बाग्मती प्रदेशका विभिन्न शहरमा सिसिटिभी जडान गरिने

Posted on: 25 Apr, 2021

वैशाख १२, हेटौडा | बाग्मती प्रदेशका विभिन्न जिल्लाका संवेदनशील शहरमा बढ्दो अपराध, लुटपाट र सवारी दुर्घटनालाई नियन्त्रणमा ल्याउन सिसिटिभी छिट्टै जडान गर्न लागिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव मदन भुजेलले प्रदेशका सिन्धुली, चितवनको नारायणगढ–मुग्लिङ, धादिङको नौबिसे, मकवानपुरको हेटौँडा र चुरियामाई, काभ्रेपलाञ्चोकको धुलिखेल, नुवाकोटको ककनी (त्रिशूली)क्षेत्रमा सिसिटिभी जडान गर्न पूर्वाधारको निर्माण कार्यमा तीव्रता ल्याइएको बताउनुभयो ।

उहाँका अनुसार ती शहरमा सिसिटिभी जडान गर्न प्रदेश सरकारले बोलपत्र आह्वान गरिसकिएको र केही महिनाभित्रै सिसिटिभी जडान गरी प्रयोगमा ल्याइने तयारी भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!