गीत

Posted on: 06 May, 2018

गीत


उनको कथा बेग्लै थियो मेरो बेग्लै कथा थियो

कथै कथामा अल्झिएको हाम्रो साझा ब्यथा थियो


कथा भित्र सिङ्गो जीवन पोखिएको थियो

मुनामदन लैलामज्नु लेखिएको थियो

कस्तो ब्याथा देखिएछ पात्र आफै थिए

परेलिमा उनको तस्वीर छोपिएको थियो


विश्वास बाहेक अरु बस्त्र सुहाउदैन भन्थिन्

माया नभै कहिल्यै पेट अघाउदैन भन्थिन्

साझा हाम्रो मुटु थियो सुन्दर गाउँ थियो

गाँउ भरि कथा भन्ने हाम्री आमाको नाउँ थियो


विश्वास थियो, प्रेमथियो त्यहि ठुलो जेथा थियो

कथै कथामा अल्झिएको हाम्रो साझा ब्यथा


यस बिषयमा तपाइको प्रतिक्रिया...!