यस्तो तालले कसरी बन्छ स्मार्ट सिटि ?

Posted on: 03 Jun, 2018

अस्मिता बेल्वासे | काठमाडौँ उपत्यकामा धुवा, धुलो, फोहोरको कारण बढ्दो वातावरण प्रदुषणले मानिसको जन–जिवन कष्टकर बन्दै गएको छ । चुनावको बेला नेताज्युहरुले जनता सामु काठमाडौ सिटिलाई स्मार्ट सिटी बनाउने सपना नबाढेको कहाँ पो हो र ? आखिर नेताज्युहरुले चुनावमा दिएका सपनाहरू सपनामा नै सिमित रहे ।

जनसङ्ख्याको चाप भएको काठमाडौँ शहर धुवाँ-धुलोको प्रदुषण पनि उत्तिकै फिजिएका छ । बाटो फराकिलो बनाउन भत्काइएका सडकबाट उड्ने धुलोसँगै सवारी साधनबाट निस्कने धुवाँका कारण उपत्यकाका जनताले सास्ती भोग्नु परेको छ । सडक विस्तार गर्न सरकारले योजना धेरै सुनायो तर कार्यन्वायनभने गरेको छैन । संधै व्यस्त हुने उपत्यका सडकहरुमा जनताले धुवाँ-धुलो खाँदै हिड्न वाध्य भएका छन् । कहिले जान्छ सरकारको ध्यान ? यस्ता वाध्यताहरु निम्त्याउन सडकको धुवाँ-धुलो र हिलोमा जोखिमपूर्ण यात्रा गरिरहेका आम जनताप्रति सरकारको ध्यान गएको छैन । सूचना कमी भएको हो की सरकारले कानमा तेल हालेर बसेको हो ? जनतामाथी बेखबर छ सरकार । 

 

धुवाँ-धुलो मात्र होइन, घरबाट निस्कने फोहोर पनि उत्तिकै छ- सडकका किनारमा, न त निर्माण गर्न लागेको सडक विस्तार गरेको छ, न त फोहोरलाई व्यवस्थापन गर्न सकेको छ सरकारले । काम जिम्मेवारी लिएका निकायहरुले समयमा पूरा नगर्दा जनताहरु प्रदुषणबाट निसास्सिएका छन् । सडकमा हिड्ने अवस्था छैन । घाम लाग्दा धुँलोले मान्छे ढाक्छ भने पानी पर्दा हिलाम्मे हुन्छ सडक । कतिसम्म सास्ती भोग्नु पर्ने हो जनताले ? सडकमा हिडिसक्नु छैन । जनताप्रतिको स्वास्थ्यमा कसले चासो राख्ने ? झन–झन जनताको स्वास्थ्य माथी असर बढ्दै गएको छ । शारीरिक कमजोरीहरु भएर रोगी बढ्दैछन् । यस्तो अवस्थामा सरकारको ध्यान कता छ खै ?

जनताले अपेक्षा गरेर चुनिएको सरकार आज मौन छ । विकासका रुपमा सरकारले दिएको सास्तीले जनता आजित बनेका छन् । धुवाँ-धुलो हिलो फोहोरमा हिड्नु पर्ने बाध्यता टार्न नसक्ने सरकार छ भने आम जनताको समस्या कसले सुन्ने ? यस्तो सास्ती कहिले सम्म हुन्छ, केही ठेगान छैन । अझै पनि सरकारले काम गर्ला भन्ने जनताको आश मरिसकेको छ । 

सरकाको कामबाट आम जनताले राहत पाउने आश मारिसकेका छन् । एक वर्ष सडक विस्तार गर्ने, फोहोर व्यवस्थापन गर्न भनि योजना निकाल्छ तर अर्को वर्ष ति योजनाहरु नै भत्काएर मौन बस्छ सरकार । कामलाई निरन्तर पूर्णता दिन सकेको छैन । सरकारले आम जनतालाई दुःख र सास्ती बाहेक केही दिन सकेको छैन । सरकारले यस्ता अन्य अव्यवस्थीत भएको ठाउँलाई मध्यनजर गरेर कहिले संवेदनशील भई सोच्न सक्ला ? 

सरकारले सुरु गरेको योजना विस्तारको अभियान कहिले पुरा हुन्छ ? उपत्यकाका जनताले कसरी र कहिले सहज र सुरक्षित यात्रा गर्न पाउँछन् ? यही कुरालाई आम जनताले पर्खिरहेका छन् । सरकारले बनाएको हरेक योजना विकास जनताको लागि भएता पनि त्यस्ता विकासले उल्टो जनतालाई सास्ती दिइरहेको छ । बिकासको नाममा दुःख र सास्ती मात्र भोग्नुपर्ने कस्तो विकास हो यो ?


समयमै योजना विकास गर्न नसक्दा आम जनता माथीको स्वास्थ्य र अधिकारलाई ध्यान नदिएको सरकारले समयमै योजना कार्यन्वायन गर्न सकेन भने हजारौँ आम जनता प्रति नकारात्मक असर पर्न जान्छ । यस्को जिम्मेवारी कस्ले लिन्छ ? प्रश्न सरकारलाई छ । 

समयमै विकास योजनाहरु कार्यन्वानमा आउन सके र सडक विस्तार र फोहोर व्यवस्थापन गरिएर भत्काइएका गल्लीहरु समयमै निर्माण भए जनतामा सहजता हुने थियो कि ? 

यस बिषयमा तपाइको प्रतिक्रिया...!