समाज | चितवन - CTW


नारायणगढ–मुग्लिन सडक अवरुद्ध, पहिरो पन्छाउन ५-६ घण्टा लाग्ने

Posted on August 22, 2023 | views : 458 | चितवन - CTW

भदौ ५, भरतपुर | नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच–छ घण्टालाग्ने भएको छ । सोमबार राति करिब ८:०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए । “हिज

Read More

चितवनमा जलविरे झरनाबाट रु २८ लाख राजस्व संकलन

Posted on August 20, 2023 | views : 372 | चितवन - CTW

भदौ ३, भरतपुर | जलविरे झरना चितवनको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येको एक हो । इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित प्राकृतिक छटाले भरिपूर्ण झरनामा पुग्ने जो–कोहीको मन लोभिने गरेको छ । यहाँ पुग्ने पर्यटकले शीतलताको छुट्टै आनन्द महसुस गर्छन् । पूर्वाधार निर्माणपछि पर्यटकको चहलपहल बढेको सो झरना पछिल

Read More

बिच्छीले टोकेपछि विष फैलिने डरले एक युवकले काटें आफ्नो लिंग

Posted on August 18, 2023 | views : 777 | चितवन - CTW

भदौ १, मकवानपुर | मकवानपुरका एक युवकले बिच्छीले टोकेपछि शरीरमा विष फैलिने डरले आफ्नै लिंग नै काटेको बताएका छन् । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका एकजना २२ वर्षीय युवकले बसपार्क नजिकैको फूलबारी होटलमा बुधबार बास बसेको बेला लिंग काटेका थिए । बुधबार राति लिंग काटेका उनी रगत बग्न बन्द नभएपछि उपचारका

Read More

टिकौली दुर्घटना : कलेजको बसले शव बोकेको बोलेरोलाई ठक्कर दियो, त्यसपछि…

Posted on August 16, 2023 | views : 509 | चितवन - CTW

साउन ३१,काठमाडौं | भरतपुर महानगरपालिका र रत्ननगर जोड्ने टिकौली जंगलमा आज ११ बजेर ४० मिनेट जाँदा ८ वटा सवारी साधन एक-आपसमा ठोक्किँदा १९ जना घाइते भएका छन् । व्यस्त राजमार्गमा प्राय सबै सवारी तीव्र गतिमा भएकाले एकैपटक धेरै ठोक्किएको बताइएको छ । दुर्घटनास्थलबाट १८ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइ

Read More

सात करोड ५० लाख माछाको भुरा किसानलाई वितरण

Posted on August 13, 2023 | views : 308 | चितवन - CTW

साउन २८, भरतपुर | चितवनको मत्स्य विकास केन्द्र भण्डाराद्वारा उत्पादित माछाका भुराप्रति किसान आकर्षित भएका छन् ।  कार्यालयले आर्थिक वर्ष २०७९-८० मा सात करोड ५० लाख माछाको ह्याचलिङ (चारदेखि सात दिनको भुरा) वितरण गरेको हो । यस्तै ७० लाख फ्राइ (एक महिना अवधिको) र छ लाख ६० हजार फिङ्गरिङ (दुई महिनामा

Read More

नारायणगढ-मुग्लिन सडक दुईतर्फीरुपमा सञ्चालन

Posted on August 08, 2023 | views : 392 | चितवन - CTW

साउन २३, काठमाडौँ | अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । आज बिहान ५ः२० बजे खसेको पहिरो पन्छ्याएपछि दिउँसो २ः२० बजेबाट सडकखण्ड दुईतर्फीरुपमा सञ्चालनमा आएको हो ।  इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा पहिरो खसेसँगै सडकमा सवारी आवतजावत अवरुद्ध भएको थियो ।  बिहान ११ बजेबाट ए

Read More

कालिखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Posted on August 08, 2023 | views : 441 | चितवन - CTW

साउन २३, चितवन | नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आज बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो खस्ने

