'अन्यायमा न्याय नमिल्ने मेरो देशको संविधान'

Posted on: 19 Sep, 2020

चर्को भो यो संविधान जनताका लागि

नारा र विकास मालामाल भो घोक्नेका लागि

अत्याचार र अन्याय सहनुपर्ने जनतालाई

उन्मुक्ति र सफाई कुख्यात अपराधी र भ्रष्टाचारीलाई।।


जनता किन अझै पार्टीका नेताका दासी

न्याय मर्यो किन दिदैनौ बलात्कारिलाई फाँसी

दैनिकी उस्तै होजो जस्तो , जनताको चुलो कसरी बाल्ने

आफुलाई राजनेता ठान्ने, छोटेराजा आफनै भुडी पाल्ने।।


भाडँभैलो र सत्ताको काखी च्याप्न मत दिएको हैन                                  

घरका सुसारे र आसेपासे भर्ती गर्नी कार्यलय संविधानले तोकेको अड्डा हैन

किन अन्धो यसरी, जनताको हितमा पनि पक्षपात हुने गरि

बासुरी त फुक्नु फुक्यौ ,भगवान्  कृष्ण जान्दैन यसरी।।।


आँफै जान्ने आँफै मान्ने तिम्रो त्यो हठ 

संविधानलाई भझाई खाने तिम्रो त्यो ठग 

जनतालाई न कालो बिरालो, न सेतो बिरालो चाहिँएको हो

चाहिँएको त कार्यान्वयनमुखी सुशासन र समाजवाद हो।।।


कवि -मनोज फ्युयाल  



यस बिषयमा तपाइको प्रतिक्रिया...!