अर्थ/विकास | चितवन - CTW


चितवनमा निजी आवासतर्फ ८० प्रतिशत प्रगति

Posted on December 28, 2020 | views : 151 | चितवन - CTW

पुस १३, चितवन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ चितवनले निजी आवास निर्माणतर्फ ८० दशमलव ३७ प्रतिशत प्रगति भएको जनाएको छ । प्राधिकरणको छैटौँ स्थापना दिवसको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयले सो जानकारी गराएको हो । कार्यालयका इन्जिनयर सुजन नेपालका अनुसार जि

Read More

नारायणगढ–मुग्लिन सडकका पुल निर्माणले गति लियो

Posted on December 25, 2020 | views : 214 | चितवन - CTW

पुस १०,  चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणको कामले गति लिएको छ । कोरोना सङ्क्रमणका कारण केही महिना काम हुन नसकेको भए पनि पछिल्लो समय कामले तीव्रता पाएको हो । सो सडकखण्डमा रहेका १९ पुलमध्ये यसअघि तीनवटा निर्माण भइसकेको छ । एउटा पुल अन्तिम चरणमा पुगेको छ । बाँकी १५ पुलका लागि गएको

Read More

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि १० लाख सहयोग

Posted on December 24, 2020 | views : 272 | चितवन - CTW

पुस ९, चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रत्ननगर नगरपालिकाले रु १० लाख हस्तान्तरण गरेको छ । रङ्गशाला निर्माणका लागि सो नगरपालिकाले रु १७ लाख सहयोग गर्ने आश्वासन यसअघि दिएको थियो । पहिलो चरणमा रु १० लाख प्रदान गरेको हो ।  नगरपाल

Read More

पिसीआर परीक्षणमा कालोबजारीको अरोपमा सरकारीसहित दुई अस्पताल कारवाहीमा

Posted on December 16, 2020 | views : 273 | चितवन - CTW

पुस १, चितवन । नेपाल सरकारले निर्धारण गरेकोभन्दा बढी पिसीआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ । नेपाल सरकारले पिसीआर गरेको रु दुई हजार शुल्क तोके पनि त्यसलाई अटेरी गर्दै बढी शुल्क लिएको भन्दै प्रशासनमा यी दुई अस्पताल विर

Read More

चितवनमा महिला उद्यमशील केन्द्र सञ्चालन

Posted on October 23, 2020 | views : 586 | चितवन - CTW

कात्तिक ७, चितवन | चितवनमा महिला उद्यमशील केन्द्र सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिका–२१ पार्वतीपुरमा स्थापना गरिएको सरस्वती महिला उद्यमशील महिला तालिम केन्द्र सञ्चालनमा ल्याइएको हो ।  भरतपुर महानगरपालिकाको रु २५ लाख र समूहको सहभागितामा थप रु सात लाख रकम गरी रु ३२ लाखको लागतमा तालिम केन्

Read More

भरतपुर महानगर झिलीमिली बन्दै

Posted on October 13, 2020 | views : 520 | चितवन - CTW

असोज २७, चितवन | भरतपुर महानगरपालिकाका मुख्य शहरी क्षेत्रमा आकर्षक बत्ती जडान गरी झिलीमिली बनाइने भएको छ ।  महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणले सहकार्य गरी रु ११ करोड ४९ लाख ८९ हजार ३०० खर्च गरी महानगरलाई झिलीमिली शहरको बनाउन लागिएको हो । महानगरपालिका प्रमुख रेनु दाहालले महानगरमा स्मार्ट

Read More

चितवन जिल्लामा १ लाख ८ हजार ५७० परिवार कृषि पेशामा आवद्ध

Posted on October 12, 2020 | views : 388 | चितवन - CTW

असोज २६, चितवन। जिल्लामा एक लाख आठ हजार ५७० परिवार कृषि पेशामा आवद्ध रहेको एक तथ्याङ्क सार्वजनिक गरिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जिल्लामा गरेको सर्वेक्षण तथ्याङ्कले व्यावसायिक कृषि पेशा गर्ने परिवारको सङ्ख्या दुई हजार १५४ र गैर व्यावसायिक कृषि कार्यमा संलङ्न एक लाख चार हजार ६४६ परिवार

