मानव संशासन व्यवस्थापनका चरणहरु

Posted on: 10 Jun, 2020

दामोदर रेग्मी । जेठ २८, काठमाडौँ । सार्वजनिक प्रशासन र व्यवस्थापनको क्षेत्रमा अत्यधिक प्रयोगमा आउने  प्राप्ति देखि अवकाश सम्मका तह प्रचलनमा रहदै आएको मा मानवश्रोत व्यवस्थापनले प्राप्ति पूर्व  र अवकाश पश्चातको अवस्थालाई समेत समेट्नु पर्ने मान्यताको विकास भएको छ र यसै मान्यता अनुरुप मानवश्रोत व्यवस्थापनको व्यवहारिक प्रयोग हुदै आईरहेको छ ।

मानव संसाधन व्यवस्थापनले मानवशक्ति र क्षमताको उचित व्यवस्थापन गरी अपेक्षित परिणाम निकाल्नमा सहयोग पुर्याउछ । मानव संसाधन व्यवस्थापनले मानवीय साधनहरुको अद्यावधिक स्थिति र आवश्यकताको योजना , प्राप्ति , उपयोग , विकास , सामयिक संभार, एकाकार, अवकाश, अवकाश पश्चातको योजना र अवकाश व्यबस्थापन जस्ता समग्र पक्षलाई समेट्दछ । मानव श्रोत व्यवस्थापन यी सवै कार्यहरुको श्रृड.खलावध्द प्राथमिकतामा आधारित विभिन्न क्रियाकलापको  संयुक्त स्वरुप हो । जनशक्तिलाई रणनीतिक साधनको रुपमा लिई मानव संसाधन संग सम्बन्धित सवै कार्यहरुवीचमा समन्वयको अपरिहार्यता माग गर्नु मानव संसाधन व्यवस्थापनको अर्को महत्वपूर्ण पक्ष हो । सरल रुपमा भन्ने हो भने सार्वजनिक प्रशासन र व्यवस्थापनको क्षेत्रमा अत्यधिक प्रयोगमा आउने प्राप्ति देखि अवकाश सम्मका तह प्रचलनमा रहदै आएको मा मानवश्रोत व्यवस्थापनले प्राप्ति पूर्व र अवकाश पश्चातको अवस्थालाई समेत समेट्नु पर्ने मान्यताको विकास भएको छ र यसै मान्यता अनुरुप मानवश्रोत व्यवस्थापनको व्यवहारिक प्रयोग हुदै आईरहेको छ ।


मानव श्रोतको भूमिकामा अन्य साधन श्रोतको प्रभावकारिता निर्भर रहेकाले मानवश्रोतको परिचालनवाट अन्य साधन श्रोतको प्रभावकारिता वृध्दि गरि लक्षित उद्देश्य हासिल गर्नको लागि जनशक्ति योजना आवश्यक पर्ने गरेको हो । 

जनशक्ति योजना 

सांगठनिक उद्देश्य प्राप्ति व्दारा राष्ट्यि उद्देश्य प्राप्ति का लागि मानव श्रोत सवभन्दा महत्वपूर्ण पक्ष हो । मानव श्रोत व्यवस्थापन अन्तरगत विद्यमान जनसंख्यामा उमेर समूह, योग्यता र सीपको क्षेत्र, श्रम सीपको क्षेत्र आदिको  विश्लेषण वाट श्रम वजारमा उपयोग गर्न सकिने जनशक्तिको प्रयोग गर्न सकिने पूर्वानुमान सहितको योजना मानव श्रोत व्यवस्थापनको पहिलो चरण हो । जनशक्ति योजनाले संगठनको अल्पकालीन एवं दीर्घकालीन उद्देश्यलाई दृष्टिगत वर्तमान तथा भविश्यको आवश्यकता विश्लेषण गर्ने प्रक्रिया संगठनको लक्ष्य प्राप्तिको सन्दर्भमा जनशक्ति आवश्यकताको विश्लेषण गर्ने कार्य गर्दछ । यसमा विद्यमान जनशक्तिको मौज्दात सूचीपत्र तयार गर्ने, काम छोड्ने प्रवृत्तिको गणना र अनुमान गर्ने, थप कार्यक्षेत्रको लागि थप जनशक्ति प्रक्षेपण गर्ने विषयहरु पर्दछन् । समग्रमा संगठनको लागि आवश्यक पर्ने जनशक्तिको पूर्वानुमान र माग अनुरुपको जनशक्ति पूर्ति गर्न अपनाईने रणनीति निर्माण जनशक्ति योजना  अन्तरगत पर्दछ ।मानवश्रोत गतिशील , सिर्जनशील , उत्पादनशील, उद्यमशील भएकाले यसको प्राप्ति र उपयोगलाई प्रभावकारी वनाउनको लागि जनशक्ति योजनाको  महत्व रहने गर्दछ ।

