प्रतिभा व्यवस्थापनको सन्दर्भमा मानवश्रोत व्यवस्थापन

Posted on: 08 Jul, 2020

दामोदर रेग्मी। असार २४, काठमाडौं । 

“मानव श्रोतको प्रभावकारिता वाट अन्य अन्य साधन श्रोतहरु पूजी, औजार, वस्तु, सूचना को परिचालनमा प्रभावकारिता ल्याउन सकिन्छ । मानव श्रोत संगठनमा उपलब्ध सवै श्रोतहरुमध्ये महत्वपूर्ण मानिन्छ यसैले यसलाई मानव पूंजी पनि भन्ने गरिन्छ। ’’

संगठनको सफलताको लागि मानव संसाधन वा जनशक्ति व्यवस्थापन सार्वजनिक प्रशासनको अति महत्वपूर्ण व्यवस्थापकीय आयाम हो ।  उद्देश्य सहितको कुनै निश्चित कार्य निश्चित विधिपुर्वक सम्पादन गरी अपेक्षित उपलब्धी हासिल गर्न विविध श्रोतको आवश्यकता पर्दछ । यसमध्ये मानवश्रोत एउटा महत्वपूर्ण श्रोत हो । यसलाई मानवशक्ति र श्रमशक्ति र जनशक्ति पनि भन्ने गरिन्छ । जनशक्ति व्यवस्थापनले मानिसहरुको शक्ति र क्षमताको उचित व्यवस्थापन गरी अपेक्षित परिणाम निकाल्नमा सहयोग पु¥याउंछ । मानव संसाधन व्यवस्थापनले मानवीय साधनहरुको अद्यावधिक स्थिति र आवश्यकताको योजना , प्राप्ति , उपयोग  , विकास  , सामयिक संभार, एकाकार, अवकाश,अवकाश पश्चातको योजना र अवकाश व्यबस्थापन  जस्ता समग्र पक्षलाई समेट्दछ ।


जनशक्ति व्यवस्थापन यी सवै कार्यहरुको श्रृड.खलावध्द प्राथमिकतामा आधारित विभिन्न क्रियाकलापको  संयुक्त स्वरुप हो । मानव श्रोतको प्रभावकारिता वाट अन्य  अन्य साधनश्रोतहरु पूजी, औजार, वस्तु, सूचना को परिचालनमा प्रभावकारिता ल्याउन सकिन्छ । यसैले मानव श्रोत स्वतन्त्र चर  हो भने अन्य साधन श्रोतहरु मानव श्रोतको प्रभावकारितामा निर्भर रहने आश्रित चर  हुन् । यसर्थ मानव श्रोत व्यवस्थापन महत्वपूर्ण र आवश्यकीय व्यवस्थापकीय संयन्त्रको रुपमा चिनिने गरेको हो । मानव श्रोत संगठनमा उपलब्ध सवै श्रोतहरुमध्ये महत्वपूर्ण मानिन्छ यसैले यसलाई मानव पूंजी पनि भन्ने गरिन्छ ।  जनशक्तिर  मानवशक्ति र श्रमशक्तिले अन्य साधनश्रोतहरु पूजी, प्रविधी, प्रक्रिया, वस्तु र सूचनाको उपयोग र प्रभावकारितामा अभिवृध्दि ल्याउन सक्ने संवेदनालेयुक्त महत्वपूर्ण श्रोत हो । जव जनशक्तिर  मानवशक्ति र श्रमशक्ति कुनै पनि संगठनमा प्रवेश गर्दछ तव उ संगठनको प्रतिभा पनि हो ।

“मानवश्रोत संवेदनशील जटिल र महंगो श्रोत हो तर यसको उचित परिचालन संभव भएकाले मानवश्रोतको क्षमताको अत्यधिक उपयोेग गर्ने रणनीति तयार गर्न, संगठनको कार्यदक्षता र प्रभावकारितामा वृध्दि गर्न तथा समान पहुंच र अवसर को माध्यम र निश्पक्ष तरीकावाट योग्य व्यक्तिलाई संगठनमा आकर्षित गर्न सक्नुपर्दछ। ’’

