हातमा पुस्तक छः अब के गर्ने ?

Posted on: 04 Jul, 2020

प्रभात सुवेदी | यतिखेर अधिकांशविद्यालयमानामलेखाउने र पाठ्यपुस्तकको वितरण गर्ने कार्य भइरहेको छ ।  केहीविद्यालयहरुले पाठ्यपुस्तकको वितरण गर्ने कार्य सम्पन्न गरिसकेका छन् भने केहीविद्यालयहरुमा पाठ्यपुस्तकवितरणको क्रम जारी रहेको छ ।  सामाजिक दुरीलाई कायमगर्दै र अन्य सावधानीहरु अपनाएर पाठ्यपुस्तकहरु  वितरण गरिएका छन्  ।विश्व परिवेश र कोभिड संक्रमणका कारणले गर्दा सरकारले असार १ गतेबाट लागू हुनेरी बैकल्पिक शैक्षिक सहजीकरणका लागिनिर्देशिका जारी समेत गरिसकेको छ ।   यस परिवेशमाअबकादिनमा पाठ्यपुस्तकवितरण गरेर मात्रनहुने र बालबालिकाहरुलाई सिकाइ सहजीकरणका लागि वैकल्पिकविधिहरू अपनाउनु आवश्यक देखिन्छ ।  यसकालागिजसले जहाँबाट जे सकिन्छ गर्दै जानु आवश्यक देखिएको छ । यसरी सिकाइ सहजीकरणका लागिविद्यार्थी स्वयम् उत्प्रेरित हुनुपर्दछ भने यसकालागिअभिभावकअनिशिक्षक र समुदायको पनि महत्वपूर्ण भूमिका रहेको छ । 

 अब कुरा रह्यो कसरी के भूमिकाखेल्न सकिन्छ भन्ने बारेमा ।  बालबालिकाहरूको सिकाइ सहजीकरणका लागिअभिभावकको भूमिकाअत्यन्तै महत्वपूर्ण र गहन हुन्छ ।  पाठ्यपुस्तकप्राप्त गरिसकेपछि क्रमिकरुपमा पाठ योजनाबनाएर बालबालिकाहरुलाई अध्ययन गर्नका निमित्त घरमै सहजीकरण गरी दिनुपर्दछ ।  यसकालागि योजनाबनाएर  समयअनुसार अध्ययनमाव्यस्त गराउनुपर्दछ ।  साक्षर वा केहि अध्ययन गरेका अभिभावकहरुले आफ्नाबालबालिकाहरुलाई पर्याप्त समय उपलब्ध गराएर सिकाइ सहजीकरण गर्नु आवश्यक हुन्छ ।  घरका विविधकामहरु सहितअन्यविभिन्नबालबालिका रुचीका क्षेत्रमा समेत आवश्यकअवस्थामा सहजीकरण गरिदिनु पर्ने हुन्छ ।  पाठ्यपुस्तकमाभएकाविषयगत पाठकहरुलाई पनिक्रमिक रुपमाअभिभावकले जानेसम्म सहजीकरण गर्दै आगाडी बढ्नकालागिबालबालिकाहरुलाई प्रेरित गर्नु आवश्यक हुन्छ ।  आफैंले बसेर घरमा अध्ययन गर्न लगाउँदानजानेको कुराहरुलाई सहजीकरण गर्दै अगाडि बढ्नुपर्ने हुन्छ ।  त्यस्तै यो अवस्थामाबालबालिकाहरू खाली समय भएकोले विभिन्नकुलत र कुसंस्कारमा फस्न सक्ने सम्भावनापनिउत्तिकै प्रबल रूपमा रहेको छ ।   खाली समयमा त्यसै बस्नु पर्दा मानसिक रुपमातनावहुने भएकोले तनावहुननदिनकालागिपनिबालबालिकाहरुलाई आवश्यक रूपमामनोरञ्जनात्मकवातावरण निर्माण गर्नु पनिउत्तिकै जरुरी देखिन्छ  ।  यसकालागि घरमा जे जस्ता साधन, स्रोतहरु छन् ती साधन स्रोतहरूलाई सही रुपमा सदुपयोग गर्नु आवश्यक देखिन्छ तर, टेलिभिजन मोबाइल इन्टरनेट हरूको प्रयोग गर्दा अभिभावकहरुले आफ्नो निगरानी्मा प्रयोग गर्न लगाउनुपर्दछ ।  टेलिभिजनमाआवश्यककार्यक्रमतथा सुचनामूलककार्यक्रम र जानकारीमूलककार्यक्रमका साथै केही रुपमामनोरञ्जनात्मककार्यक्रम हेर्नका लागिबालबालिकाहरुलाई प्रेरित गर्न सकिन्छ भने इन्टरनेटका माध्यमबाट आवश्यक पर्ने शैक्षिक सामग्रीहरूको खोज्न र तिनीहरूलाई प्रयोग गर्नका लागिबालबालिकाहरुलाई सहजीकरण गर्न सकिन्छ ।  यसरी वेबसाइटहरु बाट सामग्रीखोज्ने क्रममाकुन सामग्रीहरु उपयोगी छन् र कुन सामग्रीहरु उपयोगी छैनन् भन्ने कुरा बालबालिकाहरुले  आफै निर्णय गर्न नसक्ने हुनाले यस कुरामापनि सहजीकरण गरी दिनु आवश्यक हुन्छ । 