Read More

यात्रु बढेपछि भरतपुरमा दैनिक पाँच उडान

Posted on October 01, 2020 | views : 749 | चितवन - CTW

असोज १५, भरतपुर । भरतपुर विमानस्थलमा दैनिक पाँच आन्तरिक उडान हुन थालेको छ । यात्रुको सङ्ख्या बढ्न थालेपछि उडान हुने जहाजको सङ्ख्या पनि थपिएको छ ।  भरतपुर नागरिक उड्डयन कार्यालयका प्रमुख योगेन्द्र कुँवरले आजदेखि दुई एयरलायन्सले दैनिक छ उडानको तालिका बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “बुद्ध र य

Read More

अब नेपालमै दुई घण्टामा पिसिआरको नतिजा

Posted on September 20, 2020 | views : 833 | चितवन - CTW

असोज ४, चितवन |  चितवन मेडिकल कलेजले दुई घण्टामा नै कोरोनाको पिसिआर परीक्षणको नतिजा दिन थालेको  छ । अस्पतालले र्यापिड एन्टिजेन टेष्ट मार्फत छिटो नतिजा दिन आजदेखि सो सेवा  शुरुआत गरेको हो । यसका लागि तीन हजार तिर्नुपर्ने हुन्छ ।  कलेजको प्रयोगशालामा गएको एक महिनामा पाँच हजार २९२ ज

Read More

सरकारको निर्देशन विपरीत पिसिआर परीक्षण शुल्क उठाउँदै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

Posted on September 19, 2020 | views : 491 | चितवन - CTW

असोज ३, चितवन | बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले स्वास्थ्य मन्त्रालयले गरेको निर्देशन विपरीत पिसिआर परीक्षण शुल्क लिएको छ । मन्त्रालयले पिसिआर परीक्षण शुल्क रु दुई हजार मात्र लिन सरकारी र निजी अस्पताल एवं प्रयोगशालालाई निर्देशन गरेको छ । अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्माका अनुसार नमूना

Read More

इच्छाकामना गाउँपालिकामा १० शय्याको आइसोलेशन

Posted on September 19, 2020 | views : 400 | चितवन - CTW

असोज ३, चितवन | कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्लाको इच्छाकामना गाउँपालिकाले १० श्ययाको आइसोलेशन तयार गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ मुग्लिनमा रहेको थकाली सेवा समाजको भवनमा पाँच र गाउँपालिका परिसरको स्वास्थ्य चौकीमा पाँच श्ययाको आइसोलेशन निर्माण गरिएको हो ।  स्वास्थ्य शाखा प्रमुख

Read More

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

Posted on September 17, 2020 | views : 489 | चितवन - CTW

असोज १, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो स्थानमा आज बिहान ४ः३० बजे पहिरो खसेको थियो ।   जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाइएसँगै बिहान ८:४० बजेदेखि सडक दुईतर्फी सञ्चालमा ल्याइएको

Read More

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Posted on September 17, 2020 | views : 494 | चितवन - CTW

असोज १, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो  खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा आज बिहान ४: ३० बजे पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम जारी  छ । पहिरो खस्न रोकिएसँगै बिहानैदेखि सडक सफा ग

Read More

नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण सञ्चालन गर्न दिनभर लाग्ने

Posted on September 15, 2020 | views : 422 | चितवन - CTW

भदौ ३०, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा चार ठाउँमा ठूला र ठाउँठाउँमा साना पहिरा खसेपछि सडक पूर्ण सञ्चालन गर्न दिनभर लाग्ने भएको छ । सो सडकको घुमाउने, भालुढुङ्गा, चारकिलो र पाँचकिलोमा ठूला पहिरा खसेका छन् । डिभिजन सडक कार्यालय चितवनका इ शिव खनालका अनुसार पहिरो पन्छाउने काम बिहानदेखि शुरु भएको छ ।

