्यो अनि आशु आयो '' म हतारिदै भित्रबाट कचौराभारी पानी ल्याएर दिन्थे " आमा सरले भन्नु भएको आखामा धुलो पर्दा कचौराभरी पानी राखेर हेर्नुपर्छ रे अनि ठिक हुन्छ रे " | तिमी कति महान थियौ आमा आफ्नो सन्तान खुशी बनाउनकै लागी ती पिडाको आशुलाई कचौराको पानीसित मिसाउथ्यौ | म अबोध थिए तिम्रो दुख बुझ्न सक्दिनथे | 

 जब मैले तपाइको दुखलाई बुझ्न सक्थे त्यसबेला सम्म तपाइको आशु पुछ्ने अधिकार मलाई थिएन आमा | मलाई मेरो माइतीले नौ डाडा पारी बनाइसकेका थिए | म तपाइकै काखमा रमाउन चाहान्थे, खेल्न चाहान्थे, तपाइकै दुखको सारथि बन्न चाहान्थे | तर मलाइ त्यो अधिकार थिएन आमा | आजकाल दाजु भाउजु भाई बुहारी सबै डलरको खेति गर्न थाल्या छन् रे | तिमी उनीहरुको लागी बोझ बन्यौ अरे | त्यसैले होला आमा तिमीलाई वृद्दाश्रममा लागेर फ्याकिदिए | र आज तिमि बुढेसकालमा साहाराविहीन बन्यौ | सहारामा वृद्दाश्रम बाहेक अरु केहि छैन | तिम्रो मन कति जलिरहेको होला ? कति विलौना गरि रुनुहुन्छ होला | तर आमा तिमीप्रति छोराछोरीको माया अलिकति पनि बाकि रहेन सकेन | र त आज वृद्दाश्रमको उत्पति भयो |

सकुन्जेल सन्तानकी लागी लड्यौ तिमि जब तिम्रोको शरीर बुढो भयो अनि काम गर्न नसक्ने भयौ | तिमीलाई सहाराको खाचो हुन थाल्यो अब तिमी आफ्नै सन्तानको पनि  बोझ बन्यौ |

आमा तिमी मात्र होइन म हजारौ आमाहरु रोएको देख्छु, सुन्छु र भक्कानिन्छु | मनमा पीडाको भारी बोकेर हिड्छु | र भन्छु आमा बाबा छोरीसँग किन बस्नु हुदैन ? हामी छोरीहरु किन तिम्रो बुढेसकालको सहारा बन्न सक्दैनौ ? तिमी त छोरा छोरीलाई नै बराबरी माया गर्थ्यो त तर किन छोरीसँग बस्न अस्वीकार गर्छ्यौ आमा ? 

आमा तर आज एउटा कुराको असाध्यै दुख लाग्छ मलाई जब कि आफ्नै आमा सम्झन पनि मातातिर्थ औसी (आमाको मुख हेर्ने दिन) कुर्नुपर्छ रे ? हो त्यो दिन तिमि पनि फेसबुकको वालहरुमा सजिएकी हुन्छ्यौ | तिमीले आफुले मात्र माया गर्यौ आमा आफ्नो सन्ततिलाई माया गर्ने तरिका सिकाइनौ | सायद त्यसैको प्रतिफल होला आमा आज तिम्रो त्यो अमुल्य माया पनि भुल्दै छन् तिम्रा सन्ततिहरु | आमा यहाँ तिम्रा सन्तानहरु व्यावहारिक हैनन् व्यापारिक बन्दै रहेछन | त्यसैले तिम्रो माया भन्दा पनि डलरलाई अमुल्य मान्दैछन् | 

आमा म कसरी हेरु अनि तिमि कसरी सहन्छौ आमा आफुले अमृत पिलाएका सन्तानहरुले विष ओकाल्दा ? अझै पनि तिमि कति सहनशील छौ आमा ? तैपनि सन्तानकै खुशीमा रमाउछौ |

तिमी कति महान छौ आमा है आफ्नो  सन्ततिको लागी हासी हासी मर्न पनि तयार हुने |

यस बिषयमा तपाइको प्रतिक्रिया...!