नेपालमा हुने हवाई दुर्घटनाको जिम्मेवार को ?

Posted on: 28 Feb, 2019

सचिन्द्र श्रेष्ठ । हिजो आज नेपाल होस् या बिश्वका अनेक देशहरुमा मौसमको प्रतिकूल असर परेको छ। यसको प्रत्यक्ष असर अहिले हवाई मार्गमा समेत देखिएको छ। जसको असर आज ताप्लेजुङमा भएको हवाई दुर्घटनालाई मान्न सकिन्छ ।

नेपालको हवाई दुर्घटनाको इतिहासलाई हेर्ने हो भने हालसम्म छ दर्जन भन्दा बढ़ी विमान दुर्घटनामा परेको तथ्यांक छ । नेपालमा पहिलो हवाई दुर्घटना ६ अक्टोबर १९७३ मा भएको पाईन्छ । सोही आधारमा हेर्ने हो भने हालसम्म नेपालमा ७२ हवाई दुर्घटना भएका छन् ।

नेपाली आकाशमा भएको सबैभन्दा ठूलो जहाज दुर्घटना सन् १९९२ मा काभ्रेको भट्टेडाँडामा पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए)को जहाज दुर्घटना हो । त्यो जहाज दुर्घटनामा एक सय ५७ जनाले ज्यान गुमाउनुपरेको थियो।

त्यसपछि पनि अनेक दुर्घटना नेपाली आकासमा दोहोरिएको छ तर त्यसको निराकरण भने अहिलेसम्म हुन नसकिरहेको अवस्था छ । हवाई दुर्घटना यस्तो दुर्घटना हो जसले जन धनको क्षति पूर्ण रुपमा गर्ने गर्दछ। यसको दुर्घटनाबाट मानबिय क्षति हुने सम्भावना बढी हुन्छ । मानिस बाच्न सक्ने सम्भावना न्यून रहन्छ । जसका कारण ठुलो क्षति ब्यहोर्नु परेको छ।

हवाई उड्डयनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आइकाओले जुन देशमा हवाई दुर्घटना हुन्छ त्यस देशमै दुर्घटनासम्बन्धी छानबिन आयोग गठन गर्नुपर्ने प्रावधान राखेको छ तर पनि त्यसले गतिलो समाधान दिन सकेको छैन । अझ अचम्म त यो छ की हिजो भएको दुर्घटनाका पीडित स्वयंम मन्त्रि नै यससँग सम्बन्ध हुनुहुन्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई दुर्घटना छानबिन समितिको प्रतिवेदन पूर्णरुपमा लागू गरिए पनि कतिपय मानवीय त्रुटिका कारणले दुर्घटना दोहोरिएको बताएको छ । तर सत्य अझै प्रस्ट छैन।

हवाई दुर्घटनाका विभिन्न कारण रहे पनि यसको उड़ान हुनुपूर्ब नियमित जाँच, पाइलटको स्वास्थ्य चेकअप, मौसमको पूर्ब र पूर्ण जानकारीमा कमी हुनुले यस्ता घटना नेपालमा दोहोरिएको पाइन्छ । यस्ता घटनामा कस्को लापरबाही भनेर खण्ड़न गरेर, सरकार छानबिन समिति बनाएर समय बर्बाद गरी रहनु भन्दा अब यो खालको दुर्घटनामा कमी ल्याउन कसरी सकिन्छ भनेर राय सल्लाह लिनु पर्दछ।

नेपालमा हवाई क्षेत्रले ६८ वर्षको यात्रा पूरा गरिसकेको छ । तर समय समयमा हुने हवाई दुर्घटनाका कारण युरोपियन युनियन (ईयू)ले नेपालको हवाई सुरक्षा अवस्था सन्तोषजनक नभएको भन्दै सुरक्षा चासोको लिस्ट (कालोसूची)मा यसलाई राखेको थियो। यसअघि विश्व नागरिक उड्डयन (आईकाओ)ले पनि देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल)लाई कालोसूचीमा राखेको थियो । पहिले भन्दा केहि सुधार त अंतरराष्ट्रीय बिमान स्थलमा स्वयं पर्यटन मन्त्री रबिन्द्र अधिकारीको समेत हात रहेको छ।

तर नेपालको पर्यटन मन्त्रीले आगामी दिनमा प्रदेश ४ को राजधानी पोखरा होस् या अन्य स्थानमा हवाई बिमान स्थललाई सुधार र नया गति दिने काम भने उनको पालामा अधुरो नै रहयो । अलबिदा मन्त्री साब !

यस बिषयमा तपाइको प्रतिक्रिया...!