सांगठनिक उद्देश्य प्राप्ति व्दारा राष्ट्यि उद्देश्य प्राप्ति का लागि मानव श्रोत सवभन्दा महत्वपूर्ण पक्ष हो । मानव श्रोत व्यवस्थापन अन्तरगत विद्यमान जनसंख्यामा उमेर समूह, योग्यता र सीपको क्षेत्र, श्रम सीपको क्षेत्र आदिको  विश्लेषण वाट श्रम वजारमा उपयोग गर्न सकिने जनशक्तिको प्रयोग गर्न सकिने पूर्वानुमान सहितको योजना मानव श्रोत व्यवस्थापनको पहिलो चरण हो । जनशक्ति योजनाले संगठनको अल्पकालीन एवं दीर्घकालीन उद्देश्यलाई दृष्टिगत वर्तमान तथा भविश्यको आवश्यकता विश्लेषण गर्ने प्रक्रिया संगठनको लक्ष्य प्राप्तिको सन्दर्भमा जनशक्ति आवश्यकताको विश्लेषण गर्ने कार्य गर्दछ। यसमा विद्यमान जनशक्तिको मौज्दात सूचीपत्र तयार गर्ने, काम छोड्ने प्रवृत्तिको गणना र अनुमान गर्ने, थप कार्यक्षेत्रको लागि थप जनशक्ति प्रक्षेपण गर्ने विषयहरु पर्दछन्। समग्रमा संगठनको लागि आवश्यक पर्ने जनशक्तिको पूर्वानुमान र माग अनुरुपको जनशक्ति पूर्ति गर्न अपनाईने रणनीति निर्माण जनशक्ति योजना  अन्तरगत पर्दछ । मानवश्रोत गतिशील, सिर्जनशील, उत्पादनशील, उद्यमशील भएकाले यसको प्राप्ति र उपयोगलाई प्रभावकारी वनाउनको लागि जनशक्ति योजनाको महत्व रहने गर्दछ ।

मानवश्रोत संवेदनशील जटिल र महंगो श्रोत हो तर यसको उचित परिचालन संभव भएकाले मानवश्रोतको क्षमताको अत्यधिक उपयोग गर्ने रणनीति तयार गर्न, संगठनको कार्यदक्षता र प्रभावकारितामा वृध्दि गर्न तथा समान पहुंच र अवसर को माध्यम र  निश्पक्ष तरीकावाट योग्य व्यक्तिलाई संगठनमा आकर्षित गर्न जनशक्ति योजनाको महत्वपूर्ण भूमिका रहने गर्दछ । मानव श्रोतको भूमिकामा अन्य साधन श्रोतको प्रभावकारिता निर्भर रहेकाले मानवश्रोतको परिचालनवाट अन्य साधन श्रोतको प्रभावकारिता वृध्दि गरि लक्षित उद्देश्य हासिल गर्नको लागि जनशक्ति योजना आवश्यक पर्ने गरेको हो ।

“क्षमतावान जनशक्तिको प्राप्तिले मात्र संगठनको आवश्यकता पूर्ति हुदैन यस्तो क्षमतावान जनशक्तिलाई क्षेत्रगत विज्ञताको आधारमा काममा उपयोग गर्न सक्नु पर्दछ।’’

क्षमतावान जनशक्तिको प्राप्ति र प्रयोग जनशक्ति व्यवस्थापनको अर्को महत्वपूर्ण चरण हो । श्रम वजारमा उपलव्ध जनशक्ति मध्ये संगठनलाई आवश्यक पर्ने क्षमतावान जनशक्तिको प्राप्ति गर्ने प्रक्रिया यस अन्तरगत पर्दछ । यसमा कुनै निश्चित संगठनका लागि आवश्यक जनशक्ति लाई छनौटको विशिष्ट मापदण्ड तयार गरी विभिन्न प्रतिस्पर्धाको माध्यम व्दारा क्षमतावान जनशक्तिलाई संगठनमा प्राप्त गर्ने गरिन्छ । संगठनको लागि आवश्यक जनशक्ति प्राप्तको लागि अपनाइने छनौट प्रक्रिया प्रतिस्पर्धाको आधार ,निश्पक्षताको आधार ,प्रतिस्पर्धामा समान रुपमा सहभागिता जनाउन पाउने अवसरको आधार ,सहभागीहरुको प्रतिस्पर्धात्मक क्षमतालाई तटस्थ र निश्पक्ष रुपमा परीक्षण गर्नेे आधार ,जनशक्तिको सेवा अवधिको आधारमा आधारित हुनु पर्दछ।

