समाज | चितवन - CTW


छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

Posted on June 01, 2022 | views : 1424 | चितवन - CTW

जेठ १८, काठमाडौँ | काठमाडौं, सप्तरी, चितवन, धनकुटा, रुपन्देही र मकवानपुरमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।  काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ छहारीस्थित सडकमा बा.३ ख ५४३३ नम्बरको बसमा बा.८४ प ५५६० नम्बरको स्कुटर मंगलबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा

Read More

चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

Posted on May 30, 2022 | views : 1744 | चितवन - CTW

जेठ १६, चितवन | चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्न गएकी पूर्वी चितवनको राप्ती नगरपालिका–१ की ५५ वर्षीय सोतीमाया तामाङलाई  साेमबार अपरान्ह करिब ४ बजेको समयमा बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला

Read More

नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलोमा एलपी ग्यास बोकेको बुलेटमा आगलागी

Posted on May 27, 2022 | views : 774 | चितवन - CTW

जेठ १३, चितवन | नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा तीन दिनदेखि रोकिराखेको ग्यास बोकेको बुलेटमा आगलागी भएको छ । बुलटेको अगाडिको भाग र पांग्रा जलेर नष्ट भए पनि ग्यास भने सुरक्षित छ । आज दिउँसो करिब १२ः५० बजेको समयमा युपी १७ए टी८६२७ नम्बरको बुलेटमा आगलागी भएको हो । भरतपुर महानगरपालिक

Read More

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

Posted on May 17, 2022 | views : 1043 | चितवन - CTW

जेठ ३, चितवन | चितवनको भरतपुर महानगरपालिका-५ नयनचोकमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका-१९ का २० वर्षीय बिशेष दाहाल रहेका छन् ।  मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा कलेज अफ मेडिकल साईन्

Read More

नेता अनिल परियारको हत्याको कारण व्यक्तिगत रिसिइवी

Posted on May 09, 2022 | views : 983 | चितवन - CTW

वैशाख २६, काठमाडौँ | नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले चितवनमा नेपाली कांग्रेसका नेता अनिल परियारको हत्या घटना निर्वाचनसँग सम्बन्धित नभएको बताएका छन् । घटना व्यक्तिगत ‘रिसिइवी’का कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।  ‘घटनाको अनुसन्धान हाम्रो टोली (प्रहरी)ल

Read More

चितवनमा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु

Posted on May 09, 2022 | views : 1303 | चितवन - CTW

वैशाख २६, चितवन | भरतपुर महानगरपालिका–१२ मिलनचोक बस्ने २५ वर्षीय अनिल परियारको धारिलो हतियार प्रहारबाट आइतबार राति मृत्यु भएको छ ।  सोही महानगरपालिका–७ कृष्णपुर नगर प्लटीङस्थित मोटरसाइकल आएका २/३ जना अपरिचित व्यक्तिहरुले धारिलो हतियार प्रहार गर्दा अनिल गम्भीर घाइते भएका थिए ।  उक्त खबर प्र

Read More

चितवनमा १ लाख १६ हजार कुखुरामा बर्डफ्लु , कुखुरा नष्ट गर्न अझै केहि दिन लाग्ने

Posted on May 07, 2022 | views : 937 | चितवन - CTW

वैशाख २४, चितवन । पूर्वी चितवनको खैरहनीमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिको १ लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ । ठूलो सङ्ख्यामा कुखुरा रहेको फार्ममा बर्डफ्लु देखिएको जिल्लाको यो पहिलो फार्म हो । खैरहनी नगरपालिका–१ ज्यामिरेमा रहेको सो फार्ममा केही दिनअघि गरिएको द्रुत परीक्षण

Read More

टिपर, बस र कार ठोक्किदा २८ जना घाइते

Posted on April 27, 2022 | views : 815 | चितवन - CTW

वैशाख १४, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको भतेरी जंगलमा ट्रिपर, बस र कार आपसमा ठोक्किदा २८ जना घाइते भएका छन् ।  नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ना७ख २३०० नम्बरको ट्रिपर, पोखराबाट नारायणगढतर्फ आउँदै गरेको ग१ख ९३०३ नम्बरको यात्रुबाहक बस र  बिएए ०६८४  नम्बरको कार आज दिउँसो करिब ३ बजे

Read More

यस्तो रहनेछ आज, भोली र पर्सिको मौसम

Posted on April 24, 2022 | views : 19286 | चितवन - CTW

वैशाख ११, काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।आइतबार देशको पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ

Read More

बाघले बेपत्ता बनाएकाको शव भेटियो

Posted on April 09, 2022 | views : 1481 | चितवन - CTW

चैत २६, चितवन । बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो । उनको शव जितपुरघाटमा भेटिएको हो ।  जिल्ला प्रहरी कार

