विपी राजमार्ग सिन्धुलीको कि राज्यको ?

Posted on: 01 Jun, 2018

राजमार्गमा निर्वाध रुपमा सबै प्रकारका सबारी साधन गुड्न पाउनु पर्छ । कुनै काइते र बेतुकका नीति छन् भने तिनलाई सँच्याउनुपर्छ । बाटो भत्किए बनाउनु पर्छ । बजेट छैन भने सरकारले बिनियोजन गर्नुपर्छ । विपी राजमार्ग सिन्धुलीको मात्र सम्पत्ति होइन, यो राज्यको सम्पत्ति हो । अवका दिनमा कसैले पनि केही बस्तु, साधन र श्रोतमाथि सिन्डिकेट लाद्नु हुँदैन । 

यो राजमार्गको स्तर उन्नती गर्ने काम सरकारको हो । सबारी त जस्तो सुकै भार बहनको होस् त्यो चलाउन पाउनु, सामान ढुवानी गर्न पाउनु जनताको नैसर्गीक अधिकार हो । बाटो भत्किन्छ भनेर सबारी साधन चल्न नदिनु र नयाँ लुगा फाट्छ, मैलिन्छ भनेर मैलो, पुरानो, फाटेको लगाउने ? के नाङ्गै हिँड्ने । 

त्यसैले कुनै नीति, बिधि, बिधान र कानूनले प्रगतिशील र क्रान्तिकारी बिकास निर्माणका काम गर्न रोक्छ भने त्यस्ता पश्चगामी कानून फेर्ने काम सरकारको हो । सरकार नझुक, साथ दिने जनता छन् । सोच फराकिलो राखौँ

विपी राजमार्ग बचाउने नाममा जिल्लाका केही पत्रकार, बुद्धिजिवी र समाजसेवी भन्नेहरु केही दिन अघि सिंहदरबारस्थित मन्त्रालयमै पुगेर भारी क्षमताका सबारी चलाउन नदिन ज्ञापन पत्र बुझाउन गएको देख्दा निकै टिठ लाग्यो । यस्तो भँगेराको जत्रो छाति राखेर जिल्लाको बिकास हुन्छ र ? यस्तो सोचाइले जिल्लाको बिकास गरौँला भन्ने सोचाई उनीहरुले राखेको भए त्यो केबल दिवा सपना मात्र हुनेछ । आजको बिज्ञान र प्रबिधिको यूगमा पनि यत्ति सानो सोचाई राखेर सिंगो नेपालको बिकास गर्न सकिँदैन । त्यसैले राष्ट्र निर्माणको यस अभियानमा समाजका हरेक क्षेत्र, पेशा, बर्ग, र समूदायका जनताले फराकिलो सोचाई लिएर निःस्वार्थी भावले अगाडी बढ्न सक्नु पर्छ । अनि मात्र सिन्धुली मात्र होइन समग्र देश बन्ने छ । 

- फणीन्द्र फुयाल ज्वाला

यस बिषयमा तपाइको प्रतिक्रिया...!