Read More

७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ

Posted on August 05, 2023 | views : 548 | चितवन - CTW

साउन २०, चितवन | चितवनमा ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।  इच्छाकामना गाउँपालिका-३ बस्ने ४५ वर्षीय मेघबहादुर चेपाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  चेपाङले ती बालिकालाई साउन १३ गते दिउँसो इच्छाकामना गाउँपालिका-३ डुसा सामुदायिक बनमा ललाई फकाई जबरजस

Read More

नारायणगढ–मुग्लिङ सडक खण्ड अवरुद्ध

Posted on July 30, 2023 | views : 364 | चितवन - CTW

साउन १४, काठमाडौँ | नारायणगढ–मुग्लिङ सडक खण्ड आइतबार फेरि अवरुद्ध बनेको छ । बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ९ बजेदेखि इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित कालिखोलामा लेदो सहितको पहिरो बस्दा सडक अवरुद्ध बनेको हो ।  सडक दुईतर्फी अवरोध भएसँगै इलाका प्रहरी कार्यालय मुग्लिङबाट

Read More

मुग्लिन-नारायणगढ सडकखण्ड पुनः अवरुद्ध

Posted on July 29, 2023 | views : 427 | चितवन - CTW

साउन १३, चितवन | मुग्लिन-नारायणगढ सडक खण्ड पुनः अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ७ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेपछि आवगमन अवरुद्ध भएको हो । पहिरोले सडक अवरुद्ध हुँदा सो सड

Read More

एकहत्तर वर्षमा मीनाकुमारी राईले पाइन् नागरिकता

Posted on July 27, 2023 | views : 342 | चितवन - CTW

साउन ११, चितवन | चितवनको ईच्छाकामना गाउँपालिका–३ निवासी मीनाकुमारी राईले ७१ वर्षमा नागरिकता पाएकी छिन् । माइतीको पहिचान खुलाउन नसकेपछि लामो समयसम्म राईले नागरिकता पाउन नसकेको अवस्थामा स्थानीय जनप्रतिनिधिको पहलमा उनले नागरिकता पाएकी हुन् । “माइती खुलाउन नसकेर लामो समयदेखि नागरिकता बनाउन नसकेपछि

Read More

चितवनको चौधकिलो पुलमा बस र ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते

Posted on July 25, 2023 | views : 383 | चितवन - CTW

साउन ९, चितवन | भरतपुर महानगरपालिकाको चौधकिलो पुलमा आज बिहान बस र ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन् | नारायणगढबाट–मुग्लिनतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ४९४२ नम्बरको ट्रक एकापसमा ठोक्किँदा भरतपुर महानगरपालिका–२९ चौधकिलो पुलमा दुर्घटना भएको हो । घाइ

Read More

नारायणगढ–मुग्लिन सडकखण्डको दुईतर्फी नै अवरुद्ध

Posted on July 25, 2023 | views : 528 | चितवन - CTW

साउन ९, चितवन | नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक दुईतर्फी नै अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै र

Read More

चितवन राष्ट्रिय निकुञ्जले एक वर्षमा गरे १४२ वन्यजन्तुको उद्धार

Posted on July 24, 2023 | views : 305 | चितवन - CTW

साउन ८, चितवन | चितवन राष्ट्रिय निकुञ्जले एक वर्षको अवधिमा १४२ वन्यजन्तुको उद्धार गरेको छ | आर्थिक वर्ष २०७९-८० मा दुर्लभ वन्यजन्तु पाटेबाघ, अजिङ्गर, एक सिङ्गे गैँडासहित एक सय ४२ वन्यजन्तुको उद्धार गरिएको निकुञ्जले जनाएको छ ।  निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले गत वर्ष सबैभन्दा बढी ८६

Read More

जङ्गली जनावरको आक्रमणबाट चितवनमा १२ जनाको मृत्यु

Posted on July 24, 2023 | views : 429 | चितवन - CTW

साउन ८, चितवन | गत आर्थिक वर्ष २०७९/०८० मा जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन् ।  ती मध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच/पाँच जना र  हात्तीको आक्रमणबाट दुई जना रहेका छन् ।  मृतकका परिवारहरुलाई जनही रु १० लाखका दरले राहत प्रदान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