Read More

चितवनमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

Posted on April 07, 2022 | views : 1262 | चितवन - CTW

चैत्र २४, चितवन | चितवनको रत्ननगर नगरपालिका–१० मा बुधबार राति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा रत्ननगर–५ झुवानीका अन्दाजी ४० बर्षीय मलाहा महतो रहेका छन् ।  दुर्घटनामा गम्भीर घाइते भएका महतोको उपचारको क्रममा भरतपुर अस्पतालमा राती सवा १० बजे मृत्यु भएको प्रहरीले जन

Read More

चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

Posted on March 31, 2022 | views : 776 | चितवन - CTW

चैत १७, चितवन ।  चितवनको रत्ननगर नगरपालिका–९ भानुचोकमा बुधबार साँझ ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाईकल चालक चितवनको रत्ननगर नगरपालिका–२ का ४५ बर्षीय निरंजन श्रेष्ठ र पछाडी सवार उनकी ४० बर्षीया श्रीमती निनतारा श्रेष्ठ रहेका छन् ।  वीरगन्जब

Read More

चितवन र मकवानपुरबाट ३६५ केजी गाँजा बरामद, ६ जना पक्राउ

Posted on March 28, 2022 | views : 899 | चितवन - CTW

चैत १४, काठमाडौं । प्रहरीले चितवन र मकवानपुरबाट ३६५ केजी अवैध लागूऔषध गाँजासहित ६ जनालाई पक्राउ गरेको छ । चितवनको राप्ती नगरपालिका–११ गाल्दक बस्ने सानुभाई चेपाङको घरबाट करिब १ सय किलोग्राम गाँजा आइतबार राति प्रहरीले बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले जाँच गर्ने

Read More

निकुञ्ज अतिक्रमण गरेको भन्दै चेपाङका घरगोठमा आगजनी

Posted on March 28, 2022 | views : 1228 | चितवन - CTW

चैत १४,  चितवन । चितवन राष्ट्रिय निकुञ्जको कोरक्षेत्र अतिक्रमण गरेको भन्दै माडी नगरपालिका-९ कुसुमखोलाका चेपाङका घरगोठ जलाइएको छ । निकुञ्जको सेनाको टोलले आइतबार साँझ चेपाङका घरगोठमा आगजनी गरेको हो । स्रोतकाअनुसार निकुञ्जका सहायक संरक्षण अधिकृत प्रमोदकुमार यादवको नेतृत्वमा गएको सेनाको टोलीले घरगो

Read More

यात्रुबहाक बस अनियन्त्रित भई पल्टिदा ३८ घाइते, तीनको अवस्था गम्भीर

Posted on March 26, 2022 | views : 1024 | चितवन - CTW

चैत १२, चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पानीधारामा काँकडभिट्टाबाट काठमाडौँतर्फ गइरहेको बा५ख ७९४२ नम्बरको यात्रुबहाक बस बिहान करिब ९ः२० बजेतरि अनियन्त्रित भई पल्टिँदा ३८ जना घाइते भएका छन् । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जान

Read More

इनारमा डुबेर चितवनमा एक वृद्धाको मृत्यु

Posted on March 20, 2022 | views : 972 | चितवन - CTW

चैत ६, चितवन । इनारमा डुबेर एक वृद्धाको मृत्यु भएको छ । माडी नगरपालिका–७ किर्तनपुर प्रगतिटोल निवासी ७४ वर्षीया सुकमायाँ रानाभाटको इनारमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान घरबाट निस्कनुभएकी रानाभाट अबेरसम्म घर नपुगेपछि उहाँको खोजी भएको थियो । घर नजिकैको इनारबाहिर चप्पल त

Read More

फोनिजको महाधिवेशन चितवनको सौराहामा

Posted on March 18, 2022 | views : 1004 | चितवन - CTW

चैत ४, चितवन । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को सातौ राष्ट्रिय महाधिवेशन पर्यटकीय नगरी सौराहामा हुने भएको छ । महाधिवेशन यही चैत ६ र ७ गते हुने तय भएको छ ।  फोनिजका महासचिव मनोज घर्ती मगरका अनुसार महाधिवेशनमा देशभरका ६० जिल्लाबाट ४८८ पत्रकार सहभागी हुनेछन् । यस्तै बेलायत, अमेरिका,

Read More

हेटौँडाबाट चितवनतर्फ गइरहेको बस दुर्घटनामा दुईको मृत्यु, दर्जनौँ घाइते

Posted on March 18, 2022 | views : 1230 | चितवन - CTW

चैत ४, बागमती । मकवानपुरको मनहरीमा आज भएको यात्रुबस दुर्घटनामा परी मृत्यु भएका दुई जनाको सनाखत भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मकवानपुरको मनमहरि गाउँपालिका–६ मा भएको दुर्घटनामा मृत्यु हुनेहरूमा बसका सहचालक नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–४ निवासी २२ वर्षीय सुवास श्रेष्ठ र उक्त बस

Read More

दलदले पोखरीमा डुबेर सेनाका जवानको मृत्यु

Posted on March 17, 2022 | views : 1155 | चितवन - CTW

चैत ३,  चितवन । दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खोटाङ गाउँपालिका वडा नं ४ घर भई निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइली माइली पोस्टमा कार्यरत २६ वर्षीय जवान कटुवा

Read More

चितवनमा गाईको शोकमा किरिया ...

