काठमाण्डौं हेटौंडा सुरुङ्गमार्गका ठगहरुलाई कारवाही गर्न राज्य उदासीन किन ?

Posted on: 14 Mar, 2019

नेपाल पुर्वाधार विकास कम्पनी लिमिटेडको संचालक समितिका पदाधिकारीहरूले मकवानपुरका स्थानीय बासिन्दाहरुका लागी हेटौंडा काठमाडौ सुरुङमार्गका लागी शेयर जारी गरे पश्चात को केही महिना पछि सर्व साधारण नागरिकहरुका लागि शेयर जसरी भए पनि जारी गर्नुपर्ने हुन्छ । आजसम्म नेपाल पुर्वाधार विकास कम्पनी लिमिटेडका संचालक समितिका पदाधिकारीहरुले सर्वसाधारण नागरिकहरुका लागि शेयर जारी गरेन किन ? यसप्रकार नेपाल पुर्वाधार विकास कम्पनी लिमिटेडको संचालक समितिका पदाधिकारीहरुको नियतमा नै खोट रहेको देखिन्छ र स्थानीय नागरिकहरुको शेयर रकम ठगी गर्ने मनसाय देखियो। विभिन्न दलहरूको नेतृत्वमा रहेको सरकार पक्षले आजसम्म नेपाल पुर्वाधार विकास कम्पनी लिमिटेडको संचालक समितिका पदाधिकारीहरुलाई कार्वाही गरेन किन ? यसकारण नेपाल पुर्वाधार विकास कम्पनी लिमिटेडका संचालक समितिका पदाधिकारीहरुबाट माधव कुमार नेपालको नेतृत्वमा, झलनाथ खनालको नेतृत्वमा, बाबुराम भट्टराईको नेतृत्वमा, सुशील प्रसाद कोइरालाको नेतृत्वमा, शेर बहादुर देउवाको नेतृत्वमा, पुष्प कमल दाहालको नेतृत्वमा र के पी शर्मा ओलीको नेतृत्वमा रहेको सरकार पक्षले कमिसन कति खाएको छ ? नेपाल पुर्वाधार विकास कम्पनी लिमिटेडका संचालक समितिका पदाधिकारीहरुलाई कार्वाही गर्नका लागि कम्पनी रजिष्ट्रारको  कार्यालय, नेपाल स्टक एक्सचेञ्ज, धितोपत्र बोर्ड र कार्वाही गर्ने सम्बन्धित निकायहरू चुपचाप र मौन किन ?

नेपाल पुर्वाधार विकास कम्पनी लिमिटेड तथा चीनको पावर चाइना कम्पनी बीच काठमाडौँ– कुलेखानी– हेटौंडा सुरुङमार्ग आयोजना निर्माण तथा संचालन व्यवस्थापनको निमित्त मिति २०७५ साल श्रावण ०९ मा संयुक्त विकास सम्झौता भएको छ भन्ने कुरा सुन्नमा आयो । 

यस्तै सूचना लगभग एक/दुई वर्ष पहिले पनि नेपाल पुर्वाधार विकास कम्पनी लिमिटेड तथा क्यानडियन कम्पनी बीच काठमाडौ– कुलेखानी–हेटौंडा सुरुङमार्गको सम्झौता भएको कुराहरू चर्चामा आएको थियो । यसप्रकार नेपाल पुर्वाधार विकास कम्पनी लिमिटेडका कार्यसमितिका पदाधिकारीहरुले नेपाल पुर्वाधार विकास कम्पनी लिमिटेडका शेयर धनीहरुलाई सुरुङमार्गको सम्झौता भएको छ भनी पटकपटक झुक्याउने कहिले सम्म हो ? 

नेपाल पुर्वाधार विकास कम्पनी लिमिटेडका कार्यसमितिका पदाधिकारीहरुले ६/७ वर्ष बाट सुरुङमार्ग बनाउने नाममा शेयर धनीहरुलाई झुक्याउंदै आइरहेका छन । नेपाल पुर्वाधार विकास कम्पनी लिमिटेडका कार्यसमितिका पदाधिकारीहरुलाई कार्वाही गरि शेयर धनीहरुको शेयर लगानी हरु लाई सुरक्षित गरि फिर्ता गर्ने कसले ?

अहिले फेरि भवन भट्ट लाई अध्यक्ष बनाइएको छ । ठग र माफियाहरुलाई सरकारको नै सहयोग रहेको देखिन्छ । नत्र सुरुङ्गमार्गका पदाधिकारीहरुलाई कार्वाही गर्न सरकार उदासीन छ किन ?

नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको काठमाण्डौं हेटौंडा सुरुङमार्ग कार्य समिति पदाधिकारीहरुले सर्वसाधारण र आम नागरिकहरुको शेयर लगानी ३१ करोड रकम दुरुपयोग गरेका छन् । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको काठमाण्डौं हेटौंडा सुरुङ्गमार्गका ठगहरुलाई कारवाही गर्न राज्य उदासीन किन ? 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौ ,प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय हेलो सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग मन्त्रालय र अर्थ मन्त्रालयलाई  वि.सं. २०७३ साल चैत्र  १५ गते उजुरी दिदा ३१ करोड रकम दुरुपयोग गर्ने नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको काठमाण्डौं हेटौंडा सुरुङमार्गका सम्पूर्ण कार्यसमिति पदाधिकारीहरुलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौ ,प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय हेलो सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग मन्त्रालय र अर्थ मन्त्रालय राज्यबाट कारवाही भईरहेको छैन किन ?

नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको काठमाण्डौं हेटौंडा सुरुङमार्गमा सर्वसाधारण र आम नागरिकहरुको शेयर लगानी रहेको छ। आम नागरिकहरुले आफ्नो कष्‍ट र दुःख गरेर बगाएको रगत, पसिना र मेहनतको कमाइ काठमाण्डौं हेटौंडा सुरुङमार्गको शेयरमा लगानी रहेको मध्ये ३१ करोड रकम नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको काठमाण्डौं हेटौंडा सुरुङमार्गको कार्य समिति पदाधिकारीहरुले दुरुपयोग गरेका छन्। दुरुपयोग गरेको ३१ करोड रकम तत्कालिन अध्यक्ष कुश कुमार जोशी सहितको कार्य समिति पदाधिकारीहरु, निवर्तमान अध्यक्ष भवन भट्ट सहितको कार्यसमिति पदाधिकारीहरु र अध्यक्ष लाल कृष्ण केसी  सहितको कार्यसमिति पदाधिकारीहरु  कस कसले दुरुपयोग गरेका छन्। राज्यबाट कारवाही गरिनु पर्दछ । 

सर्वसाधारण र आम नागरिकहरुको काठमाण्डौं हेटौंडा सुरुङमार्गमा शेयर लगानी रहेको ३१ करोड रकम दुरुपयोग गर्नेहरुको सम्पत्ति र जाय जेथाहरुबाट असुल गराई राज्यले काठमाण्डौं हेटौंडा सुरुङमार्ग निर्माण कार्यलाई यथाशीघ्र संचालन गराउनुपर्दछ। 

नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको काठमाण्डौं हेटौंडा सुरुङमार्ग राज्य (सरकार) ले गर्दा ओझेलमा परेको छ। विकास निर्माणमा राज्यको पटक्‍कै चासो देखिंदैन।

नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको काठमाण्डौं हेटौंडा सुरुङमार्गको लागी राज्यले नै अनुमती दिएको थियो। आजसम्म काठमाण्डौं हेटौंडा सुरुङमार्ग निर्माण भइ सक्नुपर्ने हो तर विडम्वना भएन यसमा राज्य (सरकार) नै दोषी र जिम्मेवार छ । सुरुङमार्ग निर्माणका लागि राज्यका प्रमुख पद ओगटेर बसेका नेताहरु मौन किन? काठमाण्डौं हेटौंडा सुरुङमार्ग निर्माणमा राज्यलाई चासो नभएको किन? राज्य लाचार र निरही किन? खुलेआम ३१ करोड रकम दुरुपयोग गर्ने ठगहरुलाई छुट किन? राज्यको प्रमुख पद ओगटेर बसेका र प्रमुख ओहदामा भएकाहरुको मिलोमतो ठगहरुसँग छ के? यदि छैन भने नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले निर्माण गर्ने भनिएको काठमाण्डौं हेटौंडा सुरुङमार्ग कार्य आजसम्म संचालन गर्न नसकी ३१ करोड रकम स्वाहा भइ सक्यो तर ३१ करोड रकम दुरुपयोग गर्ने ठगहरुलाई राज्यले कारवाही गरेको छैन किन? साच्चिकै हाम्रो मुलुक नेपालमा कानूनी शासन नभएको हो त ? 

मकवानपुरमा पनि घर भएका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अरु विषयमा ठुलठुला कुरा र भाषण गर्छन तर काठमाण्डौं हेटौंडा सुरुङमार्ग विकास निर्माणमा चासो र लगानी खोई? मकवानपुरमा घर भएका अहिले भर्खरै काँग्रेश पार्टीबाट राज्यमन्त्री बनेका इन्द्र बानियाले मकवानपुरमा पनि अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर मकवानपुरवासीलाई दिवा सपना बाँडेका छन् तर काठमाण्डौं हेटौंडा सुरुङमार्ग विकास निर्माणमा चासो र लगानी खोई? र मकवापनुरमा घर भएका नेपालको ऐन, नियम र कानून बनाउन गएका रामनारायण विडारीको काठमाण्डौं हेटौंडा विकास निर्माणमा चासो र लगानी खोई? यस्तै मकवानपुरमा घर भएका सांसद सुभाष चन्द ठकुरी बाहेक मकवानपुरका सांसद (सभासद) हरुको काठमाण्डौं हेटौंडा सुरुङमार्ग विकास निर्माणमा चासो र लगानी खोई? भाषण र गफ ठुल ठुला दिने गर्छन काठमाण्डौं हेटौंडा सुरुङमार्ग विकास निर्माणमा मकवानपुरका सांसदहरु कसैलाई पनि पटक्‍कै चासो छैन किन? 

राज्यले नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको काठमाण्डौं हेटौंडा सुरुङमार्ग निर्माण गर्नेबाट कर र राजस्व लिइरहेको छ। राज्यले यसरी उम्कन पाउँदैन, छिनोफानो लगाउनुपर्दछ। राज्यले आम नागरिकहरुलाई मुलुकमा कानूनी शासन भएको अनुभूती दिलाउनु पर्‍यो । 

यसकारण हाम्रो मुलुकमा रहेका अनुसन्धान, अनुगमन र छानबीन गर्ने निकायहरुले ऐन, नियम र कानून बमोजिम सर्वसाधारण र आम नागरिकहरुको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको काठमाण्डौं हेटौंडा सुरुङमार्गमा रहेको ३१ करोड रकम शेयर लगानी दुरुपयोग गर्नेहरुलाई यथा शीघ्र कारवाही गरिनुपर्दछ ।सुरुङ्गमार्गका ठगहरुलाई कारवाही गर्न राज्य उदासीन किन ? 


- राकेश कुमार शर्मा 

(स्वतन्त्र नेपाली नागरिक)

जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं.–२

यस बिषयमा तपाइको प्रतिक्रिया...!