मानवश्रोत संवेदनशील जटिल र महंगो श्रोत हो तर यसको उचित परिचालन संभव भएकाले मानवश्रोतको क्षमताको अत्यधिक उपयोेग गर्ने रणनीति तयार गर्न, संगठनको कार्यदक्षता र प्रभावकारितामा वृध्दि गर्न तथा समान पहुंच र अवसर को माध्यम र  निश्पक्ष तरीकावाट योग्य व्यक्तिलाई संगठनमा आकर्षित गर्न जनशक्ति योजनाको महत्वपूर्ण भूमिका रहने गर्दछ । मानव श्रोतको भूमिकामा अन्य साधन श्रोतको प्रभावकारिता निर्भर रहेकाले मानवश्रोतको परिचालनवाट अन्य साधन श्रोतको प्रभावकारिता वृध्दि गरि लक्षित उद्देश्य हासिल गर्नको लागि जनशक्ति योजना आवश्यक पर्ने गरेको हो । 

समग्रमा संगठनको लागि आवश्यक पर्ने जनशक्तिको पूर्वानुमान र माग अनुरुपको जनशक्ति पूर्ति गर्न अपनाईने रणनीति निर्माण जनशक्ति योजना  अन्तरगत पर्दछ ।मानवश्रोत गतिशील , सिर्जनशील , उत्पादनशील  , उद्यमशील  भएकाले यसको प्राप्ति र उपयोगलाई प्रभावकारी वनाउनको लागि जनशक्ति योजनाको  महत्व रहने गर्दछ ।

जनशक्ति योजनाका आयामहरु

जनशक्ति योजनाको संख्यात्मक विकासको पक्ष

  • संगठनको उद्देश्य, कार्य प्रकृति, कार्यवोझ अनुरुप जनशक्ति योजना तयार र कार्यान्वयन
  • मौजूदा जनशक्ति, कार्य क्षमता स्तर, सेवा निवृत्त हुने अवस्थाको विश्लेषण सहित जनशक्ति प्रक्षेपण 

जनशक्ति योजनाको गुणात्मक विकासको पक्ष 

  • संगठनको उद्देश्य लक्ष रणनीति तय गर्ने  
  • जनशक्ति योजना र संगठन योजना वीच सामन्जस्यता कायम गर्ने
  • जनशक्ति विकास सम्बन्धी अध्ययन अनुसन्धान 
  • सेवा शर्त सुविधा सुरक्षा कल्याणकारी योजनाको व्यवस्था 
  • वृत्ति मार्गको पहिचान तथा वृत्ति विकासका अवसरहरुको सुनिश्चितता 

जनशक्ति योजनाको  रणनीतिक विकासको पक्ष

  • संगठनको विद्यमान कार्यक्षेत्रको मूल्यांकन गर्ने
  • प्रतिस्पर्धी संगठनहरुको स्थितीको मूल्यांकन गर्ने
  • संगठनको विद्यमान अवसर र चुनौतीहरुको आंकलन गर्ने
  • वर्तमान कार्यक्षेत्रको निरन्तरता र परिमार्जन
  • उपरोक्त कार्यहरुको सन्दर्भमा विद्यमान जनशक्तिको मूल्यांकन र भावी आवश्यकता प्रक्षेपण