क्षमतावान जनशक्तिको प्राप्तिले मात्र संगठनको आवश्यकता पूर्ति हुदैन यस्तो क्षमतावान जनशक्तिलाई क्षेत्रगत विज्ञताको आधारमा काममा उपयोग गर्ने प्रक्रिया मानव श्रोत व्यवस्थापनको अर्को महत्वपूर्ण चरण हो । विभिन्न चरणको प्रतिस्पर्धात्मक छनौट प्रक्रिया पार गरेर आएको जनशक्तिलाई प्रयोगका लागि विज्ञता, परिणाम र उत्तरदायित्व, सक्षमता, उपयुक्तता, उत्प्रेरणा, वृत्ति मार्ग जस्ता आधारहरु लिने गरिन्छ । विज्ञताको आधारमा जुन कामको लागि लिइएको हो सो काममा लगाउने र योग्यता, सीप, दक्षता, अनुभव अदिको आधारमा कार्य विनियोजन गर्ने कार्य पर्दछ । परिणाम र उत्तरदायित्वको आधारमा कार्य विवरणको आधारमा काममा लगाउने,कुन काम के कसरी कुन प्रक्रियाव्दारा सम्पादन गरिने हो सो को स्पष्ट आधार तोक्ने र कार्य सम्पादन मूल्यांकन प्रणाली जस्ता विषयहरु पर्दछन् भने सक्षमताको आधारमा योग्यता, अनुभव र दक्षताको आधारमा काममा लगाउने भएता पनि व्यक्तिको क्षमता, दक्षता र रुचिको आधारमा काममा लगाउने विषय पर्दछ । स्थान अनुरुप व्यक्तिको उपयुक्तताको आधारमा  सही व्यक्तिलाई सही ठाउंमा पदस्थापन गर्ने,उत्प्रेरणाको आधारमा  आकर्षक वृत्ति मार्ग, कार्य परिवर्तन, कार्य विस्तृतिकरण, कार्य पुष्टीकरण आकर्षक तलवमान र उत्प्रेरणा ( मौद्रिक तथा गैर मौद्रिक )का माध्यम व्दारा क्षमतावान जनशक्तिलाई संगठनको लक्ष्य प्राप्तिका उपयोग गर्ने , क्षमतावान जनशक्तिलाई आकर्षक वृत्ति मार्ग, विशेष सुविधाव्दारा संगठनमा टिकाइराख्ने आधारहरु प्इोगमा आउन सक्दछन् ।

“तालिमले समय र प्रविधिमा आएको परिवर्तन संगै ज्ञान, सीप, र मनोवृत्तिमा सकारात्मक परिवर्तन ल्याई जनशक्तिलाई संगठनको कार्य सम्पादनमा सदा चुस्त दुरुस्त रहन  सहयोग पुर्याउंछ।’’

संगठनमा उपलब्ध जनशक्तिलाई कार्यशैली, प्रविधि, विकसित नवीनतम प्रवृत्ति संग परिचित गराई कार्य सहजताका साथ सम्पादन गर्न सक्ने कौशलमा वृध्दि ल्याउनमा  विकास (तालिम ) को अहम भूमिका रहेको हुन्छ । जनशक्ति विकास मानव श्रोत व्यवस्थापनका अवयवहरु मध्ये महत्वपूर्ण र प्रभावकारी अवयवको रुपमा चिनिने गर्दछ । संगठनमा एक पटक लिईएको जनशक्ति लाई समय, प्रविधि, अवधारणा, कार्यक्षेत्रमा आएको परिवर्तन को परिवेशमा सामयिक रुपमा परिमार्जित र विकास गरिनु पर्ने मान्यता नीति जनशक्ति व्यवस्थापनको सन्दर्भमा महत्वपूर्ण विषय  हो । मानव श्रोत ब्यबस्थापनमा विकास को महत्वपूर्ण स्थान रहेको छ । जनशक्ति विकासलाई तालिम  भनेर पनि चिन्ने गरिन्छ । जनशक्ति विकास वा तालिम एउटा निरन्तर चलिरहने प्रक्रिया हो । यसले समय र प्रविधिमा आएको परिवर्तन संगै ज्ञान, सीप, र मनोवृत्ति मा  सकारात्मक परिवर्तन ल्याई जनशक्ति लाई संगठनको कार्य सम्पादनमा सदा चुस्त दुरुस्त रहन  सहयोग पु¥याउंछ ।  तालिमको आधुनिक मान्यता अनुसार तालिमले जनशक्ति लाई वर्तमान आवश्यकता अनुसार र भावी आवश्यकता अनुसार  चल्न सक्ने बनाउन सक्नु पर्दछ भन्ने अवधारणाको विकास भएको छ ।

