‘ड्रीम फाप्ला’बारे भ्रम र वास्तविकता

Posted on: 26 May, 2016

यज्ञराज जोशी | फाप्ला फेरी एकचोटी चर्चामा छ । देशकै सवैभन्दा लामो क्रिकेट प्रतियोगिता धनगढी क्रिकेट लिगको आयोजनाबाट अस्तित्वमा आएको फाप्ला क्रिकेट मैदान धनगढीमा नेपाल प्रिमियर लिग (एनपीएल) को सफलता पछि झन बढी चर्चित बन्यो । त्यसपछि यस क्षेत्रको क्रिकेट विकासका अभियान्ता सुवाश शाहीले फाप्लामा अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण अभियान (ड्रीम फाप्ला) सुरु गरेपछि यो सधै मिडियामा छाई रह्यो । सुवाश शाही तथा ड्रीम फाप्लाको लामो प्रयासपछि सरकारले फाप्ला निर्माणका लागि बजेट छुट्यायो । यस आर्थिक बर्षमा छुट्याएको ४५ लाख बजेट मध्ये १५ लाख निकासा गरेपछि फाप्ला विवादमा आएको छ । रकम निकासाबारे आर्थिक बर्षको अन्त्यमा जानकारी पाएको जिल्ला विकास समिती कैलालीले ड्रीम फाप्लालाई एनजिओकोआरोप लगाएको छ । ड्रीम फाप्लाको सुरुवात देखि नै आफु सक्रिय भएर लागेको नाताले ड्रीम फाप्लाको यथार्थता र अबको बाटो यहाँ राख्न चाहान्छु ।

के हो ड्रीम फाप्ला ?

ड्रीम फाप्ला, फाप्ला अन्तराष्ट्रिय रंगशाला निर्माण अभियान हो । सुवाश शाहीको नेतृत्वमा रहेको ड्रीम फाप्लामा स्थानिय डिलासैनी सामुदायिक बनका पदाधिकारी, यस क्षेत्रको क्रिकेट विकासमा लामो समय खटिएका व्यक्तित्व, स्थानिय राजनैतिक दलका पदाधिकारी, पत्रकार, स्थानिय व्यवसायिहरु अनि सरोकारवाला सम्पुर्ण निकायको प्रतिनिधित्व रहेको उपभोक्ताहरुको समुह ड्रीम फाप्ला हो र अफिसियल कार्य गर्न सजिलो होस भनेर नेपाल सरकारको सम्पुर्ण निती, नियमको पालना गर्दै पुर्ण रुपमा गैर नाफामुलक संस्थाका रुपमा विधिवत रुपमा यो जिल्ला प्रशाशन कार्यालयमा दर्ता छ । फाप्लालाई अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने उदेश्यले १ बर्ष अघि थालिएको यो अभियान हो ।

ड्रीम फाप्लाको उदेश्य के हो ?

ड्रीम फाप्लाको मुख्य उदेश्य ५ बर्ष भित्र ४० हजार दर्शक क्षमताको अन्तराष्ट्रिय रंगशाला धनगढीमा निर्माण गरि यस क्षेत्रको आर्थिक, सामाजिक विकासमा भुमिका खेल्नु हो । यही स्पष्ट भिजनका साथ ड्रीम फाप्लाअघि बढिरहेको पनि छ र धेरै महत्वपुर्ण कामहरु सम्पन्न गरिसकेको छ ।

फाप्लामा ड्रीम फाप्लाले आज सम्म गरेको काम के के हुन?

