मनकामना दर्शनका लागि आएका व्यक्ति होटलको स्विमिङ पुलमा डुबेर मृत्यु

Posted on: 23 Jun, 2018

असार ९, रत्ननगर | चितवनको कुरिनटारस्थित सिद्धार्थ होटलको स्विमिङ पुलमा डुबेर मनकामना दर्शनका लागि आएका एकजनाको मृत्यु भएको छ । 

होटलमा पौडी खेल्ने क्रममा डुबेर काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका–११ नेपालटारका २६ वर्षीय रामबहादुर बस्नेतको मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा, आचार्यले जानकारी दिनुभयो । 

गएराति करीब ९ बजे नुहाउने क्रममा पानीमा डुबेर बेहोस भएका उनको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा उपचारका क्रममा करीब ११ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

परिवारसहित मनकामना दर्शनका लागि आएका उनीहरु साँझ होटलमा बसेर पौडी खेल्न थालेका थिए । 

उनीहरुको आज बिहान मनकामना दर्शन गर्ने योजना रहेको परिवारलाई उद्धृत गर्दै आचार्यले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!