दोस्रो चितवन मत्स्य महोत्सव सुरु

Posted on: 17 Dec, 2016

पुस २, चितवन । दोस्रो चितवन मत्स्य महोत्सव २०७३ शुक्रबारदेखि सुरु भएको छ । 

भरतपुरस्थित औद्योगिक प्रदर्शनी मैदानमा सुरु भएको महोत्सव यही पुस ५ गतेसम्म चल्नेछ । महोत्सवमा आधुनिक प्रविधियुक्त माछा पोखरी, माछा र थारु विशेष खानाका परिकार तथा माछा बनाउने तथा खाने तरिकाबारे जानकारी दिइएको छ । महोत्सवमा ४५ कक्ष छन् । 

महोत्सवको शुक्रबार यहाँ उद्घाटन गर्दै कृषि राज्यमन्त्री राधिका तामाङले माछापालनको मुख्य क्षेत्र घोषणा गरी सरकारले विशेष प्राथमिकताका साथ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!