Posted on March 15, 2022 | views : 999 | चितवन - CTW

चैत १, काठमाडौं । आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु  नौलो कुरा होइन । तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी  गाई मरेको भन्दै किरिया बस्नुभएको छ । भरतपुर महानगरपालिका–१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ  किरिया ब

Read More

चितवनमा जिल्लाकै ठूलो शीत भण्डार सञ्चालनमा

Posted on March 14, 2022 | views : 784 | चितवन - CTW

फागुन ३०, रत्ननगर । चितवनमा जिल्लाकै सबैभन्दा बढी क्षमताको शीत भण्डार सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–१८ चनौलीमा आइतबारदेखि शीत भण्डार सञ्चालनमा ल्याइएको हो । चितवन चनौली शीत भण्डार सहकारी संस्था लिमिटेडले सञ्चालनमा ल्याएको उक्त शीत भण्डारमा  दुई हजार ५०० मेट्रिक टन सामान अटने क्षमताको र

Read More

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

Posted on March 12, 2022 | views : 830 | चितवन - CTW

फागुन २८, चितवन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । इच्छाकानमा गापा २ रमाइलो डाँडास्थित भित्री सडकखण्डमा इच्छाकामना गापा २ वल्र्याङबाट  शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शुक्रबार दुर्घटना हुँदा घटनास्थलमै मोटसाइकलमा सव

Read More

चितवनको निकुञ्जमा दुई गैंडा मृत फेला

Posted on February 17, 2022 | views : 790 | चितवन - CTW

फागुन ५, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला परेका छन् । निकुञ्जको नवलपरासीस्थित कुजौली पोष्ट नजिकै माउ र बच्चा गैंडा मृत फेला परेको निकुञ्जले जनाएको छ । अन्दाजी २२ वर्षको पोथी गैंडा र चार महिनाको पोथी बच्चा पूर्वी नवलपरासीको सिसुवार मध्यवर्ती सामुदायिक वनमा मंगलबार मृत फेला परेको न

Read More

चितवनमा सात महिनामा ३० जना बेपत्ता

Posted on February 16, 2022 | views : 876 | चितवन - CTW

फागुन ४, चितवन । जिल्लाको विभिन्न स्थानबाट चालु आर्थिक वर्षको हालसम्मका ३० जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हराएको निवेदन परेकामध्ये सो सङ्ख्यामा व्यक्ति अझै सम्पर्कमा आउन सकेका छैनन् ।  प्रहरी निरीक्षक कमला नरालका अनुसार हराएका २७० मध्ये २४० जना परिवारको सम्पर्कमा आएका छन

Read More

चितवनको राप्ती, कोशी र नारायणी नदीमा छाडियो ७२ गोही

Posted on February 14, 2022 | views : 1170 | चितवन - CTW

फागुन २, चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका ७२ घडियाल गोही विभिन्न नदीमा छाडिएका छन् । मङ्सिरयता ती गोही राप्ती, कोशी र नारायणी नदीमा छाडिएको हो । थप केही गोही राप्ती नदीमा छाड्ने तयारी निकुञ्जको छ । निकुञ्जको गोही प्रजनन केन्द्र हेर्दै आउनुभएका सहायक संरक्ष

Read More

विश्व हिन्दू युवासङ्घको सम्मेलन देवघाटमा

Posted on February 10, 2022 | views : 793 | चितवन - CTW

माघ २७, चितवन । विश्व हिन्दू युवासङ्घको पहिलो राष्ट्रिय सम्मेलन देवघाटको बागेश्वर आश्रममा हुने भएको छ । फागुन ८ देखि १० गतेसम्म सम्मेलन हुन लागेको हो । सम्मेलनमा देशभरबाट ७०० हाराहारी प्रतिनिधि सहभागी हुनेछन् । सङ्घका केन्द्रीय अध्यक्ष ऋषिकेशजङ्ग शाहका अनुसार सङ्घको हालसम्म गरेका गतिविधि, भावी रणनीत

Read More

२३ वर्षपछि खाग तस्कर पक्राउ

Posted on February 08, 2022 | views : 939 | चितवन - CTW

माघ २५, चितवन | गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने रहेका छन् । न्यौपानेलाई विसं २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र रु एक लाख जरि

Read More

चितवनमा बाघको आक्रमणबाट गैँडाको मृत्यु

Posted on February 08, 2022 | views : 1043 | चितवन - CTW

माघ २५, चितवन | चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोष्ट नजिकै काभ्रेताल छेउमा अन्दाजी दुई वर्षको गैँडा मृतावस्थामा फेला परेको छ ।  बाघको आक्रमणबाट गैँडा मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।   गैँडाको खुर सुरक्षित रहेको र  उमेरका कारण खाग पलाउने अवस्

Read More