“संगठन समग्रमा एउटा परिवार हो । परिवारका यी सदस्यहरु वीच विच भावनात्मक एकता अभिवृध्दि गर्ने अन्तरवैयक्तिक सम्वन्धको विकास व्दारा संगठनको कार्यगत दक्षता र प्रभावकारिता अभिवृध्दि गरिनु आवश्यक हुन्छ।’’

मानव श्रोत व्यवस्थापन अर्थात प्रतिभा व्यवस्थापन अन्तरगतको संभार पक्ष संगठनमा उपलब्ध जनशक्तिलाई संगठनमा टिकाई राख्न  गरिने परिपूरक उपायहरु संभार  अन्तरगत पर्ने गर्दछन् जसमा कामदार कर्मचारीलाई संस्थाको कार्यप्रकृति वारे जानकारी दिई कार्य वातावरण संग परिचित र घुलमिल गराउने ,कामदार कर्मचारीले सम्पादन गर्नु पर्ने काममा सहजता ल्याउन र मानसिक र शारिरीक सुरक्षा हुने किसिमको कार्यालयकोे भौतिक अवस्थाको प्रत्याभूति गर्नु पर्ने विषयहरु पर्दछन्। विश्व स्वास्थ्य संगठन र अन्तराष्ट्यि श्रम संगठन को संयुक्त समितिले संगठनात्मक स्वास्थ्य र औद्योगिक स्वास्थ्यका दृष्टिले संभार पक्ष अन्तरगत सवै पेशाका कामदारहरुलाई शारीरिक, मानसिक र सामाजिक रुपले संरक्षण र संभार गर्नु,कार्य क्षेत्रको अवस्थाको कारणले उनीहरुको स्वास्थ्यमा पर्न सक्ने नकारात्मक असरवाट संरक्षण गर्नु, स्वास्थ्यमा पर्न सक्ने नकारात्मक असर र जोखिमवाट कामदारहरुलाई संरक्षण गर्नु,कार्य क्षेत्रको वातावरणलाई शारीरिक र मानसिक पक्षमैत्रीय वनाउनु पर्ने कुरामा जोड दिएको छ ।

संगठन समग्रमा एउटा परिवार हो । परिवारका यी सदस्यहरु वीच  विच भावनात्मक एकता अभिवृध्दि गर्ने अन्तरवैयक्तिक सम्वन्धको विकास व्दारा संगठनको कार्यगत दक्षता र प्रभावकारिता अभिवृध्दि गरिनु आवश्यक हुन्छ । यसमा पेशागत व्यवसायिकताको प्रबध्र्दन (सेवा समूहको व्यवस्थाले पेशागत विज्ञता र व्यवसायिकता ), समूहगत आवध्दता, ट्ेड यूनियन(पेशागत संघ संस्थाहरु, हित संरक्षण समूह), असल सामाजिक सम्बन्ध निर्माण (कर्मचारी सम्वन्ध समिति, अन्तर वैयक्तिक सम्बन्धको विकास, मानव सम्बन्ध उपागमको अवलम्बन, समूह गतिशीलताको सिध्दान्तको प्रयोग,असल संगठनात्मक संस्कृतिको विकास) , सुरक्षाको प्रत्याभूति (सेवाको सुरक्षा, कानूनी सुरक्षा, सफाइको मौका, प्रतिरक्षा गर्ने मौका दिने), सामाजिक सुरक्षणका उपायहरुको अवलम्बन गर्नु पर्ने विषय समेटिएको हुन्छ ।

