समय र कर्मको सम्बध

Posted on: 25 Apr, 2018

पूर्वको एउटा गाउँमा लामो समय देखि खेतमा बालिको काममा पानी नपरेको कारणले गर्दा धेरै नै गारो भईरहेको थियो असारको महिनामा पनि पानी नपरेको कारणले गर्दा बालिको नोक्सन् हुने सम्भावना धेरै जसो हुने भैसकेको थियो |

धेरै जसो किसानहरुले काम बिगीरिने डरले आफ्नो काम  छोडेर हात बाडेर बस् थाली सकेका थिए | तर  एउटा किसानले भने  आफनो कामलाई नछोडी  आफनो मेहेनतलाई जारि राखे र कहिँ दिनमा न आकाशबाट पानीको बर्सा भयो  र तो एक जना किसान जसैले हार नमानी मेहेनत गरेको थियो उसको खेतमा मात्र धानको उपजनी भयो| यो कथा त एउटा सानो उदाहरण मात्र हो समय र कर्मको सम्बधको बारेमा |

जसरी एउटा किसानले आफ्नो काम समयमा नै गरि छोडेर र उसले मात्र आफ्नो खेतमा बाली धानको उपाजनी गर्न सके | त्यो नै हो समय र कर्मको सम्बध जसले समय कर्म गर्छ उसले फल पाउछ |

समय र कर्म को सम्बध एक सिकको दुई पाटो जस्तै हो एक छ त अर्कोको छ एक छैन भने त्यो सिकानै होइन |जो मान्छेले समय र कर्म दूबैलाई एक अर्कासंग जोडेर लान सक्छ उसले मात्र जिन्दगीमा सफलता हासिल गर्न सक्छ| समय आफैमा एक मूल्यवान चिज हो | समयले  न त कसैको लागि रोकीएको हुन्छ न त कुनै अबस्थालाई दया नै देखाउछ |

कर्म हामीले गरेको काम र कामको प्रति फल हो | जुन  काम हामीले ठिक समयमा गर्छौं त्यसको प्रति फल नै "कर्म" हो | बाहिरबाट हेर्दा कर्म र समय बिचमा कुनै पनि सम्बन्ध नभएता पनि  भित्रि रूपमा गहिरो नाता रहको छ |कर्म र समय बिच को सम्बन्ध के छ  भने जब एउटा मान्छेले आफनो सहि कर्म सहि समयमा गर्न सक्छ तब मात्र उसैले मात्र जिन्दगीमा आफुले चाहिएको लक्ष्य प्राप्तिको गर्न सक्छ |

आजको समयमा जहाँ एउटा कुर्सिको पछाडी धेरै जनाको आखा लागेको हुन्छ भने त्यस्तो अवस्थामा समयलाई नबुजाने र कर्म नगर्नलाई कहिले जिन्दगिमा सुख र सफलता पाउन सकिदैंन|

यस बिषयमा तपाइको प्रतिक्रिया...!