जनशक्ति योजनाको सामयिक पक्ष

  • समावेशिता
  • करार सम्झौता
  • पोर्टफोलियो कार्य विभाजन

जनशक्ति योजना तर्जुमाको तरीका

  • लक्षित कार्य क्षेत्रको पहिचान
  • संगठनको लक्ष निर्धारण गर्ने
  • विद्यमान अवस्थाको मूल्यांकन गर्ने

          -कार्यबोझ

          -जनशक्ति परीक्षण

         -कार्य विश्लेषण 

  • विद्यमान अवस्थाको आधारमा भविश्यको लागि आवश्यक पर्ने जनशक्तिको प्रक्षेपण
  • वजार विश्लेषण को आधारमा जनशक्ति विकास र प्राप्ति रणनीति अनुगमन, मूल्यांकन र आगामी योजनाको लागि पृष्ठपोषण 

जनशक्तिको प्राप्ति 

क्षमतावान जनशक्तिको प्राप्ति गर्ने प्रक्रिया जनशक्ति व्यवस्थापनको अर्को महत्वपूर्ण चरण हो । श्रम वजारमा उपलव्ध जनशक्ति मध्ये संगठनलाई आवश्यक पर्ने क्षमतावान जनशक्तिको प्राप्ति गर्ने प्रक्रिया यस अन्तरगत पर्दछ । यसमा कुनै निश्चित संगठनका लागि आवश्यक जनशक्ति लाई छनौटको विशिष्ट मापदण्ड तयार गरी विभिन्न प्रतिस्पर्धाको माध्यम व्दारा क्षमतावान जनशक्तिलाई संगठनमा प्राप्त गर्ने गरिन्छ । संगठनको लागि आवश्यक जनशक्ति प्राप्तको लागि अपनाइने छनौट प्रक्रिया निम्न आधारमा आधारित हुनु पर्दछ :

  • प्रतिस्पर्धाको आधार 
  • निश्पक्षताको आधार 
  • प्रतिस्पर्धामा समान रुपमा सहभागिता जनाउन पाउने अवसरको आधार
  • सहभागिहरुको प्रतिस्पर्धालाई तटस्थ र निश्पक्ष रुपमा परीक्षण गर्ने आधार 
  • जनशक्तिको सेवा अवधिको आधार 

जनशक्ति प्राप्तिको लागि अपनाइने प्रक्रियालाई व्यवस्थापकीय भाषामा पदपूर्ति भन्ने गरिन्छ । पदपूर्ति सम्बन्धमा मुख्यत निम्न अवधारणहरु चलन चल्तीमा रहेका छन् ।

लुट प्रणाली : यस प्रणालीमा सरकारले आफूले उपयुक्त ठानेका व्यक्तिहरुलाई संगठनमा लिने गरिन्छ र सरकारले नचाहेमा निजलाई जुनसुकैवेलामा पनि संगठनवाट हटाउन सकिन्छ । राजनैतिक पार्टी विशेषको  नीति र कार्ययोजना अनुरुप शासन संचालन गर्न सहजताको लागि लुट प्रणाली उत्तम प्रणाली मानिन्छ ।

योग्यता प्रणाली :यस प्रणालीमा संगठनमा आवश्यक पर्ने जनशक्ति लाई निश्पक्षता र प्रतिस्पर्धाको आधारमा छनौट गरिन्छ । सर्वसाधारणको सहज पहुंच र निष्पक्ष छनौट प्रणालीको कारणले योग्यता प्रणाली पदपूर्तिको लागि उचित मानिएको छ । 

मिश्रित प्रणालीः देश वा संगठन विशेषको आवश्यकताको आधारमा लुट प्रणाली र योग्यता प्रणाली दुवै प्रयोगमा ल्याउन सकिने ।

प्रक्रियाको रुपमा पदपूर्ति मूलतः निम्न २ सिध्दान्तवाट अभिप्रेरित हुने गर्दछः

सकारात्मक पदपूर्ति 

पदपूर्तिको सकारात्मक अवधारणा अनुसार बढी भन्दा बढी व्यक्तिहरुलाई रिक्त पदको लागि आवेदन दिन उत्साहित गराई आवेदकहरुको संख्यामा वृध्दि गरिन्छ । श्रम वजारमा उपलब्ध योग्यतम व्यक्तिहरु लाई पदपूर्ति प्रक्रियामा सामेल गराउने प्रयास गरिन्छ ।