“व्यवस्थापनको आधुनिक अवधारणले लामो समय को त्याग र समर्पण पछि अवकाश पाएको व्यक्तिको त्यस संगठन संगको सम्पर्क अवकाश पछि पनि कायम रहनु पर्दछ र यस सम्बन्धले उक्त व्यक्तिको अवकाशको जीवन सरल र सहज वनाउनमा सहयोग गरेको हुन्छ भन्ने मान्यता राखेको छ।” 

संगठनमा उपलब्ध जनशक्ति  लाई उसले पुर्याएको योगदानको कदर गर्दे निश्चित अवधि पछि सगठनको नियमित कार्यवाट अलग गराउने प्रक्रिया नै अवकाश हो । यस प्रक्रियाले नयां उर्जाशील जनशक्तिलाई संगठनमा प्रवेशको अवसर दिन्छ ।अवकाशको सम्बन्धमा उमेरको हदको आधारमा अनिवार्य अवकाश ,निश्चित पदावधिको आधारमा अवकाश ,सम्झौताको आधारमा अवकाश , असामयिक अवकाश  जस्ता प्रारुपहरु प्रयोगमा आउने गर्दछन् ।

व्यवस्थापनको आधुनिक अवधारणले लामो समय को त्याग र समर्पण पछि अवकाश पाएको व्यक्तिको त्यस संगठन संगको सम्पर्क अवकाश पछि पनि कायम रहनु पर्दछ र यस सम्बन्धले उक्त व्यक्तिको अवकाशको जीवन सरल र सहज वनाउनमा सहयोग गरेको हुन्छ भन्ने मान्यता राखेको छ ।  अवकाश व्यबस्थापनले निवृत्तिभरण, उपदान, पारिवारिक निवृत्तिभरण, तलव वृध्दिको आधारमा निवृत्तिभरणमा थप, अवकाश पश्चात विज्ञताको अनुभव लिन सकिने, अवकाश जीवन सार्थक वनाउन विभिन्न कार्यक्रमहरुको संचालन, उत्तराधिकारी योजनालाई समेटेको हुन्छ ।

“प्रतिभा व्यवस्थापन मानवश्रोत व्यवस्थापनको समग्र पक्ष र चक्र संग सम्बन्ध राख्ने विषय हो । मानव संसाधन व्यवस्थापन नियुक्ति पूर्व र अवकाश पश्चातका विषय संग सम्बन्धित छ भने प्रतिभा व्यवस्थापन यसको अतिरिक्त उत्कृष्ट जनशक्तिको प्राप्ति, विकास, प्रयोग र संगठनमा टिकाइराख्ने विषय समेत संग सम्बन्धित छ।’’

प्रतिभा व्यवस्थापनको अवधारणाले मानव शक्तिलाई दायित्व भन्दा पनि पूजीको रुपमा लिने गर्दछ र कसरी कर्मचारी विशेषको दक्षतालाई सांगठनिक लक्ष्य प्राप्तिमा उपयोग गर्न सकिन्छ भन्ने उद्देश्य वाट अभिप्रेरित गर्ने गर्दछ ।साधारण अर्थमा प्रतिभा व्यवस्थापन संगठनमा उपलब्ध जनशक्तिको विवेकपूर्ण उपयोग हो ।प्रतिभा व्यवस्थापनको यो बुझाईले संगठनमा प्राप्त भैसकेका जनशक्तिको उपयोग नै प्रतिभा व्यवस्थापन हो भन्ने मात्र अर्थ लाग्न सक्दछ तर प्रतिभा व्यवस्थापन मानवश्रोत व्यवस्थापनको समग्र पक्ष र चक्र संग सम्बन्ध राख्ने विषय हो । मानव संसाधन व्यवस्थापन नियुक्ति पूर्व र अवकाश पश्चातका विषय संग सम्बन्धित छ भने प्रतिभा व्यवस्थापन यसको अतिरिक्त उत्कृष्ट जनशक्तिको प्राप्ति, विकास, प्रयोग र संगठनमा टिकाइराख्ने विषय समेत संग सम्बन्धित छ।

(प्रशासन र  संघीयताका विषयका विश्लेषक तथा कुशल प्रशिक्षक  दामोदर रेग्मी साझा सबाल डट कमका नियमित लेखक हुन् ।)

यस बिषयमा तपाइको प्रतिक्रिया...!