एक बर्षको छोटो अबधीमा ड्रीम फाप्लाले निकै ठुलो उपलब्धीहरु हासिल गरेको छ । जुन निम्न प्रकार छन ।

१) फाप्लाको पहिचान: 

केही समय अघिसम्म गुमनाम रहेको फाप्लालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा पहिचान दिने कार्य ड्रीम फाप्लाले गरेको छ । यसले एकातिर पर्यटकिय विकासमा मदत पुुगेको छ भने अर्कातिर धनगढीको पहिचान अझै फराकिलो बनाउँन सहयोग पुर्याएको छ ।

२) बजेट विनियोजन:
सरकारले बजेट विनियोजन गर्नुभन्दा केही समय अघि ड्रीम फाप्लाका अभियान्ता सुवाश शाही, धनगढीमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको माग सहित हालसम्म गरिएका कामहरुका फाईलहरु बोकेर मन्त्रालय धाएका थिए । धनगढीलाई क्रिकेटको शहरको उपमा दिलाईसकेका शाही तथा टीमले यहाँको क्रिकेट विकासमा खेलेको भुमिकाबाटप्रभावित हुदै नेपाल सरकारले बजेट मार्फत फाप्लामा रंगशाला निर्माणमा बजेट छुट्याउँने घोषणा गरेको सवैलाई स्पष्ट थाहा छ ।

३) तटबन्ध निर्माण:
फाप्ला मैदान मोहना नदिको किनारमा पर्दछ । बर्षेयाममा मोहना नदिको बाढीले फाप्लालाई चुर्लुम्म डुबाउँने भएकाले तटबन्ध निर्माण आवश्यक थियो । त्यस कुराको महशुस गर्दै आफ्नो व्यक्तिगत सम्बन्धका कारण सुवाश शाहीले तत्कालिन सिचाईमन्त्री एनपी सावँदलाई आफुहरुको फाप्लामा रंगशाला निर्माणको अभियान सुरु गरेको र बर्षेनी आउँने बाढीले अभियान सफल हुन नसक्ने बताए, सँगसगै शाहीले मन्त्री सावँदलाई हालसम्म धनगढीको क्रिकेट विकासमा दिनरात खटिएको फाईल देखाएपछि त्यसबाट प्रभावित भएर मन्त्री सावँदले जनताको तटबन्ध कार्यक्रम मार्फत मोहना नदिमा तटबन्ध निर्माण गर्ने कार्यक्रम स्वीकृत गराए । जसको टेण्डर भएर पनि निर्माण कार्य धमाधम भईरहेको छ । मोहना नदिमा निर्माणाधिन तटबन्धले एकातिर फाप्लामा आउँने बाढी रोकिने छ भने अर्कातिर मैदानसँगै रहेको गाउँ डुबानको समस्या पनि टरेको छ ।

४) जग्गा भोगाधिकार
फाप्लामा धनगढी क्रिकेट लिगको आयोजना गर्दा होस, या त एनपीएलको सफलतम आयोजना गर्दा स्थानियहरुले सुवाश शाहीलाई विहान सवैरै देखि राती अवेरसम्म मैदानमै देख्दथे । स्थानियहरु शाहीको मेहनतबाट प्रभावित मात्र भएर त्यस ठाउँमा रंगशाला निर्माण गरिदाँ स्थानियहरुको पनि ठुलो आर्थिक कायापलट हुने महशुस गर्दै सुवाश शाहीले अघि सारेको ड्रीम फाप्ला अभियानलाई साथ दिने निर्णय गरे । स्थानिय डिलासैनी सामुदायिक बनको भोगाधिकार क्षेत्र भित्र रहेको जग्गामा रंगशाला निर्माण गर्दा कुनै प्राबिधिक जटिलता नआओस भन्ने उदेश्यले स्थानियहरुलाई नै समेटेर शाहीले ड्रीम फाप्ला कमिटी तयार गरे र जुन कमिटीबाट फाप्लाको काम विगत एक बर्ष देखि धमाधम अघि बढीरहेको छ । ड्रीम फाप्ला एउटा स्थानिय उपभोक्ता समुह हो, जसले रंगशाला निर्माण गर्नेछ । जसको पुर्ण स्वामित्व स्थानियहरुको नै हुनेछ ।

