हरेक समस्यामा श्रमिक वर्गले मात्र रुनुपर्ने ? अब 'बैज्ञानिक समाजवाद' को विकल्प रहेन

Posted on: 05 Apr, 2020

मुक्ति नाथ चन्द | 

आजको दिनसम्म विश्वका श्रमिक आन्दोलनहरु धेरै ठुल्ठुला भए तरपनि श्रमिकले चाहेको जस्तो उपलब्धि हासिल गर्न सकेनन् । किनभने भुमण्डलीकृत पुजीवादले कुनै न कुनै रुपबाट श्रमिक बर्गलाई अत्याचार दमनकारी भुमिकाबाट उनिहरुको बाच्न पाउने अधिकार पनि बन्चित गर्दै आइरहेको विश्वका इतिहासमा प्रष्ट देख्न सकिन्छ । यस्तै रसियाका श्रमिकले ठूलो योगदानबाट प्राप्त सोभियत संघ विघटन हुनु, दुई-दुई पटक विश्वयुद्ध हुनु, कयौंपटक प्राकृतिक बिपत्ति र विभिन्न महामारीको प्रकोपबाट यीनै गरिखाने श्रमजीवी बर्गलाई ठूलो क्षति बेहोर्नु परेको छ । ती आजसम्म भएको योगदानको कुनै लेखाजोखा छैन । तिनै श्रमजीवी वर्गले अधिकार प्राप्तिका लागि अमेरिकाको शिकागो शहरमा ठूलो रगतको खोला बगाउन पर्यो, आाज एकसय तीस बर्ष पुरा भइ एकसय एकतीस बर्ष लाग्दैछ । विश्वका श्रमिकले एकसय एकतीसौ दिवस मनाउने क्रममा छ, यो दिवस मनाईरहदा हाम्रो ती महान सहिदहरुको सपनाहरू के थिए भन्ने कुरा विश्वका श्रमिकले एकसाथ मनन् गर्नैपर्छ । 

रसियन श्रमिकले अक्टोबर क्रान्तिको समयमा पनि ठूलो योगदान गरेका थिए । श्रमिकलाई क्षति हुने क्रम बढ्दो छ, दोस्रो विश्वयुद्धमा जापानको ठूल्ठूला कलकारखाना भएको हिरोसिमा भन्ने ठाउँमा सन १९४५ अगस्ट ६ मा अमेरिकाद्वारा न्युकिलिएर बम लिट्टलव्योर आक्रमणबाट एकलाख मानिस मारिएका थिए । त्यसको लगत्तै अगस्ट ९ मा नागासिकिको शहरमा फ्यटम्यन बमद्वारा असी हजार मानिसले ज्यान गुमाउनु पर्यो, ती दुवै ठाउँमा श्रमिकहरुकै घनत्व बढी थियो । विश्व इतिहासमै १९औं शताब्दीमा जर्मनीको शासक हिटलरले त्यहाँको श्रमिकलाई खान पनि नदिई काममा लगायो । कयौं भोकभोकै मरे भने नमरेका बाँकीलाई ग्याँस चेम्बरमा जिउँदै हालेर हत्या गरिदियो । विश्वको जुनसुकै परिवर्तनमा चाहेर वा नचाहेर तीनै श्रमिकवर्गले अन्यायपूर्ण भोग गर्नु परेको देखिएको छ । दलाल पुजीवादीको दासको रुपमा उपयोग गर्ने यो कस्तो विडम्बना हो ? 