Read More

चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु

Posted on July 21, 2023 | views : 349 | चितवन - CTW

साउन ५, चितवन | पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ७६ वर्षीय नवराज अधिकारी रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बिहीबार निगुरो टिप्न मध्यवर्ती सामुदायिक वन गएका अधिकारीलाई गैँडाले आक्रमण गरेको हो

Read More

चितवनमा डेङ्गुबाट दुई हजार जना सङ्क्रमित, चार जनाको मृत्यु

Posted on July 20, 2023 | views : 365 | चितवन - CTW

साउन ४, चितवन | चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना सङ्क्रमित भएका छन् । आर्थिक वर्ष २०७९-८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ ।  जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा १४ हजार ७२८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय २४

Read More

चितवनमा ३९ जनाले लिए अङ्गीकृत नागरिकता

Posted on July 19, 2023 | views : 392 | चितवन - CTW

साउन ३, चितवन | जिल्ला प्रशासन कार्यालय चितवनबाट ३९ जनाले अङ्गीकृत नागरिकता लिएका छन् । गत आर्थिक वर्षमा वैवाहिक अङ्गीकृत ३५ जना र अङ्गीकृत चार जनाले नागरिकता लिएका हुन् ।      कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेका अनुसार सोही समयमा १३ हजार आठ सय ३५ जनाले वंशका आधारमा नागरिकता

Read More

गत आर्थिक वर्षमा ४ सय ७५ जना फरार प्रतिवादी पक्राउ

Posted on July 18, 2023 | views : 377 | चितवन - CTW

साउन २, चितवन | जिल्ला प्रहरी कार्यालय चितवनले गत आर्थिक वर्षमा चार सय ७५ जना फरार प्रतिवादी पक्राउ गरेको छ । अदालतमा दोषी ठहर भई कैद वा जरिवाना वा दुवै सजाय तोकेर सजाय भुक्तान नगरेका  फरार प्रतिवादी पक्राउ परेका हुन् । फैसला कार्यान्वयनका क्रममा उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत बुझाइएको हो ।

Read More

चालु आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जले गर्‍यो ६ बाघको उद्धार

Posted on July 10, 2023 | views : 386 | चितवन - CTW

असार २५, चितवन | चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा ६ वटा बाघको उद्धार गरेको छ । निकुञ्जको विभिन्न स्थानबाट ती बाघको उद्धार गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारका अनुसार उद्धार गरिएका बाघमध्ये तीन वटालाई निकुञ्जमा छोडिएको छ । समस्याग्रस्त भएका, घाइते भएका बाघलाई उद्धार गरिए

Read More

नारायणगढ–मुग्लिन सडकको विकल्पमा शक्तिखोर–फिस्लिङ सडक अन्तिम चरणमा

Posted on July 04, 2023 | views : 522 | चितवन - CTW

असार १९, भरतपुर | असार महिना लागेपछि पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक अवरुद्ध हुँदै आएको छ । घन्टौँसम्म सडक सञ्चालन नहुँदा हजारौँ यात्रु सास्ती खेप्न बाध्य भएका छन् । कतिपय यात्रु त अत्यावश्यक काम हुँदा पनि पहिराका कारण गन्तव्यमा पुग्न सक्दैनन् । यो सडकखण्डमा यस वर्षमात्र होइन, प्रत्य

Read More

नारायणगढ–मुग्लिन सडक पुन: दुइतर्फी सञ्चालन

Posted on July 03, 2023 | views : 560 | चितवन - CTW

असार १८, मुग्लिन | नारायणगढ–मुग्लिङ सडक पुन: दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाएर र पल्टिएको ट्रकलाई उठाएर हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो । बर्खा लागेसँगै पटकपटक अवरुद्ध हुने गरेको सडकखण्ड दुईतर्फी रुपमा सञ्चालनमा आएको हो । आज बिहान करिब १:५० बजेतिर तीन नम्बर पुल नजिक फेरि पहिरो खसेपछि