त्यसैगरी इन्टरनेट र टेलिभिजननभएको ठाउँमा रेडियोबाट पनि केही महत्वपूर्ण कार्यक्रमहरु मनोरञ्जनात्मककार्यक्रमहरु सुनेर पनिबालबालिकाहरुले धेरै कुरा सिक्न सक्दछन् ।  कुनैपनि साधन स्रोत नभएको स्थानमावा ग्रामीण समुदायकाबालबालिकाहरुलाई शिक्षकहरुले नै सहजीकरण गरिदिनुपर्ने हुन्छ ।  आफ्नो सेवा क्षेत्रकाबालबालिकाहरुसँग निरन्तर रुपमा सम्पर्कमा रहिरहने  र उनीहरुका समस्याहरुलाई बुझ्ने र समाधान गर्नका निमित्तआवश्यक सरसल्लाह सुझावप्रदान गर्न सकिन्छ ।  यसकाअलावाकुनै विशेषलाई टोकेर ग्रामीण क्षेत्रकाबालबालिकाहरुलाई एकैस्थानमा सामाजिक दूरी कायमगर्दै उनीहरुलाई सिकाइ सहजीकरण गर्न सकिन्छ ।  यसकालागिशिक्षक नै जाँगरिलो हुनुपर्दछ ।  वास्तवमा यो संक्रमणकालिन अवस्थामाअधिकांशशिक्षकहरू प्रविधिलाई सिक्नअनिआत्मसात गर्न उत्प्रेरित भइरहेको पाइन्छ ।  यस्ता किसिमकापहलहरु देशभरि नै चलिरहेका छन् ।  तबसम्मबालबालिकाहरुले सिक्न सक्दैनन् जबसम्मशिक्षकले सिकेका हुँदैनन् ।  त्यसैले जहाँ इच्छा त्यहाँउपायभनेजस्तै गरी शिक्षक ले पनि साँझबिहानअथवादिउसो समय हुन्छ आफ्नो सेवा क्षेत्रमा रहेका बालबालिकालाई आवश्यकताअनुसार सिकाइ सहजीकरणका लागि सहयोग गरिदिनु पर्ने अवस्था रहेको छ । 

उपर्युक्तकार्यक्रमहरु संचालन गर्नका लागिविद्यालयले एउटा छुट्टै समितिबनाएर तर अनुरुपकाकार्यक्रमहरु सञ्चालन गर्न सक्दछ ।  आफ्ना सेवा क्षेत्रमा रहेका बालबालिकाहरुले  उनको माध्यमको प्रयोग गरी अध्ययन गर्न सक्दछन् भन्ने तथ्यांक संकलन गरी सो अनुसारको कार्यक्रमहरु अगाडि बढाउनु आवश्यक देखिन्छ ।  यसकालागिविद्यालयकाप्रधानाध्यापकविद्यालयव्यवस्थापन समिति र शिक्षकहरु बसी ठोस कार्ययोजनाबनाएर आफ्नो सेवा क्षेत्रमा रहेका बालबालिकाहरुलाई निरन्तर रुपमा भेटघाट गर्ने र अरुलाई सिकाइकालागि सहजीकरण गरिदिने योजनातयार गरेर अगाडि बढ्नुपर्ने देखिन्छ । केही स्थानहरुमा यस प्रकारका अभ्यासहरु पनिभइरहेका छन् जुनअभ्यास हो अत्यन्तै सफलपनिभएका छन् ।  यसो हुँदाबालबालिकाहरुले एक्लो महसुस नगर्ने र उनीहरुलाई विद्यालयजाननपाएको न्यास्रो पनि मेटिने हुन्छ । 

एकातिर देशको केन्द्रीय राजनीतिमा नै उथलपुथलमच्चीरहेको अवस्था छ भने यस प्रकारको अवस्थाले देशको समग्र शिक्षानीतिमा नै प्रभावपारिरहेको देखिन्छ ।खासगरी सत्ता र शक्तिलोलुपताले अझै पनि नेपाली राजनेताहरुलाई नछोडेको अवस्थामा यो देशको समुन्नति कसरी कल्पना गर्न सकिन्छ दुःखलाग्दो कुरा यहाँनेर देखिन्छ ।  कुनै पनिक्षेत्रमा साच्चिकै प्रगति गर्ने हो र समाजलाई सम्वृद्धिको बाटोमा अगाडि लैजान लैजाने हो भनेदेखि त्याग समर्पणको र बलिदानीको भावना सबै नेपालीमाहुनु जरुरी देखिन्छ ।  यसकालागि राज्य संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारको अत्यन्तै महत्वपूर्ण भूमिका रहन्छ ।  खासगरी बजेट मुखीकार्यक्रमहरुमामात्रै विशेषगरी जनाप्रतिनिधितथाकर्मचारीहरूको ध्यान केन्द्रितभइरहेको अवस्थामा सेवाको भावनाले पनिकाम गर्नु जरुरी देखिन्छ ।सूचनाप्रविधिको सिकाइ सहजीकरणका क्षेत्रमा ठोस योजना र कार्यनीतिबनाएर तत्काल अगाडि बढाउनुपर्ने देखिन्छ । 

