आउँदैन कुनै विपद् हेर, आउँदैछु म भनी

Posted on: 03 Sep, 2020

आउँदैन कुनै विपद् हेर , आउँदैछु म भनी

सजग र होसियार हुनु हेर, बाँच्छु र बचाउँछु भनी

यस्तो यो परिस्थिति कसरी आयो, थाहा छैन अझै कसैलाई पनि

मरेतुल्य छ मानिस किन, सक्दैन अझै निचोडमा पुग्छु भनी।।


रोग र शोक व्याप्त छ हेर, बलियो को छ म मात्र बाँच्छु भनी

सहणशुता, सद्भाव प्रकट गर, मनुष्य भगवान् तिमी भित्रै छ भनी

दिन पनि कालो भयो हेर, कस्तो समय बित्छ अब यो भनी

महामारी त रोग भयो हेर, मरिन्छ अब भोकमारी भइ पनि।।।


किटपत्ङग पनि कस्ता विचित्र हेर, यसको नष्ट अन्नमा कति छ भनी

रातदिन मिहिनेत गर्यो हेर, कस्तो फल मिल्छ भनी

प्राङगारिक मल मुत्र पशुचौपाय पाल्नु हेर, बालिनाली तब सपरिन्छ पनि

आफ्नु कामले सिद्द गरि बनाउँ मल हेर , नभित्राउ आयतित मल दिर्घ बाच्नु छ भनी।।।

-मनोज फ्युयाल  


यस बिषयमा तपाइको प्रतिक्रिया...!