बस एकापसमा ठक्कर खाँदा २३ जना घाइते

Posted on: 23 Jul, 2018

साउन ७, चितवन | भरतपुर महानगरपालिका–१ रामनगरमा गए राति दुईवटा यात्रुबाहक बस एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका छन् । 

काठमाडौँबाट दाङ जान आउँदै गरेको ना ५ ख ९३९९ को बस र वीरगञ्जबाट पोखरा जाँदै गरेको ना ५ ख ५३११ नम्बरको बस राति ११:५० बजे एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका हुन् । 

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अन्यको अवस्था सामान्य रहेको छ । घाइतेमध्ये ११ जना भरतपुर अस्पतालमा र अन्य १२ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।  

रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!