नकारात्मक पदपूर्ति 

 यस अवधारणा अनुसार पदपूर्ति गरिनुपर्ने पद र प्रक्रियाको वारेमा विज्ञापन प्रकाशित गरिन्छ र स्वेच्छाले आवेदन दिन आएका व्यक्तिहरुमध्ये बाट छनौट गर्ने गरिन्छ । 

मानवश्रोत संवेदनशील जटिल र महंगो श्रोत हो तर यसको उचित परिचालन संभव भएकाले मानवश्रोतको क्षमताको अत्यधिक उपयोेग गर्ने रणनीति तयार गर्न, संगठनको कार्यदक्षता र प्रभावकारितामा वृध्दि गर्न तथा समान पहुंच र अवसर को माध्यम र  निश्पक्ष तरीकावाट योग्य व्यक्तिलाई संगठनमा आकर्षित गर्न जनशक्ति योजनाको महत्वपूर्ण भूमिका रहने गर्दछ ।

जनशक्तिको प्रयोग 

क्षमतावान जनशक्तिको प्राप्तिले मात्र संगठनको आवश्यकता पूर्ति हुदैन यस्तो क्षमतावान जनशक्तिलाई क्षेत्रगत विज्ञताको आधारमा काममा उपयोग गर्ने प्रक्रिया मानव श्रोत व्यवस्थापनको अर्को महत्वपूर्ण चरण हो । विभिन्न चरणको प्रतिस्पर्धात्मक छनौट प्रक्रिया पार गरेर आएको जनशक्तिलाई प्रयोग गर्ने सम्बन्धमा निम्न आधारहरु लिने गरिन्छ :

विज्ञताको आधार:

  • जुन कामको लागि लिइएको हो सो काममा लगाउने
  • योग्यता, सीप, दक्षता, अनुभव अदिको आधारमा कार्य विनियोजन गर्ने

परिणाम र उत्तरदायित्वको आधार :

  • कार्य विवरणको आधारमा काममा लगाउने
  • कुन काम के कसरी कुन प्रक्रियाव्दारा सम्पादन गरिने हो सो को स्पष्ट आधार तोक्ने 
  • कार्य सम्पादन मूल्यांकन प्रणाली 

सक्षमताको आधार :

  • योग्यता, अनुभव र दक्षताको आधारमा काममा लगाउने भएता पनि व्यक्तिको क्षमता, दक्षता र रुचिको आधारमा काममा लगाउने

स्थान अनुरुप व्यक्तिको उपयुक्तताको आधार :

  • सही व्यक्तिलाई सही ठाउंमा पदस्थापन गर्ने

उत्प्रेरणाको आधार :

  • आकर्षक वृत्ति मार्ग, कार्य परिवर्तन, कार्य विस्तृतिकरण, कार्य पुष्टीकरण आकर्षक तलवमान र उत्प्रेरणा ( मौद्रिक तथा गैर मौद्रिक )का माध्यम व्दारा क्षमतावान जनशक्तिलाई संगठनको लक्ष्य प्राप्तिका उपयोग गर्ने 

क्षमतावान जनशक्तिलाई संगठनमा टिकाइराख्ने आधार:

  • आकर्षक वृत्ति मार्ग, विशेष सुविधा
  • क्षमतावान जनशक्ति आकर्षण गर्ने र टिकाइराख्ने