यस्तै प्राकृतिक प्रकोप अनि विश्वम्भर फैलिने ठूला महामारीको शिकार पनि यीनै वर्गले सहनु पर्ने ? सिमित दलाल पुजीपतिको हातमा सबै स्रोत साधन कब्जा हुँदा श्रमिकले भोकभोकै मर्न बिवश हुनुपर्ने ? विश्वमा अहिले साढे सात अर्ब मानिस छन्, जसमध्ये ८० करोड मानिसले २४ घण्टामा एकछाक खान समेत पाउदैनन् । कार्लमाक्सले भन्नुभएको थियो 'यो पृथ्वीमा सय अर्ब मानव जातीलाई खान-बस्न पुग्ने छ । तर सबैलाई बराबरी गर्नुपर्छ, कसैलाई धेरै कसैलाई थोरै गर्यो भने एक अर्ब मानिसलाई पनि पुग्दैन ।' बास्तविकता यहीँ हो कि साचो अर्थमा भन्ने हो भने श्रमिक वर्गले आजसम्म गरेको योगदान अमूल्य र अतुलनीय छ । तर तिनै योगदानकर्ता श्रमिकहरुले भोकभोकै बस्नु पर्ने र अनेकौं अभाव झेल्नुपरेको हुड्ना यस विषयमा गहकिला प्रश्नहरु खडा भएका छन् । मुलत: आफू र आफ्ना सन्ततिलाई स्वास्थ्य, शिक्षा गाँस-बास कपासको आधारभूत आवश्यकता प्राप्तिका लागि आम श्रमिक वर्गले योगदान दिएका हुन् । ग्लोबल पुजीवादीहरुको दृष्टिकोण के देखिन्छ भने श्रमिक वर्गलाई उठ्ने मौका दियो भने हामीले उनीहरूलाई उपयोग गर्ने बाटोको अन्त्य हुन्छ । अर्कोतिर श्रमिकहरुको समस्या हल गर्न विश्व श्रम संगठनहरु आईएलओ international labour organization र डब्लु एफ टियु  would federation of trade union जस्ता महासंघ पनि छन् । विश्व ट्रेड युनियन महासंघहरुले श्रमिकको हित बिपरित दलाल पुजीपतिहरुकै प्रक्षपोषण गर्दै गए भने अब विश्वका श्रमिकहरुले गाँस-बाँस-कपास प्राप्तिको निमित्त बैज्ञानिक समाजवादको बाटो एकै पटक  लिनेछन् । यो अवस्थामा दलाल पुजीवादको अन्त्य निस्चित नै छ । 

त्यसै गरि हाम्रो नेपालीमा श्रमिक आन्दोलनको इतिहास २००३ साल बिराटनगरको जुटमीलबाट सुरु भयो । त्यस समयमा गिरिजाप्रसाद कोइराला, मनोमहन अधिकारी लगायतले श्रमिक आन्दोलन गरे । त्यसपछि पटक-पटक ठूला-ठूला आन्दोलनहरु भए । ती आन्दोलनमा श्रमिक सहभागी नभएको कुनै आन्दोलननै छैन । तीनै आन्दोलनबाट आएकाहरु सात-आठ पटक देशको प्रधानमन्त्री भए । कोही ठूला-ठूला निकायमा समेत पुगे तर श्रमिकको समस्या ज्युकात्यु रहिरहेका छन् । श्रमिकवर्गले केका लागि यति धेरै योगदान दिए ? श्रमिकवर्गलाई मुक्तिको नारा दिनेहरु आज कहाँ छन् ? श्रमिकहरुले ती गद्दारहरुलाई पानी मुनि गएरपनि छाड्नेवाला छैनन् । एकदिन नाङ्गोझार पार्नेछन् । २०७२ को भुकम्पमा गाँस-बाँस-कपास तथा अन्य अभावको र बिपत्तिमा श्रमिक वर्गले कति रुँदै बस्नुपर्‍यो । आजको दिनसम्म पनि घरबार विहीन भएरै अस्थाई जस्ता टहरामा बस्न श्रमिकहरुको विवशता छ । अहिले फेरि विश्व महामारीको रुपमा कोभिड-१९ (कोरोना)ले नेपालीमा पनि प्रभाव पारेको छ । यसको सबैभन्दा ठूलो प्रभाव गरिखाने वर्गलाईनै छ । अझै अनौपचारिक क्षेत्रमा श्रमगर्ने श्रमिकहरुलाई भोकभोकै लकडाउनको सामना गर्दै बस्नुपरेको छ । के सरकारले उनिहरुको भोकै बस्न नपर्ने प्रत्याभूति छिटोभन्दा छिटो व्यावस्था गर्नुपर्ने होइन ? 

यदी समस्या आईपरेको र खान समेत नपाएर पटक-पटकको अभाव झेल्दै गाँस-बाँस-कपास अनि स्वास्थ्य, शिक्षाको समानताको प्रत्याभूति समेत नपाएको अवस्थामा श्रमिक वर्गले यिनै माग राख्दै 'बैज्ञानिक समाजवाद एकमात्र बिकल्प हो' भनेर सडकमा श्रमिकवर्ग नउत्रेलान् भन्न सकिदैन । किनकि श्रमिवर्गको मुक्ति भनेकै समाजवाद हुँदै साम्यवाद हो ।

लेखक मुक्ति नाथ चन्द नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य हुन्, उनि हाल क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालका कोषाध्यक्षको जिम्मेवारीमा समेत छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!