Read More

चितवनका होटल र यातायात व्यवसायीद्वारा व्यवसाय सञ्चालनको माग

Posted on September 14, 2020 | views : 403 | चितवन - CTW

भदौ २९, भरतपुर । चितवनका होटल र यातायात व्यवसायीले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । लकडाउन र निषेधाज्ञाले व्यवसाय धरापमा पर्न गएको  जनाउँदै उनीहरुले सञ्चालनको माग गरेका हुन्  । उनीहरुले यहाँका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइलाई  ज्ञापनपत्र बुझाउँदै बाँच्ने आध

Read More

जारी छ क्रिकेट रङ्गशालाको काम

Posted on September 14, 2020 | views : 452 | चितवन - CTW

भदौ २९, चितवन । निषेधाज्ञाको समयमा पनि बहुचर्चित गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण जारी रहेको छ ।  कार्यरत मजदुरलाई रङ्गशाला परिसरमा नै बस्ने व्यवस्था गरेर कामलाई निरन्तरता दिइएको हो । गत चैत ९ गतेबाट रोकिएको काम गत बैशाख २० गतेबाट पुनः थालिएको थियो । भरतपुर महानगरपालिकासँगको सह

Read More

नारायणगढ–मुग्लिन सडक पहिरोका कारण अवरुद्ध

Posted on September 11, 2020 | views : 423 | चितवन - CTW

भदौ २६, मुग्लिन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध  भएको छ । आज बिहान ८ : १० बजे चितवनको इच्छाकामना–६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।   अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर

Read More

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

Posted on September 09, 2020 | views : 410 | चितवन - CTW

भदौ २४, भरतपुर । नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा गएको सुक्खा पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो । उक्त सडकखण्डमा रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । दुईवटा रुखसहित खसेको पहिराले दुई घण्टा सडक अवरुद्ध बनेको थियो ।  आज

Read More

नेपाली हाइब्रिड मकैले क्षेत्र विस्तार गर्दै

Posted on September 07, 2020 | views : 468 | चितवन - CTW

भदौ २२, भरतपुर । नेपालमा विकास गरिएको हाइब्रिड (वर्ण सङ्कर) मकैले क्षेत्र विस्तार गर्न थालेको छ । पछिल्लो पटक विकास भएको हाइब्रिड रामपुर–१० ले व्यावसायिक उत्पादन शुरु गरेपछि क्षेत्र विस्तार हुन थालेको हो । चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले हाइब्रिड जातहरु विकास गरे पनि व

Read More

निषेधाज्ञाले सिकायो पाठ : घरघरमा करेसाबारी र कौसीखेती

Posted on September 02, 2020 | views : 652 | चितवन - CTW

भदौ १७, भरतपुर । कोरोना सङ्क्रमण फैलिएसँगै जिल्लामा भएको निषेधाज्ञाले घरघरमा तरकारीखेती गर्न प्रोत्साहन मिलेको छ । खाली समय र खाली जमिनको सदुपयोग गर्दै घरघरमा तरकारी खेती गर्न लागिएको हो । कोरोना सङ्क्रमितको सङ्ख्या बढेको खबरले सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल भरिएका छन् । निषेधाज्ञा कति लम्बिने हो

Read More

सिटिहलको निर्माण असोजबाट

Posted on September 02, 2020 | views : 438 | चितवन - CTW

भदौ १७, चितवन । भरतपुर महानगरपालिकाको महत्वपूर्ण परियोजना सिटिहलको निर्माण आउँदो महिनाबाट थालिने भएको छ । भरतपुर महानगरपालिका–१० मा अत्याधुनिक सिटिहलको निर्माण गर्न लागिएको हो । सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरले सिटिहल निर्माणका लागि ठेकेदार छनौट प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।  सिट