जनशक्ति विकास  

संगठनमा उपलब्ध जनशक्तिलाई कार्यशैली, प्रविधि, विकसित नवीनतम प्रवृत्ति संग परिचित गराई कार्य सहजताका साथ सम्पादन गर्न सक्ने कौशलमा वृध्दि ल्याउनमा  विकास (तालिम ) को अहम भूमिका रहेको हुन्छ । जनशक्ति विकास मानव श्रोत व्यवस्थापनका अवयवहरु मध्ये महत्वपूर्ण र प्रभावकारी अवयवको रुपमा चिनिने गर्दछ । संगठनमा एक पटक लिईएको जनशक्ति लाई समय, प्रविधि, अवधारणा, कार्यक्षेत्रमा आएको परिवर्तन को परिवेशमा सामयिक रुपमा परिमार्जित र विकास गरिनु पर्ने मान्यता नीति जनशक्ति व्यवस्थापनको सन्दर्भमा महत्वपूर्ण विषय  हो । मानव श्रोत ब्यबस्थापनमा विकास को महत्वपूर्ण स्थान रहेको छ । जनशक्ति विकासलाई तालिम  भनेर पनि चिन्ने गरिन्छ । जनशक्ति विकास वा तालिम एउटा निरन्तर चलिरहने प्रक्रिया हो । यसले समय र प्रविधिमा आएको परिवर्तन संगै ज्ञान, सीप, र मनोवृत्तिमा  सकारात्मक परिवर्तन ल्याई जनशक्ति लाई संगठनको कार्य सम्पादनमा सदा चुस्त दुरुस्त रहन  सहयोग पु¥याउंछ ।  तालिमको आधुनिक मान्यता अनुसार तालिमले जनशक्ति लाई वर्तमान आवश्यकता अनुसार र भावी आवश्यकता अनुसार चल्न सक्ने बनाउन सक्नु पर्दछ भन्ने अवधारणाको विकास भएको छ ।


संभार

  • मानव श्रोत व्यवस्थापन अन्तरगतको संभार पक्ष संगठनमा उपलब्ध जनशक्तिलाई संगठनमा टिकाई राख्न  गरिने परिपूरक उपायहरु संभार  अन्तरगत पर्ने गर्दछन् जसमा मूलत निम्न कुराहरु पर्ने गर्दछन् ।
  • कामदार कर्मचारीलाई संस्थाको कार्यप्रकृति वारे जानकारी दिई कार्य वातावरण संग परिचित र घुलमिल गराउने 
  • भौतिक अवस्था ( कामदार कर्मचारीले सम्पादन गर्नु पर्ने काममा सहजता ल्याउन र मानसिक र शारिरीक सुरक्षा हुने किसिमको कार्यालयकोे भौतिक अवस्थाको प्रत्याभूति । 
  • विश्व स्वास्थ्य संगठन र अन्तराष्ट्यि श्रम संगठन को संयुक्त समितिले संगठनात्मक स्वास्थ्य र औद्योगिक स्वास्थ्यका दृष्टिले संभार पक्षले निम्न विषयमा ध्यान दिनु पर्ने कुरामा जोड दिएको छ । 
  • सवै पेशाका कामदारहरुलाई शारीरिक, मानसिक र सामाजिक रुपले संरक्षण र संभार गर्नु
  • कार्य क्षेत्रको अवस्थाको कारणले उनीहरुको स्वास्थ्यमा पर्न सक्ने नकारात्मक असरवाट संरक्षण गर्नु
  • स्वास्थ्यमा पर्न सक्ने नकारात्मक असर र जोखिमवाट कामदारहरुलाई संरक्षण गर्नु
  • कार्य क्षेत्रको वातावरणलाई शारीरिक र मानसिक पक्षमैत्रीय वनाउनु

संभारको महत्व 

संगठनको पक्षबाट 

  • सुमधुर संगठनिक वातावरण निर्माण हुने
  • असल औद्योगिक सम्बन्ध निर्माण हुने
  • कर्मचारी अनुशासन कायम हुने
  • गुनासो समाधान संयन्त्र निर्माण हुने
  • कर्मचारी कल्याण योजना संचालन गर्न सहयोग पुग्ने
  • संगठनको दिगोपनाको सुनिश्चितता कायम हुने

कामदार वा कर्मचारीको पक्षबाट 

  • संगठन प्रति अपनत्व निर्माण
  • तलव, भत्ता, सुविधाको व्यवस्थाले वैकल्पिक उपाय प्रति चिन्तित हुनु नपर्ने
  • सामाजिक सुरक्षा
  • पीरमर्का, गुनासो समाधान