६) अर्थ संकलन अभियान
अन्तराष्ट्रिय रंगशाला निर्माणका ठुलो धनराशीका आवश्यकता पर्दछ । त्यस कुराको महसुस गर्दै ड्रीम फाप्ला अभियानले सवैलाई सक्दो सहयोगको अपिल गरेको थियो । ड्रीम फाप्लालाई विश्वास गर्दै सञ्चारसंस्था, खेलाडी, विधार्थी, देश विदेशमा रहेका नेपालीहरुले सक्दो सहयोग गर्दै आएका छन् । मलाई लाग्छ, झण्डै तिन, चार लाख रुपैया जम्मा भएको होला । जसमा पुर्ण पारदर्शिता होस र सहयोगको रकम सही ठाउँमा सदुपयोग होस भन्ने अभिप्रायले ड्रीम फाप्लाले सो खाताको हालसम्म चेक पनि बनाएको छैन । सहयोगको पैसा जस्ताको तस्तै खातामा छ र त्यो रंगशाला निर्माणका क्रममा खर्च भई त्यसको सम्पुर्ण हिसाबकिताव पैसा पैसा सार्वजनिक गर्न ड्रीम फाप्ला प्रतिबद्ध छ ।

हालसम्म फाप्लाका लागि सिन्को नभाचेको जिल्ला खेलकुद विकास समितीको चासो के हो ?

फाप्लामा हालसम्म सिन्को पनि नभाचेको जिल्ला खेलकुद विकास समितीले हिजो मात्र धनगढीमा पत्रकार सम्मेलन गर्दै ड्रीम फाप्लालाई कुनै हालतमा मैदान निर्माण गर्न नदिने र आफुहरुबाट नै मैदान निर्माण हुनुपर्ने भन्दै पड्किएछन् । गजब छ, बा ! फाप्लामा त्यत्रो काम भईसक्दा पनि अनुहार नदेखाउँने मान्छेहरु फाप्लामा बजेट आएको थाहा पाएपछि, त्यो पनि बर्षको अन्त्यमा मैदान टुलुक्क मैदानमा प्रकट भएछन् र भनेछन् फाप्ला हामीले बनाउँने हो रे ।आजसम्म कहाँ माछा मार्न जानु भाथ्यो ?र बजेट आएको थाहा पाएपछि टुप्लुक्क झुल्कनुको मनसाय के हो ? भन्ने प्रश्न गर्लान भने भेउ पाउँनु भएन क्या हो ?

हैन, बजेट आएपछि मात्र मैदानमा प्रबेश गर्नुको उदेश्य के हो ?, त्यस भन्दा अगाढी जिल्ला खेलकुद विकास समितीलाई फाप्ला बनाउँनु पर्छ, बनाईरहेका व्यक्तिहरुलाई सहयोग गर्नुपर्छ भन्ने कुरा किन आएन ?मेरा एकजना मित्रले प्रष्टउँदै भने सिनो देखेपछि ¥याल काढ्ने सस्कृतीको पुनरावृत्ती मात्र हो यो ।

जिल्ला खेलकुद विकास समितीलाई विश्वास गर्ने आधार के ?

ड्रीम फाप्लाको उदेश्य नै धनगढीमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनोस भन्ने हो । त्यसका लागि ड्रीम फाप्ला जस्तो सुकै सहयोग गर्न तयार छ । जिल्ला विकास समितीले आफुहरु मार्फत काम हुनुपर्ने दाबी गरिरहँदा उनीहरुले त्यही अनुसारको विश्वास पनि दिलाउँन सक्नुपर्छ । हालसम्म फाप्लाको विकासमा शुन्य योगदान गरेको जिल्ला खेलकुदले स्थानिय र आम जनताको विश्वास जित्न सक्नुपर्यो कि हामी यसरी यो भिजनका साथ रंगशाला निर्माण गर्ने छौ । हाल सम्म जिल्ला खेलकुदले न स्पष्ट कार्यदिशा दिन सकेको छ न त उनीहरुसँग कुनै भिजन छ । स्थानियहरुसँगको समन्वयन पनि जिल्ला खेलकुदको निकै कमजोर छ ।

