अब हामी बिदेश नजाउन्जेल हाम्रो दैनिकी सरकारले टारीदिनु पर्यो...

Posted on: 13 Sep, 2018

मैले मलेशिया स्थीत सानोवारी कम्पनीमा सेक्युरिटीको लागि सामाखुसी टाउन प्लानिङ स्थीत एक म्यानपावर मा २०७४/११/१० गते पासपोर्ट बुझाएको थिएँ । तर सरकारले मलेसिया जान रोक्का गरिदिँदा समस्यामा छु । 

सरकारकै कारण भिषा आउन ढिला भएको मेनपावरले भन्दै आएको छ । गर्दा कामदारको हितका लागि भन्दै लगभग ४ महिना देखि सरकारले मलेसिया जान पुर्ण रुपमा बन्द गर्यो । यसले देशको कुल रेमिट्यान्सको ३५% हिस्सा ओगटेको मलेसियामा कामदार जान रोक लगाउनु सरकारले पनि ठुलो घाटा बेहोर्नुपरेको छ । यता अन्दाजी १५ हजारको भिसा आएर रोकिएको छ भने त्यो भन्दा धेरै संख्यामा पासपोर्ट बुझाएर भिषाको पर्खाइमा छन् । 

म जस्ता नेपाली युवाहरुको अवस्था बिहान खाए बेलुका के खाने भनेर गरिबीले किलकिले समाई रहेको छ । तर सरकारले भने दिन, हप्ता, महिना गर्दै ६ महिना या ३६५ दिन नै मलेसिया रोक्न लागिरहेको जस्तो छ । अब हामी बिदेश नजाउन्जेल हाम्रो दैनिकी सरकारले टारीदिनु पर्यो, होइन भने छिटो भन्दा छिटो मलेसिया खुलाउनु पर्यो । यस्तो फितलो कुटनीतिक पहल गरेर समृद्ध नेपालको सपना पूरा हुँदैन । नेपालमै हामीलाई रोजगारी दिन सकिन्छ भने पूर्वाधार निर्माण जरुरी छ, जुन भाषण जस्तो सजिलो छैन । अब प्रश्न :- मैले मलेसिया खुल्ला भएको कति दिन, महिना या वर्षमा सुन्न पाउछु ? कृपया सरकारी निकाय वा जिम्मेवार अधिकारीले चित्त बुझ्दो जवाफ दिन बिनम्र अनुरोध गर्दछु । धन्यवाद ।

- नारायण दाहाल 

पिडित 

यस बिषयमा तपाइको प्रतिक्रिया...!