Read More

नारायणगढ-मुग्लिन सडकमा दुईतर्फी चल्न थाले गाडी

Posted on July 02, 2023 | views : 531 | चितवन - CTW

असार १७, काठमाडौँ | शनिबार रातिदेखि अवरूद्ध भएको नारायणगढ-मुग्लिन सडक आइतबार साँझदेखि दुईतर्फी सञ्चालनमा आएको छ। चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले आइतबार साँझदेखि सडकमा दुईतर्फी गाडी चल्न थालेको जानकारी दिए। तुहिन खोला नजिकै सडकमा झरेको पहिरो हटाएपछि सडक खुलेको हो।

Read More

पहिरो खसेर बन्द भएको नारायणगढ - मुग्लिन सडकखण्ड एकतर्फी खुल्यो

Posted on July 01, 2023 | views : 415 | चितवन - CTW

असार १६, काठमाडौँ | पहिरो खसेर बन्द भएको मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी खुलेको छ । बिहान ३ बजेदेखि बन्द सडक पहिरो पन्छाएर एकतर्फी खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले रोकिएका गाडीहरु पालैपालो  एकतर्फी गन्तब्यतर्फ लागेका छन् । यो सडकखण्डमा गाडीको चाप रहेको ट्राफिक प्र

Read More

हिजोदेखि अवरुद्ध नारायणगढ-मुग्लिङ सडक सुचारु

Posted on June 30, 2023 | views : 551 | चितवन - CTW

असार १५, चितवन |  सुख्खा पहिरोका कारण हिजोदेखि अवरुद्ध बनेको नारायणगढ-मुग्लिङ सडक खण्ड सुचारु भएको छ । चितवनको ईच्छाकामना गाउँपालिका ५ स्थित उक्त सडक खण्डको ३ नं. पुुलमा माथिबाट खसेको सुख्खा पहिरोले दुवैतर्फको आवतजावत रोकिएको थियो । हिजो करिब ९ः३० बाट अवरुद्ध बाटो आज ५ बजेर २० मिनेटमा खुलेको ने

Read More

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध, पहिरो पन्छाउनै मुस्किल

Posted on June 30, 2023 | views : 428 | चितवन - CTW

असार १५, चितवन | पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । बिहीबार दिउँसोदेखि बन्द रहेको उक्त सडक अझै खुल्न सकेको छैन । आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन ।  चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउसोदेखि सडक बन्द भएको हो । त्यसपछि सुक्खा

Read More

मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध

Posted on June 29, 2023 | views : 544 | चितवन - CTW

असार १४, काठमाडौँ | पहिरो खसेर चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध भएको छ। बिहीबार साढे १२ बजे इच्छाकामना गाउँपालिका-६ मुग्लिन-नारायणगढ सडकखण्डको तीन नम्बर पुल नजिकै पहिरो खसेको हो।  पहिरो खसेर अहिले सडक अवरूद्ध भएको मुग्लिनका ट्राफिक प्रहरी इन्चार्ज सई चुडामणि पोखरेलले जानकारी दिए। पहिरो

Read More

चितवनको इच्छाकामनामा माइक्रोको ठक्‍करबाट मोटरसाइकल चालकको मृत्यु

Posted on June 25, 2023 | views : 470 | चितवन - CTW

असार १०, चितवन | चितवनको इच्छाकामनामा माइक्रोको ठक्‍करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।  काठमाडौंबाट  जादै गरेको बा ३ ख ९४६० नम्बरको माइक्रो र विपरीत दिशा तर्फ आउदै गरेको  लु९३प ९४६ नम्बरको मोटरसाइकल आइतबार दिउँसो २ बजे तिर इच्छाकामना गाउँपालिका-४ केवलकारस्थित पृथ्वी राजमार्गमा आपसम

Read More