कतिपयले प्रश्न उठाउँछन, कभर्डहलाई आफ्नो मातहतमा ल्याउँन नसकेको, जुगेडामा निर्माण गरिने भनिएको क्रिकेट मैदानका लागि कुनै पहल नगरेको, कुनै स्तरिय प्रतियोगिता गर्न नसकेको, राजनैतिक भागबण्डामा सञ्चालित अनि घाम ताप्दै दिन कटाउँने प्रवृृतीका मानिसहरुको बाहुल्यता रहेको जिल्ला खेलकुदबाट फाप्ला निर्माणको प्रक्रिया अगाढी बढ्ला भन्नेमाशंका गर्ने धेरै ठाउँहरु छन् ।

जतिपनि हालसम्म फाप्लामा काम भएको छ सवै सुवाश शाही र ड्रीम फाप्लाको तदारुपताका कारण भएको छ । जति पनि मान्छेले सहयोगी हातहरु अगाढी बढाएका छन सवै सुवाश शाही र ड्रीम फाप्लाको अनुरोधमा अगाढी बढाएका छन् । जति पनि सहयोग आएको छ सुवाश शाही अनि ड्रीम फाप्लालाई भनेर आएको छ ।

मुलपानी बन्ने संकेत ?

सन् २००७ बाट सरकारले निर्माण प्रारम्भ गरेको मुलपानी क्रिकेट रंगशालाको अवस्था बारे हामी सवै जानकारी नै छौ । बर्षेनी कराडौ बजेट सरकारबाट विनियोजन भएको छ तर विभिन्न कारणहरुले त्यो अघि बढ्न सकिरहेको छैन । कर्मचारीको प्रवृती, कामप्रति ईमान्दार नहुनु, सरकार फेरिएसँगै फेरिने खेलकुदका पदाधिकारी आदि आदि कारणले मुलपानीमा काम हुन नसकिरहेको स्पष्ट छ । त्यही अवस्था यहाँ नदोहोरियोस, राजनैतिक प्रभाव खिचातानीबाट टाढा रहोस भन्ने उदेश्यले ड्रीम फाप्लाको अबधारणा ल्याईएको हो । र ड्रीम फाप्ला चाहादैन कि फेरी मुलपानी कै हालत फाप्ला बनोस ।

अब के ?

जिल्ला खेलकुद विकास समितीले अन्तिम समयमा फाप्ला निर्माणमा आफ्नो भुमिका खोजिरहने र ड्रीम फाप्लाका बारेमा विभिन्न गलत प्रचार भएको सुने पछि अभियानको अभियान्ता सुवाश शाहीले आफ्नो फेसबुक स्टाटसबाट समाधानको उपाय पनि दिएका छन् । बिचको बाटो पहिल्याउँदै फाप्लालाई समयमै गन्तव्यमा पुर्याउँनउनको स्टाट्समा भनिएको छ, प्राईभेट पब्लिक अवधारणा –पीपीपी मोडल) अनुसार अब अगाढी बढ्न जरुरी छ । त्यसलाई अथ्र्याउने हो भन्ने, उनको सुझाव सरकार र स्थानिय मिलेर उपभोक्ता समिती मार्फत कार्य अगाढी बढाउँनु पर्छ यसले उपभोक्ताले आफ्नोपनको महशुस गर्न पाउछन भने जिल्ला खेलकुदले खोजेको आफ्नो उपस्थिती पनि पाउँनेछ । यसका लागि तत्काल सरोकारवालाले निष्कर्षमा पुग्नु जरुरी छ । यतायस निर्णयले फाप्लालाई जन्माई, हुर्काईतन्नेरी बनाएकोे ड्रीम फाप्लालेपीपीपी मोडलको सुझाव दिएर मार्ग प्रशस्त गरिरहँदा उसको कद अझै उचो भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!