श्रम मन्त्री विष्टलाई सुझाव - 'लामो समयसम्म मलेसिया कामदार पठाउन नरोक्नुस्'

Posted on: 10 Oct, 2018

नारायण दाहाल | ३०-३५% रेमिट्यान्सको हिस्सा ओगटेको मलेसिया यति लामो समयसम्म रोजगारीको लागि मलेसिया जाने कामदार यती लामो समयसम्म रोक्दा राज्यले नै ठूलो घाटा बेहोर्नुपरेको छ । 

भोलि मलेसिया गएर आर्जन गरेको रकम आफ्ना छोराछोरीको स्कुल फि देखि बुढा भएका आमा बा को उपचार अनि मासिक रुपमा कोठा भाडादेखि बिहान बेलुकाको छाक टार्न समेत मुस्किल परेको सम्बन्धित मन्त्रालयका माननिय मन्त्रि ज्यूले बुझ्नु जरुरी छ । 

मलेसिया रोक लगाउनु कामदार कै हितमा छ तर यति लामो समयसम्म रोक लगाउनु कामदारको हितमा पक्कै हुदैन । त्यसैले कृपया यसलाई भोलि गरौला भनेर अब अरू लम्ब्याएर हामीलाई थप आर्थिक भार नथोपरी दिनुहोला । अब सम्झौतामा हस्ताक्षर गर्न मात्र बाँकी छ भन्ने खबर आएको छ यो पनि चाडै गरेर खुल्ला गरीए राम्रो हुने थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!