जनशक्ति विकास वा तालिम एउटा निरन्तर चलिरहने प्रक्रिया हो । यसले समय र प्रविधिमा आएको परिवर्तन संगै ज्ञान, सीप, र मनोवृत्तिमा सकारात्मक परिवर्तन ल्याई जनशक्ति लाई संगठनको कार्य सम्पादनमा सदा चुस्त दुरुस्त रहन सहयोग पुर्याउंछ ।  

एकाकार 

संगठन समग्रमा एउटा परिवार हो । परिवारका यी सदस्यहरु वीच  विच भावनात्मक एकता अभिवृध्दि गर्ने अन्तरवैयक्तिक सम्वन्धको विकास व्दारा संगठनको कार्यगत दक्षता र प्रभावकारिता अभिवृध्दि गरिनु आवश्यक हुन्छ । यसको लागि निम्न उपाय अवलम्बन गर्न सकिन्छ

पेशागत व्यवसायिकताको प्रबध्र्दन

  • सेवा समूहको व्यवस्थाले पेशागत विज्ञता र व्यवसायिकता
  • समूहगत आवध्दता
  • ट्रेड यूनियन
  • पेशागत संघ संस्थाहरु
  • हित संरक्षण समूह

असल सामाजिक सम्बन्ध 

  • कर्मचारी सम्वन्ध समिति 
  • अन्तर वैयक्तिक सम्बन्धको विकास
  • मानव सम्बन्ध उपागमको अवलम्बन
  • समूह गतिशीलताको सिध्दान्तको प्रयोग
  • असल संगठनात्मक संस्कृतिको विकास

सुरक्षाको प्रत्याभूति

  • सेवाको सुरक्षा
  • कानूनी सुरक्षा
  • सफाइको मौका
  • प्रतिरक्षा गर्ने मौका
  • सामाजिक सुरक्षणका उपायहरु

      -सेवामा कार्यरत रहदाको अवस्थामा

      -सेवा निवृत्तको अवस्थामा

अवकाश 

संगठनमा उपलब्ध जनशक्ति  लाई उसले पुयाएको योगदानको कदर गर्दे निश्चित अवधि पछि सगठनको नियमित कार्यवाट अलग गराउने प्रक्रिया नै अवकाश हो । यस प्रक्रियाले नयां उर्जाशील जनशक्तिलाई संगठनमा प्रवेशको अवसर दिन्छ । अवकाशको सम्बन्धमा निम्न प्रारुपहरु प्रयोगमा आउन सक्दछन् ।

  • उमेरको हदको आधारमा अनिवार्य अवकाश 
  • निश्चित पदावधिको आधारमा अवकाश
  • सम्झौताको आधारमा अवकाश 
  • असामयिक अवकाश 

 अवकाश योजना, अवकाश व्यबस्थापन 

व्यवस्थापनको आधुनिक अवधारणले लामो समय को त्याग र समर्पण पछि अवकाश पाएको व्यक्तिको त्यस संगठन संगको सम्पर्क अवकाश पछि पनि कायम रहनु पर्दछ र यस सम्बन्धले उक्त व्यक्तिको अवकाशको जीवन सरल र सहज वनाउनमा सहयोग गरेको हुन्छ भन्ने मान्यता राखेको छ ।  अवकाश व्यबस्थापन मा निम्न कुराहरु पर्दछन् :

  • निवृत्तिभरण, उपदान, पारिवारिक निवृत्तिभरण, तलव वृध्दिको आधारमा निवृत्तिभरणमा थप
  • विज्ञताको अनुभव लिन सकिने
  • अवकाश जीवन सार्थक वनाउन विभिन्न कार्यक्रमहरुको संचालन
  • उत्तराधिकारी योजना

मानवशक्ति परिचालनका दृष्टिले संवेदनशील र जटिल तथा व्यवस्थापनका दृष्टिले महंगो श्रोत हो । यसैले सार्वजनिक प्रशासनमा मानव श्रोत व्यवस्थापन अति नै महत्यपूर्ण मानिने गर्दछ । सांगठनिक उद्देश्य हासिल संगसंगै व्यक्तिको आफ्नो  वृत्ति निर्वाह तथा वृत्ति विकासको उद्देश्य हासिल गर्ने किसिमवाट मानव श्रोत व्यवस्थापन गरिनु पर्दछ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!