Read More

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Posted on August 27, 2020 | views : 692 | चितवन - CTW

भदौ ११, मुग्लिन । सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । इलाका  प्रहरी कार्यालय मुग्लिनका  अनुसार  चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको हो ।  पहिरो झरिरहेका क

Read More

केराले बजार नपाउँदा चरालाई आहारा

Posted on August 26, 2020 | views : 736 | चितवन - CTW

कृष्ण आचार्य । भदौ १०, भरतपुर । चितवनमा उत्पादित केराले बजार नपाउँदा चरालाई आहारा बनेको छ । लकडाउनसँगै केराको माग घटेका कारण बिक्री हुन नसकेपछि खेतमा पाकेर चराको आहार बनेको हो ।  केराको मुख्य सिजनमा नै केरा बिक्री नभएपछि किसान चिन्तित बनेका छन् । यस वर्ष उत्पादन राम्रो भए पनि निषेधाज्ञाका कारण

Read More

नौबिसे–मुग्लिन सडक एकतर्फी सञ्चालन

Posted on August 07, 2020 | views : 825 | चितवन - CTW

साउन २३, मुग्लिन । पहिराका कारण अवरुद्ध नौबिसे–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिग्राङ खानीमा अविरल वर्षासँगै गए राति ११  बजे पहिरो खस्दा पूर्णरूपमा सडक अवरुद्ध भएको थियो ।    पहिरो हटाई आज बिहान ९ बजेदेखि एकतर्फी सडक सञ्चा

Read More

चितवनमा कृषि बजार सेड घर र कोल्ड च्याम्बर निर्माण

Posted on August 03, 2020 | views : 550 | चितवन - CTW

साउन १९, भरतपुर । चितवनको राप्ती नगरपालिकाको भण्डारामा कृषि बजार सेड घर र कोल्ड च्याम्बर निर्माण गरिएको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदान सहयोगमा जनजागृत हरियाली ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी संस्था लिमिटेडले च्याम्बर निर्माण गरेको हो ।  भूमि व्यवस्था,

Read More

अहिलेसम्म कृषकले पाएनन् युरियामल

Posted on August 02, 2020 | views : 685 | चितवन - CTW

साउन १८, चितवन | चितवनमा  युरियामलको चरम  अभाव भएको छ । साउन महिनाको आधा समय सकिँदासमेत धानका लागि कृषकले मल पाउन सकेका छैनन् । घण्टौँसम्म लाइन बस्दा डिएपी र पोटास मलपाए पनि युरिया मल पाउन नसकेको उनीहरुले गुनासो गरेका छन् । माडी नगरपालिका–७ का कृषक चन्द्रप्रसाद काफ्लेले भरतपुरमा सबैतिर चहा

Read More

भरतपुर महानगरलाई चीनको २७ लाखको सहयो

Posted on July 31, 2020 | views : 513 | चितवन - CTW

साउन १६, चितवन । चीनको तिब्बत प्रान्तमा रहेको सिगात्से शहरले भरतपुर महानगरपालिकालाई रु २७ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । ती सामग्री बिहीबार महानगरपालिका आइपुगेको हो ।  रसुवाको टिमुरे भन्सार नाकाबाट सिगात्से सिटीका प्रतिनिधि तथा नेपाल प्रवासी चिनियाँ सङ्घका सदस्य ज्याङ जिङ च्याङ,

Read More

अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन

Posted on July 30, 2020 | views : 835 | चितवन - CTW

साउन १५, चितवन | पहिराका कारण अवरुद्ध पृथ्वीराजमार्ग  दुईतर्फी  सञ्चालनमा  आएको  छ । अविरल वर्षासँगै  सो राजमार्गअन्तर्गत  चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा पहिरो खस्दा बिहान ८ः५५ बजेदेखि  सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।    एक्साभेटर लगाएर

Read More