जहाँजुन माध्यमबाट सिकाइ सहजिकरण गर्न सकिन्छ तिनै माध्यमहरुलाई प्रभावकारी ढङ्गबाट प्रयोग गर्दै अगाडि बढ्नुपर्ने देखिन्छ ।  कोरोना संक्रमणका कारणले हुननसकेको एसइई परीक्षा स्थगित गरी आन्तरिक मूल्यांकनबाट  नै नतिजाप्रकाशन गर्ने योजनाभएअनुरुपविभिन्नविद्यालयहरुले आफ्नो कार्यप्रक्रिया अगाडि बढाईसकेका छन् ।  असार २० गतेभित्रमूल्याङ्कन गरी अंकहरु शिक्षाविकास तथासमन्वयइकाई मा पठाउने भनीयतापनिविद्यालयमा रहेका क्वारेन्टिन र अन्यअसामान्य परिस्थितिका कारण धेरै विद्यालयहरुले समयभित्रै मूल्यांकन गरी विद्यार्थीहरूको अङ्क पठाउन सम्भव  देखिएको छैन ।  यसैगरी अङ्गहरूको कम्प्युटर प्रविष्टि गरेर निर्णय गर्नुपर्ने भएकोले पनिकुनै विद्यालयहरुमाविद्युतअवरोध क्वारेन्टाइनका कारण भएको अस्तव्यस्तता ले गर्दा यस प्रकारका कार्यसम्पादन गर्न असहज परिस्थितिको सिर्जना भएको छ । 

बालबालिकाको हातमा पाठ्यपुस्तक त पुगेको छ तर पाठ्यपुस्तकपुर्याउनु मात्रै ठूलो कुरा पनिहोइन ।   स्थानीय निकायबाट असार १५ गतेभित्र पाठ्यपुस्तकवितरण गरिसक्नुपर्ने निर्देशन रहेको र आवश्यकबिलभर्पाइ हरु पेश गर्नुपर्ने र विद्यार्थीहरूको लागि पाठ्यपुस्तकको रकममाग गर्नुपर्ने निर्देशन गरिएको छ ।तरविषम परिस्थितिका कारण केहि मध्यमशहरी क्षेत्रकाविद्यालयहरुमाअध्ययन गर्ने बालबालिकाहरुको आफ्नो घरमा रहेको कारणले त्यस्तै खेतीपातीको समय भएको कारणले अधिकांशबालबालिकाहरु विद्यालय मा नाम लेखाउनतथा पाठ्यपुस्तकलिनआइरहेका छैनन् । यो अवस्थामाकतिविद्यार्थी भर्ना हुन्छन् भन्ने कुरा विद्यालयलाई अझएकीनहुन सकेको छैन ।यसरी पूर्वानुमान गर्न नसक्ने परिस्थितिमा  पुस्तकवितरणको क्रम सकिएपछि भर्ना हुनआउने विद्यार्थीहरूलाई पुराना पाठ्यपुस्तकदिनुपर्ने बाध्यताविद्यालयको रहने देखिन्छ । 


एकातिर ढिलो पाठ्यपुस्तकवितरण भएको थियो भने अर्कातिर छिटोछिटो पाठ्यपुस्तकवितरण गर्नु भन्ने अन्योल पूर्ण निर्देशनले विभिन्नविद्यालयअभिभावकतथाविद्यार्थीहरुलाई असहज परिस्थितिको सिर्जना हुनपुगेको देखिन्छ ।  अतःबालबालिकाकाहातमानयाँ पाठ्यपुस्तकपुग्ननसकेमा यसको जिम्मेवारी  हुने भन्ने कुराको जवाफखोज्नु जरुरी छ । 

पाठ्यपुस्तकप्राप्त गरिसकेका बालबालिकाहरुलाई अभिभावकशिक्षाक समुदाय का बुज्रुकव्यक्तित्वहरुले सिकाइकालागिजसले जहाँबाट  जसरी सकिन्छ यसरी सिकाइ सहजिकरण  गरिदिनुपर्ने हुन्छ ।  

यसप्रकारको संक्रमणकालीन अवस्थाकहिलेसम्म रहने हो ?कहिले सकिने हो ? कहिले विद्यालयखुल्ने हो ? भन्ने कुरा अन्योल भइरहेको अवस्थामाबालबालिकाहरुलाई स्वप्रेरित गर्ने वातावरणको सृजना गरी घरमै बसेर सुरक्षित साथविभिन्नविषयहरुलाई सिक्दै, अध्ययनगर्दै र व्यवहारमा परिवर्तन गर्दै जानकालागि सबैले आ(आफ्नो क्षेत्रबाट उत्प्रेरित गर्नु पर्ने देखिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!